आर्थिकार्षणका नियमहरु, आर्थिक गतिशीलता, कुटनीतिक भेटघाट र परनिर्भरता

आर्थिकार्षणका नियमहरु, आर्थिक गतिशीलता, कुटनीतिक भेटघाट र परनिर्भरता

जसरी ठूलो पिण्ड भएको सूर्यको वरिपरि ग्रहहरुले परिक्रमा गर्दछन्, पृथ्वीको वरिपरि चन्द्रमाले परिक्रमा गर्दछ, त्यसैगरी आफ्नो आर्थिक अस्तित्व जोगाउन गरीब मुलुकहरु धनी मुलुकको वरिपरि यो वा त्यो रुपमा परिक्रमा गर्न (लन हजूर भन्न) बाध्य हुन्छन् ।

अर्थ डबली
आइतवार, कार्तिक १६ २०७७
अर्थ डबली
आइतवार, कार्तिक १६ २०७७ (अर्काइभ बाट)
  • आर्थिकार्षणका नियमहरु, आर्थिक गतिशीलता, कुटनीतिक भेटघाट र परनिर्भरता

    हाल विश्व अर्थतन्त्रको चहल पहललाई नियाल्दा गुरुत्वाकर्षणका कारण पृथ्वी लगायतका अन्य ग्रहहरु सूर्यको वरिपरि घुमे झैं, मजबूत अर्थतन्त्र भएका अमेरिका, चीन लगायतका देशहरुको वरिपरि कमजोर अर्थतन्त्र भएका नेपालजस्ता देशहरु घुमिरहेको पाइन्छ। अर्थतन्त्रको यो चक्र/ गतिविधि (Phenomenon) लाई यस लेखमा आर्थिकार्षण भनिएको छ ।

    images
    images

    भौतिक शास्त्रमा व्याख्या गरिएको गुरुत्वाकर्षणका नियमहरुको आलोकमा यस लेखमा मैले आर्थिकार्षणका नियमहरुको खोजी गर्ने धृष्टता गरेको छु । यी नियमहरुसंग जोडिएर आउने आर्थिक गतिशीलता, कुटनीतिक भेटघाट र परनिर्भरता जस्ता अन्य केही विषयहरुको बारेमा छोटो व्याख्या गर्ने कोशिश पनि यस लेखमा गरिएको छ । यस सन्दर्भमा म भने भौतिकशास्त्रीय र अर्थशास्त्रीय विद्धान व्यक्तित्वहरुबाट आउने प्रतिक्रियाको पर्खाइमा रहको छु ।

    2. आर्थिकार्षणका नियमहरु

    २.१ आर्थिकार्षण र आर्थिक दूरीको सम्बन्ध

    दुइ देशबीचको आर्थिक सम्बन्ध स्थापना हुन मूलतः तलका ३ तत्वहरुको विशेष भूमिका रहन्छ ।

    (क) भौतिक रुपले सरल पहुँच (Physical Connectivity)

    जल, स्थल वा हवाइ मार्गबाट जुन देशमा सहज पहुँच हुन्छ त्यस्ता देशहरुका मानिसहरुको बीचमा आवतजावत बढी हुन्छ । साथै यसले दुइ देशबीचको आर्थिक गतिविधिलाई पनि बढावा दिन मद्दत गर्दछ । दुबै छिमेकी देशभएपनि नेपालको आर्थिक कारोबार चीनसंग भन्दा भारतसंग बढीहुनाको कारण एउटा यो पनि हो ।

    (ख) सांस्कृतिक समानता (Cultural Connectivity)

    धर्मकर्म, रितीरिवाज, भाषा, जीवनप्रतिको मूल्यमान्यता आदि जस्ता कुरामा हुने समानताले दुइदेशका जनताको बीचको सम्बन्धलाई बढी घनिष्ट बनाउँदछ ।नेपाल र भारत, अमेरिका रयूरोपियन देशहरुको बीचको गाढा आर्थिक-सामाजिक सम्बन्ध यसका केही उदाहरणहरु हुन् ।

    (ग) वैचारिक निकटता (Ideological Connectivity)

    अमेरिका र सोभियतसंघको नेतृत्वमा चलेको शीतयुद्धकालमा पूजींवादी धार र समाजवादी धारका देशहरुको बीचको सम्बन्धलाई हेर्ने हो भने यो कुरा स्पष्ट देख्न सकिन्छ । अमेरिकाको चीनसंग भन्दा भारतसंगको सम्बन्ध,उत्तर कोरियासंग भन्दा दक्षिण कोरियासंगको मजबूत सम्बन्ध, चीनको उत्तरकोरिया र रुससंगको सम्बन्धलाई बैचारिक निकटताले धेरै हदसम्म अझैपनि काम गरेको पाइन्छ । 

    आर्थिक गतिविधिबाट हेर्दा माथिका तत्वहरुलाई क्रमशः तीन आर्थिक दूरीका रुपमा परिभाषित गर्न सकिन्छः भौतिक दूरी, सांस्कृतिक दूरी र वैचारिक दूरी। यी तीन दूरीलाई  समग्रतामा एकल आर्थिक दूरीको रुपमातलको सूत्रमा दिएअनुसार राख्न सकिन्छ ।

    image_2020-11-01_161422.png

    माथिको कथनलाई दुईदेशको बीचको आर्थिकार्षण (आर्थिक सम्बन्ध) को नियममानिम्नानुसारले परिभाषित गर्न सकिन्छ।

    आर्थिकार्षणको नियम १

    दुईदेशको बीचको आर्थिकार्षण ती देशहरुको आर्थिक दूरीको वर्गसंग व्युत्क्रमात्मक (उल्टो) सम्बन्ध राख्दछ ।

    image_2020-11-01_161614.png

    यहाँ,FER = आर्थिकार्षण (Force of economic relation between two countries)

    २.२ आर्थिकार्षण र आर्थिक क्षमताको सम्बन्ध

    एउटा देशले आफ्नो कुनै न कुनै स्वार्थ सिद्धगर्नका लागि सहयोगी हुन सक्ने अर्को देशसंगमात्र आर्थिक सम्बन्ध राख्दछ । कुनै पनि देशको आर्थिक क्षमता भित्र निम्न कुराहरु पर्दछन् ।

    (क) कूल गार्हस्थ्य उत्पादन (Gross Domestic Product)

    औद्योगिक विकासमा अगाडि रहेका मुलुकहरुको कूल गार्हस्थ्य उत्पादन धेरै हुने हुनाले ती देशहरु धनी हुन्छन् र विकसित मानिन्छन् । उनीहरुको मजबूत आर्थिक अवस्थाले विश्वकै वा क्षेत्रीय आर्थिक गतिविधिलाई प्राभाव पारिरहेको हुन्छ । आर्थिक रुपले कमजोर मुलुकहरु उनीहरुको उत्पादन सहजरुपले प्राप्त गर्ने इच्छाले होस् वा आफ्नो अस्तित्वको लागि सहयोग माग्न पर्ने अवश्यकताले त्यस्ता विकसित देशहरुसंग आर्थिक सम्बन्ध राख्न खोज्दछन् । अमेरिका वा जापनासंग विश्वका सबै मुलुकहरु र विशेष गरेर गरीब मुलुकहरुले राम्रो सम्बन्ध राख्न चाहनुको कारण उनीहरु धनी भएरनै हो । नेपालले छिमेकी लगायत अन्य देशहरुसंग राखेको सम्बन्ध प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्थिक सहयोग प्राप्त गर्नका लागि हो ।

    (ख) प्राकृतिक संसाधन (Natural Resources)

    जल, जंगल, जडीबुटी, खनिज जस्ता प्राकृतिक संसाधनप्रचुर मात्रामा हुने मुलुकहरुसंग पनि अन्य धनी र विकसित मुलुकहरुले सम्बन्ध राख्दछन् ताकि उनीहरुका लागि आवश्यक कच्चा पदार्थ सहजरुपमा प्राप्त हुनसकोस्। भारतले नेपालसंग राम्रो सम्बन्ध बनाइ राख्नुको एउटा कारण नेपालको प्रचुर जलस्रोत हो ।

    (ग) मानवीय संसाधन (Human Resources)

    आफ्नो मुलुकको आर्थिक गितिविधिलाई निरन्तरता दिन वा बढाएर लैजान चाहिने जनशक्तिको आपूर्ति गर्न धनी मुलुकहरुले गरीव मुलुकहरु संग सम्बन्ध स्थापित गरिराखेका हुन्छन् । सानोतिनो आर्थिक सहयोग गर्दछन् । रोजगारीको नाममा नेपाली कामदारहरु लैजानकै  लागि मलेशिया, कतार, साउदी अरब जस्ता देशहरुले नेपालसंग सम्बन्ध बनाइराखेका हुन् । अमेरिका, यूरोपियन मुलुकहरुले भने पढनका लागि छात्रवृत्ति दिएर क्रिम जनशक्ति गरीव मुलुकहरुबाट यस्तै सम्बन्धको उपयोग गरी भित्र्याइरहेका हुन्छन् ।

    माथिका ३ तत्वहरुलाई निम्नानुसार एकिकृत गरी एकल आर्थिक क्षमताको रुपमा प्रस्तुत गर्न सकिन्छ।

    4.JPG

    आर्थिक क्षमता कम र बेशी अनुसार तलको तालिका १ मा देखाइएबमोजिम दुइ देशको बीचको आर्थिकार्षण बलियो, सामान्य र कमजोर हुन्छ ।

    तालिका १ आर्थिक क्षमता र ती देशहरु बीचको आर्थिकसम्बन्ध

    5.JPG

    माथिको छोटो व्याख्या अनुरुप दुईदेशको बीचको आर्थिकार्षणको नियमलाई निम्नानुसारले परिभाषित गर्न सकिन्छ।

    आर्थिकार्षणको नियम २

    दुईदेशको बीचको आर्थिकार्षण ती देशहरुको आर्थिक क्षमताको गुणनफलसंग सिधा सम्बन्ध राख्दछ।

    6.JPG

     

    ३. आर्थिक गतिशीलता र कुटनीतिक भेटघाट

    माथि उल्लेख गरिएको आर्थिकार्षण एक तागत (Force) भएकोले यसले अर्थतन्त्रमा गतिशीलता ल्याउँछ र दुइदेश बीचको आर्थिक कारोबारमा प्रबेग  (Acceleration) पैदा गर्दछ ।दुइ देशको सम्बन्धको शुरु हुँदा शुन्य रहेको आर्थिक गतिविधि (Velocity of Economic Movement) समयक्रमसगैं बढ्दै जान्छ ।यस कथनलाई निम्नानुसार व्यक्त गर्न सकिन्छ ।

    7.JPG

    यहाँ V1V2=पहिलो र दोस्रो देशको विद्यमान अर्थतन्त्र (आर्थिक क्षमता) का गतिहरु(Velocities of Economies) हुन्।र T= व्यतित समय (Elapsed Time) हो ।

    8.JPG

    माथिको समीकरणलाइ निम्नानुसार पुनर्लेखन गर्न सकिन्छ ।

    माथिका समीकरणहरुले इंगित गर्ने विषयहरुका सन्दर्भमा सहजताको लागि कुल गार्हस्थ्य उत्पादनको तुलनामा आर्थिक क्षमताका अन्य तत्वहरुको प्रभाव निकै कम हुन्छ भनेर मान्न सकिन्छ (GDP>>NR and HR)। यसबाट निम्न कुराहरु देखिन आउँछन्।

    (i) दुइ देशबीचको आर्थिकार्षणका कारण कुल गार्हस्थ्य उत्पादनकम हुने मुलुकको आर्थिक गतिशीलता धेरै हुनेको भन्दा बढी संवेदनशील हुने देखिन्छ । यही कारणले हो गरीबदेशका उच्च पदस्थ व्यक्तिहरु धनी देशको भ्रमणमा धेरै जाने गर्दछन् भने धनी देशका त्यस्ता व्यक्ति गरीब देशहरुमा फाट्टफुट्ट मात्र आउछन् । यसै कारणले नै हो, गरीब देशका उच्च तहका नेताहरुले धनी देशका पदीय हिसाबले कम दर्जाका मानिसहरुलाई पनि महत्व दिएर भेट दिन्छन्, कतिपय अवस्थामा त भेट्न नै जान्छन् । नेपालका प्रधानमन्त्रीहरु सपथ खाने बित्तिकै मिलेसम्म भारत र चीन लगायत अन्य समृद्ध मुलुकहरुको भ्रमण गर्न निस्किइहाल्नाको कारण यही हो।

    (ii) आर्थिक क्षमताका सबै तत्वहरु उही रहेमा समयक्रमसगै दुबै देशको आर्थिक गतिबिधि बढ्दै बढदै जाने देखिन्छ ।

    ४. आर्थिक परनिर्भरताको मात्रा

    जसरी ठूलो पिण्ड भएको सूर्यको वरिपरि ग्रहहरुले परिक्रमा गर्दछन्, पृथ्वीको वरिपरि चन्द्रमाले परिक्रमा गर्दछ, त्यसैगरी आफ्नो आर्थिक अस्तित्व जोगाउन गरीब मुलुकहरु धनी मुलुकको वरिपरि यो वा त्यो रुपमा परिक्रमा गर्न (लन हजूर भन्न) बाध्य हुन्छन् । उदाहरणको लागि नेपाललाई नै लिन सकिन्छ ।यो प्रक्रियामा आर्थिकार्षण (Force of Economic Relation) र परिक्रमाको गतिको तागत (Force of Revolution) बराबर (Balance) हुने हुँदा, यसलाई निम्न समीकरणबाट व्यक्त गर्न सकिन्छ ।

    9.JPG

    यहाँ EC1ले धनी मुलुकको आर्थिक क्षमता EC2ले गरीब मुलुक आर्थिक क्षमतालाई बुझाउँदछ भने ED ले दुइदेश बीचको आर्थिक दूरीलाई बुझाउँदछ । माथिको समीकरणबाट गरीबमुलुकले अर्को धनी मुलुकलाई गुहार्ने मात्रा (गति), जसलाई V ले जनाइएको छ, त्यो तलको समीकरणमा देखाइएकोछ ।

    10.JPG

    यसबाट गरीब देश अर्को देश जति बढी धनी छ, त्यतिनै बढी आर्थिक हारगुहार गर्न पुग्दछ । नेपाल रुसको भन्दा अमेरिकाको पछि लाग्नुमा मूल कारण अमेरिकाको आर्थिक क्षमता रुसको भन्दा बढी भएर हो । त्यसैगरी यसले एउटा गरीब देश माथि ब्याख्या गरिएको आर्थिक दूरी कम भएको मुलुकसंगभन्दा आर्थिक दूरी बढी भएको मुलुकसंग धेरै हातपसार्न पुग्छ भन्ने देखाउँदछ । नेपाली प्रतिनिधिहरु चीनको भन्दा भारतको बढी भ्रमण गर्नाको कारण कुल गार्हस्थ्य उत्पादनको प्रभावको तुलनामा छोटो आर्थिक दूरीको प्रभाव बढी हुनाले हो ।

    ५. परनिर्भरताको दुष्चक्रबाट पार

    कुल आर्थिक क्षमतामा नभएपनि जबसम्म प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन दुइदेश बीच बराबर हुदैन, नेपाल जस्ता गरीब देशहरुले धनीदेशको गुलामी गरिरहनु पर्ने, सधैं अपमानित भइरहनुपर्ने कुरा माथिका कथनहरुले देखाउँदछन् । यदि हामी सम्मानित नेपाली भएर बाँच्न चाहन्छौ भने आर्थिक समृद्धितर्फ मुलुकलाई लैजानुबाहेक हामीसंग अरु विकल्प छैन । यसको लागि समावेशी र दीगो विकासको मार्ग पहिल्याएर दुइअंकको आर्थिक बृद्धि कम्तीमा एक दशकसम्म कायम राख्ने गरी अगाडी बढ्नु जरुरी हुन्छ ।

    [लेखक देवकोटाको आलेख हरेक अङ्ग्रजी १ तारिखमा नियमित प्रकाशित हुन्छ। लेखकलाई यो [email protected] इमेलमा सम्पर्क गर्न सकिन्छ।]

     

    साताको लोकप्रीय