टिभीएसको एकैपटक १२ शोरुम सञ्चालनमा, कुनकुन ठाउँमा खुल्यो नयाँ शोरुम ?

टिभीएसको एकैपटक १२ शोरुम सञ्चालनमा, कुनकुन ठाउँमा खुल्यो नयाँ शोरुम ?

अर्थ डबली
सोमवार, कार्तिक ३ २०७७
अर्थ डबली
सोमवार, कार्तिक ३ २०७७ (अर्काइभ बाट)
  • टिभीएसको एकैपटक १२ शोरुम सञ्चालनमा, कुनकुन ठाउँमा खुल्यो नयाँ शोरुम ?

    काठमाडौं / नेपालका लागि टिभीएसको आधिकारीक बितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो सेवा विस्तारका क्रममा एकै पटक १२ वटा नयाँ शोरुमको सञ्चालनमा ल्याएको छ । 

    images
    images

    कम्पनीले नेपालीहरुको महान चाड बडादशैंको विशेष अवसरमा घटस्थापनाको साइतमा यी नयाँ शोरुम संचालनमा ल्याएको हो । 

    कार्तिक १ गते घटस्थापनामा काठमाडौंको महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्ज सहित बनेपा, नेपालगंज, कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँ शोरुमहरु थपिएका छन् । 

    यी शोरुमहरु सहित अब देशभरमा टिभीएसका १३२ वटा शोरुम पुगेका छन् । 

    नयाँ शोरुम संचालनमा आएको अवशरमा कम्पनीका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले भने, ‘आजबाट टिभीएसको थ्रीएस (सेल्स, सर्भिस, स्पेर्स पार्टस) सहितका यी नयाँ शोरुम मार्फत नेपालको सबै स्थानमा टिभीएसको प्रोडक्ट पूगेको छ । 

    नेपालमा हरेक वर्गलाई उपयुक्त हुने १०० सीसीदेखि ३०० सीसी माथिका मोटरसाइकल र स्कुटरहरुको साथले हामी अझै नेपाली ग्राहकहरुको जीवनको अभिन्न अंग बन्नेमा बिस्वास लागेको छ । 

    अब ‘एक घर एक टिभीएस‘ मात्र होइन ‘एक व्यक्ति एक टिभीएस’ बनाउने लक्षका साथ हामीलाई अगाडि बढ्नमा यी नयाँ शोरुमहरुले अझ मद्दत पुर्याउने छ ।’

    अहिले टिभीएसले अपाचे सिरिज, स्टाइकर, रेडन लगायतका मोडल बिक्री गर्दै आउको छ भने एनटर्क, ज्यूपिटर र वीगो जस्ता स्कुटर विभिन्न भेरियन्टमा बिक्री गर्दै आएको छ ।  

    साताको लोकप्रीय