सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा अन्तराष्ट्रिय प्रशिक्षकद्वारा ‘क्यारियर विकास’ तालिम 

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा अन्तराष्ट्रिय प्रशिक्षकद्वारा ‘क्यारियर विकास’ तालिम 

अर्थ डबली
मंगलवार, कार्तिक २५ २०७७
अर्थ डबली
मंगलवार, कार्तिक २५ २०७७ (अर्काइभ बाट)
  • सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा अन्तराष्ट्रिय प्रशिक्षकद्वारा ‘क्यारियर विकास’ तालिम 

    काठमाडौं/  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारी लगायत अभिकर्ताहरुको लागी जूम एपमार्फत “क्यारियर विकास र एम्.डी.आर.टी” तालिम सम्पन्न गरेको छ । 

    images
    images

    सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ४०० भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो ।

    कार्यक्रमको शुरुवातमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यस तालिमको आवश्यक्ता, एजेन्सी क्यारियर तथा सोका फाइदा आदिका बारेमा प्रकाश पारे । यसका साथै उनले यस तालिमबाट पुरा लाभ लिन सिटिजन लिडरहरुलाइ प्रेरित गरेको थियो । 

    उक्त कार्यक्रमका मुख्य तथा अन्तराष्ट्रिय प्रशिक्षक बिजय कुमार झाले अभिकर्ताहरुहरूले सामना गरिरहेका चुनौतीहरू, तीनका समाधान, नयाँ अन्तरदृष्टि र कोभिड महामारीको स्थितिमा व्यवसाय गर्ने तरिकाहरूका साथै “एम्.डी.आर.टी” लक्ष्य सजिलै हासिल गर्ने तरिका, योजनाको नेतृत्व, लिडर र म्यानेजरमा हुन पर्ने गुणहरुका बारे प्रकाश पारेको थियो । 

    व्यक्तिगत तथा व्यवसायिक रुपमा लाभमय क्रियाकलापको कारण लिडरहरुको अत्यन्तै राम्रो संलग्नता रहेको थियो । तीन घण्टाको कार्यक्रम अत्याधिक ज्ञानवद्र्धक, मनोरञ्जनात्मक तथा प्रभावकारी रहेको थियो ।

    समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालले यो पेशालाई सम्मानित बनाउने र पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रसर रहने बताउदै “एम्.डी.आर.टी” जस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पु¥याउने बताए । 

    ठूलो सपना देख्नु आवश्यक छ र सपना प्राप्त गर्न कौशलता अत्यन्तै जरुरी छ जुन यस्ता तालिम बाट प्राप्त हुन्छ भन्ने उनको े भनाई थियो । उहाँले आगामी दिनहरुमा पनि थप उर्जाका साथ काम गरी व्यवसायिक लक्ष्य हासिल गर्नका लागि सिटिजन लिडरहरुलाई प्रेरित गरे । 

    कम्पनीले नियमित रुपमा यस प्रकारको तालिम गर्दै जाने समेत बताए । 

    साताको लोकप्रीय