अफरोडका लागि लोभलाग्दो क्रसफायर ‘आरएम २५० ट्वीन’ यस्ता छन् फिचर्स 

अफरोडका लागि लोभलाग्दो क्रसफायर ‘आरएम २५० ट्वीन’ यस्ता छन् फिचर्स 

अर्थ डबली
मंगलवार, कार्तिक २५ २०७७
अर्थ डबली
मंगलवार, कार्तिक २५ २०७७ (अर्काइभ बाट)
  • अफरोडका लागि लोभलाग्दो क्रसफायर ‘आरएम २५० ट्वीन’ यस्ता छन् फिचर्स 

    काठमाडौं/  क्रसफायरले ‘आरएम २५० ट्वीन’ मोटरसाइकल नेपाली बजारमा ल्याएको छ । दुई वटा साइलेन्सर जडान गरिएको यो मोटरसाइकल थुप्रै यूनिक फिचरले भरिपूर्ण रहेको छ ।
    कम्पनीले हाल नेपाली बजारमा विभिन्न ४ मोडलका डर्ट मोटसाइकल बिक्री गर्दै आएको छ ।

    images
    images

    कम्पनीका अनुसार क्रसफायरको आरएम २५० ट्वीन लेटेस्ट मोडल हो । पहिले क्रसफायर एचजे २५०, जीआर(७ २५०, एनसी २५० जस्ता मोडल बिक्री  गरेको थियो । कच्ची खराब बाटाहरुमा पनि एक रोमान्चक यात्रा गर्न सकिने भएकोले नेपालमा धेरै युवाहरुको आकर्षण पाइन्छ । यस्ता डिजाइनलाई युवाहरुले बढि रुचाउँछन् । कम्पनीले बिक्री गर्ने सबै मोडलको मूल्य ५ लाख २५ हजार रुपैयाँदेखि ६ लाख ९० लाख रुपैयाँ हारहारी रहेको छ । 
     आकर्षक फिचरर्समा सहज मूल्यमा उपलब्ध भएपछि युवाहरुको रोजाइमा पर्ने कम्पनीको दावी छ । क्रसफायर आरएम २५० ट्वीनको मूल्य भने ६ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको छ ।

    मोटर साइकलमा यस्तो छ फिरचर्स 

    यो मोटरसाइकलमा डबल डिस्क ब्रेक दिइएको छ । जसमा अगाडि २९० एमएम र पछाडि २४० एमएमको अधिक ब्रेकिङ पावर सहितको डिस्क ब्रेक उपलब्ध रहेको छ ।

    आरएम २५० ट्वीनमा २४९.९९ सीसी क्षमताको काब्रुरेटर इन्जिन दिइएको छ । उक्त इन्जिनले ३०.१५ बीएच पावर र २३ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स रहेको छ भने ७ लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ ।

    अफरोड बाइकका लागि मानिने महत्वपूर्ण पक्ष सस्पेन्सन हो । कम्पनीले यो कुरालाई विशेष महत्व दिएको छ । यसमा ट्वीन स्पेयर पेरिमिटर फ्रेम सहित अगाडि ४७ एमएमको इन्भर्टेट रिबोन्ड कम्प्रेसन ड्याम्पीङ एड्जस्टेवल २५१ एमएम ट्राभल र पछाडि प्रो लिंङको सिंगल सक दिइएको छ ।

    मोटरसाइकलमा अगाडि र पछाडि समान १७ इन्चको ह्वील दिइएको छ ।

    पूर्ण डिजिटल इन्ट्रुमेन्ट कन्सोल, आर टेकको इटलियन हेडल्याम्प, एलइडी इन्डिकेटर, सिएनसी फोल्डेवल क्लच लिभर, इन्जिन गार्ड, आदि फिर्चस छन् । यस्तो फिचर्सले मोटरसाइकल उत्कृष्ट मात्र होइन सहज कम्फटेवल लक्चरी बनेको छ । 

    साताको लोकप्रीय