काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आज सोमबार दुई ओटा कम्पनीको शेयरमल्य समायोजन गरेको छ ।
नेप्सेले मुक्तिनाथ विकास बैंक र सानिमा माई हाइड्रो पावरको शेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले मुक्तिनाथ विकास बैंकको ११.२५ प्रतिशत बोनस शेयर वितरण पश्चात हिजो आइतबार बजार बन्द हुने समयमा कायम भएको प्रतिकित्ता ३७९ रुपैयाँबाट शेयरमूल्य समायोजन गरेको हो ।
समायोजनपछि उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३४१ रुपैयाँ कायम भएको छ । यसैगरी सानिमा माई हाइड्रो पावरको १० प्रतिशत बोनस शेयर वितरण पश्चात हिजो आइतबार बजार बन्द हुने समयमा कायम हुन आएको ३३८ रुपैयाँबाट शेयर मूल्य समायोजन भएको छ ।
समायोजनपछि उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३०७ रुपैयाँ कायम गरेको छ ।