नेपाली शेयर बजारमा कोरोना भ्याक्सिनको सकारात्मक प्रभाव आज यस्तो देखियो नेप्से

नेपाली शेयर बजारमा कोरोना भ्याक्सिनको सकारात्मक प्रभाव आज यस्तो देखियो नेप्से

अर्थ डबली
मंगलवार, कार्तिक २५ २०७७
अर्थ डबली
मंगलवार, कार्तिक २५ २०७७ (अर्काइभ बाट)
  • नेपाली शेयर बजारमा कोरोना भ्याक्सिनको सकारात्मक प्रभाव आज यस्तो देखियो नेप्से

    काठमाडौं / आज मंगलबार नेपाली शेयर बजार परिसूचक नेप्सेमा उत्साह जनक सुधार देखिएको देखियो । विश्व बजारको गतिसँग अक्सर ‘म्याच’ नहुने नेपाली शेयर बजारको ट्रेन्ड यसपालि उल्टिएको छ । विश्व बजारमा कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण अत्याधिक प्रभावकारी भएसँगै शेयरबजार तातेको छ । आइतबारमात्रै अमेरिका र जर्मनीको विज्ञको समूहले परीक्षण गरेको खोप ९० प्रतिशत प्रभावकारी भएको खबर सार्वजनिक भएको थियो ।

    images
    images

    यो दिन नेप्से परिसूचक २५.९८ विन्दुले बढेर १ हजार ६ सय ७८ दशमलव ७९ विन्दुमा पुगको छ । परिसूचक मात्रै नभएर कारोबार रकम समेत बढेर ४ अर्ब भन्दा माथि पुगेको छ ।  

    आज व्यापारमूलक, होटल र जीवनबीमा समूहका परिसूचकहरुमा ठूलो बृद्धि देखिएको थियो ।

    नेपाल टेलिकम, साल्ट ट्रेडिङ कर्पोरेसन लगायतको मूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ । यी कम्पनीहरु बजारको सबैभन्दा ठूला कम्पनीहरु हुन् । १ सय ७२ कम्पनीको कारोबार हुँदा आज १ सय २ कम्पनीको मूल्य बढेको छ । 
    २० कम्पनीको मूल्य बराबर हुँदा बाँकी ५० कम्पनीको मूल्य घटेको देखिएको छ ।
     

    साताको लोकप्रीय