हल्ट प्राइज एट आईओई २०२१ र पुल्चोक क्याम्पसको  सहकार्यमा ‘उद्यमी टक सिरिज

 हल्ट प्राइज एट आईओई २०२१ र पुल्चोक क्याम्पसको  सहकार्यमा ‘उद्यमी टक सिरिज

अर्थ डबली
बिहिवार, कार्तिक १३ २०७७
अर्थ डबली
बिहिवार, कार्तिक १३ २०७७ (अर्काइभ बाट)
  •  हल्ट प्राइज एट आईओई २०२१ र पुल्चोक क्याम्पसको  सहकार्यमा ‘उद्यमी टक सिरिज

    काठमाडौं /  हल्ट प्राइज एट आईओई २०२१ र पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा आइतबार “उद्यमी टक सिरिज –लेभल ४ समूह निर्माण”को आयोजना गरियो ।

    images
    images

     

    दशैंलाई लक्षित गर्दै आयोजना गरिएको हल्ट प्राइजमा ‘म्युजिकल इभ’ पनि आयोजना गरिएको थियो ।

    इभेन्टमा ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति, फिनिक्स एरिजोनाका प्रा। स्कट मार्सल ब्राण्डोन, यल्लोस्पार्कका सहसंस्थापक अपर्ना जोशी खन्ड्वाला, चीनको माइहोमीकी मिडिया म्यानेजर जीन्सी क्षु लगायतको विशेष उपस्थितिमा समूहगत छलफल भयो । 

    उनीहरूले आ(आफ्ना अनुभव साट्नुका साथै नयॅा उद्यमशीलताका लागि सहभागीहरुलाई अभिप्रेरित  गरेका थिए । 

    सो इभेन्टमा मिस नेपाल वर्ल्ड २०१५ इभाना मानन्धर, मिस नेपाल इन्टरनेस्नल २०१६ वर्षा लेखि, मिस नेपाल अर्थ् २०१८ प्रिया सिग्देल र आजकल फेसबुकमा भाइरल बनेको “सेवेन रिजन्स यु सुड नेभर भिजिट् नेपाल”की पर्वक्ता मान्सी अग्रवालहरूको अर्को प्यानल डिस्कसन पनि भएको थियो ।

    उक्त कार्यक्रममा सेलिब्रेटी अतिथिको रुपमा गायकहरू शास्वत खड्का, स्मिता दाहाल, सुरजराज खत्री, भेषराज तिमल्सिना तथा कमिडियन आयुष श्रेष्ठ लगायतको विशेष उपस्थिति थियो । 

    कार्यक्रममा सहभागीहरूले विभिन्न प्रश्नहरू गरी छलफल गरेका थिए । त्यसपछि  ‘म्युजिकल इभ’  सुरू भयो ।

    साताको लोकप्रीय