शेयर बजारमा ३ अर्ब ६९ करोडबढीको कारोबार, पुनर्बीमा कम्पनीको कारोबार रकम मात्रै ५५ करोडमाथि

शेयर बजारमा ३ अर्ब ६९ करोडबढीको कारोबार, पुनर्बीमा कम्पनीको कारोबार रकम मात्रै ५५ करोडमाथि

अर्थ डबली
सोमवार, कार्तिक २४ २०७७
अर्थ डबली
सोमवार, कार्तिक २४ २०७७ (अर्काइभ बाट)
  • शेयर बजारमा ३ अर्ब ६९ करोडबढीको कारोबार, पुनर्बीमा कम्पनीको कारोबार रकम मात्रै ५५ करोडमाथि

    काठमाडौँ / शेयर बजारमा कारोबार रकमले उचाई लिने क्रम जारी रहेको छ । साताको पहिलो दिन आइतबार तीन अर्ब ५२ करोड ६७ लाख ७७ हजारमाथिको कारोबार भएको बजारमा आज सोमबार भने ३ अर्ब ६९ करोड ९८ लाख ७९ हजारमाथिको कारोबार भएको हो । 

    images
    images

    नेप्से परिसूचक ४.२२ अंकले बृद्धि भई एक हजार ६५२.८१ बिन्दुमा पुगेको बजारमा आज कूल १९५ ओटा कम्पनीको ४१ हजार ४९ पटकको व्यापारमा एक करोड ३५ हजार ३१३ कित्ता शेयर खरिदबिक्री भए । 

    सोमबारको कारोबार रकममा नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम सर्वाधिक रह्यो । उक्त कम्पनीले ५५ करोड एक लाख ८१ हजार रुपैयाँबराबरको कारोबार गरेर पहिलो स्थानमा रहँदा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड १३ करोड ७४ लाख ७५  हजार रुपैयाँमाथिको कारोबार सहित दोस्रो स्थानमा रहेको छ । 

    त्यस्तै, हिमालयन डिस्टीलरीको कारोबार रकम १३ करोड ३६ लाख ७८ हजार रुपैयाँ, अपि पावर कम्पनीको १० करोड ८५ लाख ६९ हजार रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १० करोड ३२ लाख ९८ हजार रुपैयाँबढीको कारोबार भएको नेप्सेको आँकडामा उल्लेख छ । 

    आज कारोबारमा आएका १२ ओटा उपसमूहमध्ये व्यापारिक समूहको परिसूचक सर्वाधिक ४.४२ अंकले बृद्धि भएको छ   भने अन्य समूहको परिसूचक ४.२ अंक बढेको छ । 

    यसैगरी वित्त समूहको ०.११ प्रतिशत, निर्जीवन बीमा समूहको ०. ८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.८५ प्रतिशत, लघुवित्त समूहको १.१९ प्रतिशतले परिसूचक बृद्धि भएको छ । 

    आज जलविद्युत समूहको परिसूचकमा सर्वाधिक बढी १.०४ प्रतिशतले  सबैभन्दा बढी गिरावट आएको छ । 

    त्यस्तै, बैंकिङ समूहको ०.८९ प्रतिशत, होटल समूहको ०.२३ प्रतिशत, विकास बैंकको ०.७३ प्रतिशत, जीवन बीमा समूहको ०.१८ प्रतिशत र म्यचुअल फण्ड समूहको ०.४१ प्रतिशतले परिसूचक ओरालो लागेको छ । 

    त्यस्तै, यो दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बृद्धि भएको छ । उक्त कम्पनीको शेयरमूल्य २० रुपैयाँले बढेर अन्तिम मूल्य प्रतिकित्ता २२० रुपैयाँ कायम भएको हो ।

    त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरधनीहरुले ९.९३ प्रतिशत र सानिमा जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले ९.९३ प्रतिशतले कमाएका छन् । सर्वाधिक कारोबार गर्ने नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य पनि आज ८.३९ प्रतिशतले उकालो लागेको छ । 

    त्यस्तै, घलेम्दी हाइड्रोका लगानीकर्ताहरुले आज सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयरमूल्य ४.८६ प्रतिशत र पाँचथर पावर कम्पनीको शेयरमूल्य ४.३५ प्रतिशतले घटेको छ । 

    साताको लोकप्रीय