भाइबरको मेसेजिङ प्लेटफर्ममा चाडपर्व लक्षित नयाँ अफर

भाइबरको मेसेजिङ प्लेटफर्ममा चाडपर्व लक्षित नयाँ अफर

अर्थ डबली
बिहिवार, कार्तिक १३ २०७७
अर्थ डबली
बिहिवार, कार्तिक १३ २०७७ (अर्काइभ बाट)
  • भाइबरको मेसेजिङ प्लेटफर्ममा चाडपर्व लक्षित नयाँ अफर

    काठमाडौं / दशैं वर्षको त्यो समय हो जब विदेशिएका धेरै नेपालीहरु हिन्दु देवी दुर्गाको आराधना गर्न र असत्यमाथि सत्यको जित मनाउन स्वदेश फर्कने गर्छन् । तर, यो वर्ष, कोभिड–१९ महामारीको कारणले गर्दा दशैं उत्सव मनाउने तरिका धेरै भिन्न भएको छ ।

    images
    images
    images

    विजया दशमीको नामले पनि चिनिने र देशकै सबैभन्दा भव्य, ठूलो र अधिक महत्त्व राख्ने चाड– दशंै उत्सव मनाउँदैछन् । यसैबिच, भाइबरले आफ्नो मेसेजिङ्ग प्लेटफमको मद्दतले नेपालीहरुलाई घरमै सुरक्षित रहेर चाडपर्व मनाउन सशक्त बनाउँदैछ ।

    नेपाल भाइबरको लागि एक महत्वपूर्ण बजार हो र हाल १९० भन्दा बढी देशहरुमा उपलब्ध यस मेसेजिङ्ग एपले सधैं नै स्थानीय चाडपर्वहरु मनाउने कोशिस गर्दै आएको छ र नेपालीहरुका लागि अझ बढी रमाइलो बनाउन प्रयासरत छ । 

    जगदम्बा मोटर्स–टिभिएस र अब हुने इसेवा फोन पे सँगको स्टिकर प्याक निकाल्ने सहकार्यले नेपाली भाइबर प्रयोगकर्ताहरुलाई हालको चुनौतीपूर्ण समयबीचमा पनि दशैंको प्रफुल्लताको अनुभव संगाल्ने अवसर दिएको छ । हरकोहीले आफूले के कस्तो महसुस गरिरहेका छन् भन्ने अभिव्यक्त गर्न सहज हुने रोमाञ्चक स्टिकर प्याकहरु बाहेक टिभिएसले भाइबर स्टिकर डाउनलोडरहरुलाई अचम्मित पार्ने विशेष शृँखला पनि प्रदान गरिहेका छन् । 

    इ सेवा स्टिकर प्याकले भाइबर प्रयोगकर्ताहरूलाई इ सेवाको निजीकृत स्टिकर प्याक प्रयोग गरेर दशैं, तिहार र छठको अभिवादन स्टिकरद्वारा पठाउन सक्षम गर्नेछ । अझै धेरै थाहा पाउनलाई यीे भाइबर कम्युनिटीहरुलाई फलो गर्नुहोस् ।

    “नेपालीहरुसँग हाम्रो सम्बन्ध सधैँ नै सुमधुर रहँदै आएको छ र हामी नेपाली प्रयोगकर्ताहरुको दैनिकीलाई अझ उपयोगी बनाउन स्थानीय साझेदारहरु निर्माण गर्ने सन्दर्भमा स्पष्ट छौं । यो सहकार्य पनि त्यसैको एक निरन्तरता हो र यो नेपाली प्रयोगकर्ताहरुलाई उनीहरुको सबैभन्दा ठूलो चाडको समयमा केही विशेष प्रदान गर्ने एक उपाय पनि हो ।” राकुटेन भाइबरका चिफ ग्रोथ अफिसर आना जमेंन्स्कायाले भन्नु भयो । “टिभिएस र इसेवा दुवै नेपालमा प्रख्यात र स्थापित ब्राण्डहरु हुन्, त्यसैले यस चाडको समयमा उनीहरुसँगको सहकार्यले हाम्रा प्रयोगकर्ताहरु विश्वभरको राम्रो लाभहरु लिन सक्षम गर्नेछ ।”
     
    यो दशैं भाइबरको साथमा आफ्नो परिवार र साथीभाईहरुसँग कुराकानी शुरु गरेर माया, सद्भाव एवं रमाइला पलहरु आदान प्रदान गर्नुहोस् ।


    राकुटेन भाइबरको बारेमा

    राकुटेन भाइबरले मानिसहरु बिचको भौगोलिक तथा भावनात्मक दुरी हटाउन मद्दत गर्छ । हाम्रो विश्वव्यापी प्रयोगकर्ताले यी विशेषताहरु जस्तैः वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्रुप म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिनको जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्दछन् । हामी हाम्रा प्रयोगकर्ताहरुलाई यो सुनिश्चित् गर्दछौं कि उनीहरुले आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरणबीच साटासाट गर्न सक्दछन् ।

    राकुटेन भाइबर राकुटेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रुपमा इ–कमर्स तथा वित्तीय सेवाहरुमा अग्रणी रहेको छ । भाइबर एफसि बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भनें गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ्ग र कलिङ्ग एप पनि हो ।

    साताको लोकप्रीय