टीभीएसको  ‘टीभीएस दसैंको आशा’ योजनामा लगानी बिना नै गौतमले जिते अपाचे आरआर ३१०

टीभीएसको  ‘टीभीएस दसैंको आशा’ योजनामा लगानी बिना नै गौतमले जिते अपाचे आरआर ३१०

अर्थ डबली
सोमवार, कार्तिक ३ २०७७
अर्थ डबली
सोमवार, कार्तिक ३ २०७७ (अर्काइभ बाट)
  • टीभीएसको  ‘टीभीएस दसैंको आशा’ योजनामा लगानी बिना नै गौतमले जिते अपाचे आरआर ३१०

    झापाका गणेशप्रसाद गौतमले टीभीएस अपाचे आरआर ३१० मोटरसाइकल जितेका छन् ।

    images
    images

    ‘टीभीएस दसैंको आशा’ योजना अन्तर्गत कम्पनीले राखेको बिग अफरमा गौतमले विना लगानी आरआर ३१० जितेका हुन् ।  

    टीभीएसको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद नगरी गौतमले फर्म भरेकै आधारमा लक्की ड्र मार्फत उक्त बाइक निःशुल्क प्राप्त गरेका हुन् ।

    विजेता गौतम झापाको विर्तामोड–५ स्थित कृषिथोक बजारका तरकारीका व्यवसायी हुन् ।  ‘टीभीएस दसैंको आशा’ योजना अन्तरगत ttpsM//tvsnepal.com/dashain/  मा गएर फारम मात्र भरेका व्यवसायी गौतमलाई नसोचेको लोट्री फसेको हो ।

    कम्पनीले हरेक साता टेलिभिजन र कम्पनीको आफ्नो आधिकारिक फेसबुकमा प्रत्यक्ष प्रशारण गरी लक्की ड्र मार्फत एकजना भाग्यशाली विजेता घोषणा गर्ने गर्छ । यसै लक्की ड्र मार्फत यस साता गौतमले आरआर ३१० जितेका हुन् ।

     विजेता गौतमलाई टीभीएसको बिर्तामोडका लागि आधिकारिक बिक्रेता पाथिभरा अटोलिंक बिर्तामोडले एक कार्यक्रमको आयोजना गरी अपाचे आरआर ३१० मोटरसाइकलको चावी हस्तान्तरण गरेको छ ।

    विर्तामोड उद्योग वाणिज्य संघका महासचिव तथा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारी, पाथिभरा अटोलिंकका सञ्चालक याम कार्की,जगदम्बा मोटर्सका क्षेत्रीय प्रतिनिधि तीर्थ रिजाल लगायतको टोलीले गौतमलाई टीभीएस अपाचे आरआर ३१० मोटरसाइकलको चावी हस्तान्तरण गरेका हुन् ।

    साताको लोकप्रीय