यसकारण चुनौति छ निम्न मध्यम आय बर्गको स्तरोन्नित कायम गर्न

यसकारण चुनौति छ निम्न मध्यम आय बर्गको स्तरोन्नित कायम गर्न

बिकास निर्माणका कार्य ठप्प छन् । ढुकुटीमा राजश्व आउन सकेको छैन । आयात–निर्यात ठप्प प्राय छ । सरकारी पूँजिगत खर्च न्यून छ। साधारण खर्च बढ्दो अबस्थामा छ ।बिप्रेषणले धानीएको अर्थ व्यबस्थामा सङकट नआउला भन्न सकिदैन।

अर्थ डबली
बिहिवार, कार्तिक ६ २०७७
अर्थ डबली
बिहिवार, कार्तिक ६ २०७७ (अर्काइभ बाट)
  • यसकारण चुनौति छ निम्न मध्यम आय बर्गको स्तरोन्नित कायम गर्न

    विश्व बैंकले हालसालै प्रकाशित गरेको प्रतिबेदन अनुसार नेपालको आर्थिक अबस्था सुध्र्रिएको देखाएको छ । कुनैपनि देशको आर्थिक अबस्थाबारे जानकारी दिने आधिकारिक अन्तर्राष्ट्रिय संस्था भनेको विश्व बैंक नै हो । 

    images
    images

    यसले बिभिन्न बैज्ञानिक दृष्टिकोण एबं उच्चतम आधुनिक अध्ययनका प्रयोगका निस्कर्षका आधारमा प्रतिबेदन तयार गर्ने हुँदा विश्वासिला हुन्छन् भनी सबैले मानी आएका छन् । अर्को कुरा प्रतिबेदनमा उल्लेख गरिने मौद्रिक अंकहरु सबै अमेरिकी डलरमा उल्लेख गरिने हुंदा आँकडाहरु लचकदार हुन सक्दैनन् र आँकडालाई बिभिन्न बिदेशी मुलुकका मुद्राको बिनिमय दरले कुनै असर पार्न सक्दैनन् ।

    बिश्व बैंकले जारी गरेको प्रतिबेदन अनुसार बिश्वका बिभिन्न देशहरुलाई आयको आधारमा ४ श्रेणीमा बिभाजन गरेको पाईन्छ । जस्मा अमेरिकी डलर १०३५ सम्म प्रतिब्यक्ति आय भएका देशहरु निम्न आय बर्गमा राखिएको छ । १०३६ देखि ४०४५ अमेरिकी डलर आम्दानी हुनेलाई निम्न मध्यम आय भएको बर्गमा राखिएको छ । त्यसैगरी ४०४६ देखि १२३३५ आय हुनेलाई उच्च मध्यम आय बर्ग र त्यो भन्दा माथि आय हुनेलाई उच्च आय हुने बर्गमा राखिएको छ ।

    नेपालको सन्दर्भमा भन्ने हो भने बिश्व बैंकको प्रतिबेदन बमोजिम यस अघि ९६० प्रतिब्यक्ति आय भएकोमा अहिले १३० बढेर १०९० डलर पुगेको छ । यो देशको लागि आफैमा सकारात्मक बिषय हो । यद्यपी यो नै सबै कुरो भने होईन । यसमा नेपाली जनताको आर्थिक अबस्थामा सुधार आएको छकि छैन भन्ने तीर पनि ध्यान दिनु पर्ने हुन आउंछ । 
    हो, देशको राजधानी, प्रदेशको सदर मुकाम र जिल्लाको सदर मुकामहरुमा रहनेहरुको सन्दर्भमा निश्चयनै परिबर्तन आएको होला । तर, देशका दुर दराजमा बस्ने जनताको आयमा भने खासै आय बृद्धि भएको देखिदैन । उनीहरु गरिबीको चपेटामा परिनै रहेका छन् ।

    यहां जोड्न खोजिएको कुरा के हो भने एउटै सूत्रको आधारमा सबै जनतालाई मापन गर्नु उपयुक्त नहोला भन्ने मात्र हो । कुल गार्हस्थ उत्पादन ९न्म्ए० बढ्दैमा सबै ब्यक्तिको समान रुपले आय बढेको हुन्छ भन्ने पनि होईन । यो भित्र एकदम धनी र एकदम गरिब जनता पनि पर्दछन् । यहा धनी र गरिबलाई एकै रुपमा राखिएको हुन्छ । यहां धनीको प्रतिनिधित्व गरीबले गरेको हुन्छ र गरिबको प्रतिनिधित्व धनीले गरेको हुन्छ । यस दृष्टिकोणबाट हेर्दा यसले सहि चित्रण गरेको हुंदैन । 

    यो भनेको औसत गणना मात्र हो । उदाहरणको रुपमा भोड्कामा लोकल ठर्रा मिसाईंदा न त त्यसलाई भोड्का भन्न सकिन्छ , नत ठर्रानै भन्न सकिन्छ । त्यस्तै किसिमको यो साला खाला औसतको प्रति ब्यक्तिको हिसाब किताब मात्र हो ।

    economy - corona -loss.JPG
     पिँधमा बसेका गरिबीले पिल्सिएका मानिसको जीवनस्तरमा कुनै प्रकारको सुधारै नआई उनीहरुको आय बढेको हुन्छ भने धनी बर्गको हातको आम्दानी आफ्नै हातमा रहंदा पनि उनीहरुको आय घट्न गएको हुन्छ । यस प्रकारको कागजी आय बृद्धिले खासै यथार्थ आय बृद्धि गरेको मान्न सकिदैन । जे भएपनि राष्ट्रिय अभिलेखांकन गर्न र कुनैपनि योजना तर्जुमा, कार्यान्वयन , मूल्यांकन गर्दा यसलाई आधार लिन सकिने भने हुन्छ ।

    प्रति ब्यक्ति कुल राष्ट्रिय आयको तुलनात्मक स्थिति

    छिमेकी मुलुक एबं सार्क देशहरुको अबस्था हेर्दा उत्तर को चीनको प्रतिब्यक्ति आय १०४१० आय रही उच्च मध्यम आयको मुलुकमा परेको छ भने दक्षिणको छिमेकी मुलुक भारत को २१३० आय भई न्यून मध्यम बर्गमा रहेको छ । त्यसैगरी सार्क मुलुक मध्ये अफगानिस्तान सब भन्दा पुछारमा रहेको छ । 
    जसको प्रतिब्यक्ति आय  ५४० मात्र भएकोले न्यून आय बर्गमा स्थापित हुन पुगेको छ । बांकि रहेका अन्य मुलुकहरुमा श्रींकाको ४०२०, भुटानको २९७०, भारतको २१३०, बंगलादेशको १९४०, पाकिस्तानको १५३० र नेपालको १०९० प्रति ब्यक्ति आम्दानी भई न्यून मध्यम आय भएका बर्गमा परेका छन् । सार्क राष्ट्रहरु मध्ये माल्दिभ्स् मात्र उच्च मध्यम आय भएको मुलुकमा दर्जिन पुगेको छ र यसको प्रति ब्यक्ति आय ९६५० रहेको छ ।

    बिगतको अनुभव

    नेपालको सन्दर्भमा भन्ने हो भने अघिल्लो बर्ष ९६० कुल प्रतिब्यक्ति आय भएकोमा हाल आएर १०९० पुग्न गएको छ । तर, बुझ्न पर्ने कुरा के छ भने देशको आर्थिक, सामाजिक, राजनीतिक आदि क्षेत्रमा हुने परिबर्तनले प्रति ब्यक्ति कुल राष्ट्रिय आम्दानीमा समेत उतार चढाव हुने गर्दछ । यसले गर्दा मुलुकको आम्दानी कुनै बर्ष बढ्न गएको हुन्छ भने कुनै बर्ष घट्न गएको हुन्छ । परिणामस्वरुप मुलुकको आर्थिक स्थिति तलमाथि हुन सक्दछ । 

    उदाहरणको लागि सुडानलाई लिन सकिन्छ । गत बर्षमा न्यून मध्यम आय बर्ग भएकोमा अहिले न्यून आय बर्गमा परेको छ । बिभिन्न कारणले गर्दा उ तल खस्किन गएको हुन सक्दछ । त्यसैगरी श्रीलंका उच्च मध्यम आय बर्ग बाट न्यून मध्यम आय बर्गमा झरेको छ । यसैगरी तान्जनिया र बेनीन न्यून आय मुलुकबाट न्यून मध्यम आय बर्गमा स्तरोन्नती भएका देखिन्छन् । यसले के प्रष्ट पार्दछ भने कुनै पनि देशको प्रति ब्यक्ति कुल राष्ट्रिय आम्दानी स्थीर राख्न एबं स्तरोन्नती गर्ने कार्य चुनौतीपूर्ण छ र तल माथि हुने सम्भावना भई नै रहन्छ ।

    चुनौति छ स्तरोन्नित कायम राख्न

    बिगत बर्षहरुमा नेपालको आर्थिक बृद्धि लगभग ७ प्रतिशतको हाराहारीमा थियो र अन्य आर्थिक सूचकहरु पनि सकारात्मक दिशा तर्फ नै उन्मुख थिए । त्यसकारणले गर्दा बिश्व बैंकले नेपाललाई स्तरोन्नती गरेको हो । तर, अहिलेको अबस्था भिन्न हुन गएको छ । बिश्वब्यापी माहामारीको रुपमा आएको कोभिड – १९ को प्रतिकुल असरले अहिले देशको आर्थिक अबस्था डामाडोल हुन पुगेको छ ।  उद्योगहरु बन्द भएका छन् । ब्यापार ब्यबसाय संचालनमा छंदै छैनन् भनेपनि हुन्छ । रोजगारीका अबसर गुमेका छन् । बिकास निर्माणका कार्य हुन सकेका छैनन् । सरकारी ढुकुटीमा राजस्व आउन सकेको छैन । आयात निर्यात ठप्प प्राय भएको छ । सरकारी पूजिगत खर्च न्यून छ । साधारण खर्च बढ्दो अबस्थामा छ ।

    corona -economy.jpg

    बैदेशिक रोजगारीमा गएकाहरु रोजगारी गुमाएर स्वदेश फर्किने क्रम बढ्दो छ । बिप्रेषणले धानीएको अर्थ ब्यबस्थामा संकट नआउला भन्न सकिदैन । देशका सबै क्षेत्र बन्दाबन्दीमा भएको अबस्थामा भरखरै निम्न मध्यम बर्गको आयमा उक्लिएको स्थितिलाई कायम राख्नु भनेको अहिलेको आर्थिक अबस्थामा फलामको चिउरा चपाउनु जस्तै हुन सक्दछ । कोरना भाईरसको प्रभाब कति अबधि सम्म पर्छ त्यसमा पनि धेरै निर्भर हुनेछ । कोभिड १९ ले दिन प्रतिदिन उग्ररुप लिंदै गएको हुंदा स्वास्थ्य क्षेत्रमा बढि भन्दा बढि लगानी गर्नु पर्ने अबस्था स्रीजना हुन गएको छ । बर्तमान अबस्थालाई अध्ययन गर्दा अर्थतन्त्रको बिस्तार र सुधार गरी न्यून मध्यम आय बर्गको स्थिति कायम गर्ने कार्य निकै चुनौतीपूर्ण देखिन्छ ।

    स्तरोन्नतीको सकारात्मक तथा नकारात्मक पक्ष

    कुनैपनि देशको प्रतिब्यक्ति कुल राष्ट्रिय आम्दानी बढ्नु आफैमा महत्वको बिषय हो । अहिले हामी न्यून मध्यम आय बर्गमा परेका हुंदा हामीसंग गरिबी त्यति छैन भन्ने बुझाउंछ र यहि सन्देश अन्य मुलुकहरुमा प्रबाह भएको हुन्छ । हामीमा त्यति हीनताबोध पनि आएको हुंदैन । बिश्वमा हामीले ठाडो शीर लगाएर अघि बढ्न सक्छौ पनि । 
    यसले हामीलाई यो अबस्थाबाट तल झर्न हुंदैन भनेर सन्देश पनि दिएको हुन्छ र परिश्रम गर्ने मार्ग निर्देश पनि गरेको हुन्छ । बाटो बन्द भएको अबस्थामा अघि बढ्ने उपाय देखाई दिएको हुन्छ । स्तरोन्नतीले गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान सकारात्मक हुन सक्ने र बैदेशिक लगानी आउन सक्ने संभावना हुनेछ । बैदेशिक तथा स्वदेशी लगानीको बृद्धिले रोजगारीका अबसरहरु बढ्न जानेछन् ।

    आर्थिक दृष्टिकोणले माथिल्लो श्रेणीमा जानुलाई राम्रो मानिए पनि हाम्रो आफ्नै अबस्थालाई हेर्दा देशले स्तरोन्नती कायम राख्न अर्थतन्त्रमा धेरै सुधार गर्नु पर्नेछ । बिश्व बैंकले स्तरोन्नतीको ट्याग लगाई दिएपछि सहजरुपमा प्राप्त गर्दै आएको अनुदान र सहुलियतपूर्ण ऋण पनि प्राप्त नहुन सक्दछन् । प्राप्त भएपनि त्यो ज्यादै कम रकमको हुनेछ ।

    world Bank 1.JPG 

    अहिलेको हाम्रो अर्थतन्त्र मुलतः बैदेशिक सहायतामा अडिएको छ । बिश्व बैंक, अन्तर्राष्ट्रिय बित्त निगम ९क्ष्ँऋ०, एशियाली बिकास बैंक जस्ता अन्तर्राष्ट्रिय संस्था बाट आर्थिक सहयोग प्राप्त नहुने अबस्था सिर्जना भयो भने देशको अर्थ ब्यबस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । स्तरोन्नती पश्चात् सहुलियती ब्यापारका कोटा र सुबिधा हट्ने हुंदा ब्यापार घाटा बढ्न गई समस्या श्रृजना हुने देखिन्छ ।

    अन्त्यमा,

    बिश्व बैंकले स्तरोन्नती गरिसकेपछि अन्तर्राष्ट्रिय संस्थाहरु बाट सहायता प्राप्त हुन सक्ने अबस्था न्यून हुने भएकोले नेपालले आफ्नो स्तरोन्नितको साख जोगाई राख्न ठूलो परिश्रम गर्नु पर्नेछ । यसको लागि राजस्व संकलनमा प्रभाबकारीता, पूबाधार निर्माणमा जोड, सरकारी फजुल खर्चमा नियन्त्रण, आर्थिक अनुशाशनमा कडाईपन, पूँजिगत खर्चमा बृद्धि, रोजगारी श्रृजनाको अबसर जस्ता बिषयमा ध्यान दिनु पर्नेछ । 

    साथै उत्पादन र उत्पादकत्वमा बृद्धि ल्याउन बैदेशिक तथा निजी क्षेत्र बाट लगानी गर्न बिभिन्न प्रोत्साहनका कार्यक्रम ल्याउनु पर्दछ । यस्ता बिभिन्न पक्षहरुको बिकास गर्न सकियो भने निश्चयनै स्तरोन्नती कायम हुनेछ र बिश्वमा नेपाल न्यून मध्यम आय भएको मुलुकको रुपमा पहिचान भई आउंदा बर्षहरुमा अझ स्तरोन्नती हुंदै जानेछ भनी आशा गर्न सकिनेछ । - कृष्णमणि पराजुली, पूर्ब उप सचिब, नेपाल सरकार

    साताको लोकप्रीय