नेपाल लाइफ इन्स्योरेन्स कार्यालय कोटेश्वरद्वारा घातक रोगको दावी भुक्तानी 

नेपाल लाइफ इन्स्योरेन्स कार्यालय कोटेश्वरद्वारा घातक रोगको दावी भुक्तानी 

अर्थ डबली
शनिवार, कार्तिक २२ २०७७
अर्थ डबली
शनिवार, कार्तिक २२ २०७७ (अर्काइभ बाट)
  • नेपाल लाइफ इन्स्योरेन्स कार्यालय कोटेश्वरद्वारा घातक रोगको दावी भुक्तानी 

    काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स, कोटेश्वर कार्यालयबाट बीमित तारामान राईलाई यही कार्तिक २१ गते घातको रोगको दावी भुक्तानी गरिएको छ । 

    images
    images

    नेपाल लाइफ इन्स्योरेन्स, कोटेश्वर कार्यालय प्रमुख ज्ञानेन्द्र मान तुलाधरले बीमित राईलाई घाटक रोग बीमा गरे वापतको बीमा रकम रु. ५ लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

    बीमित राईले २०१९–०४–१० मा ५० बर्षको उमेर घातक रोग रु.५ लाखको बीमा गरे वापत बार्षिक किस्ता रु. ६ हजार १४० पर्ने गरी बीमा गराएका थिए । 

    वार्षिक २ किस्ता तिरीसकेका बिमित राइलाई एक्कासी घाँटिमा Nasopharynx को क्यान्सर प्रमाणित भएको थियो । कम्पनीमा क्यान्सर रिर्पोट पूर्ण रुपमा प्रमाणित भए उपचार गराउनको लागि घातक रोग बीमा गरे वापतको सो रकम हस्तान्तरण गरिएको प्रमुख ज्ञानेन्द्र मान तुलाधरले जानकारी दिए । 

    nepal life insurance.JPG

    सो अवसरमा उनले जनचेतनाको लागि आज बीमा गरी आफु र परिवारलाई ढुक्क हुन विश्वास दिलाउन समेत आग्रह गरे । 
     रकम हस्तान्तरण कार्यक्रममा अभिकर्ता मनिकुमार कुलुङ र कम्पनीमा कार्यरत कर्मचारी शर्मिला कर्णलगायतको पनि उपस्थिति रहेको थियो । 
     

     

    साताको लोकप्रीय