शेयर बजारमा उत्साह कायमै : व्यापार समूहमा उछाल, सर्वाधिक कारोबार गर्ने कम्पनीहरु कुनकुन हुन् ? 

शेयर बजारमा उत्साह कायमै : व्यापार समूहमा उछाल, सर्वाधिक कारोबार गर्ने कम्पनीहरु कुनकुन हुन् ? 

अर्थ डबली
बिहिवार, कार्तिक २७ २०७७
अर्थ डबली
बिहिवार, कार्तिक २७ २०७७ (अर्काइभ बाट)
  • शेयर बजारमा उत्साह कायमै : व्यापार समूहमा उछाल, सर्वाधिक कारोबार गर्ने कम्पनीहरु कुनकुन हुन् ? 

    काठमाडौँ / साताको अन्तिम दिन कारोबार दिन आज बिहीवार नेप्से परिसूचक १०.८२ अंकले बढेर १ हजार ७१८.४९ बिन्दुमा पुगेको छ । 

    images
    images
    images

    यस साताको पहिलो दिनदेखी निरन्तर उकालो लागेको बजारमा बजार ठूला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.४७ अंकले बढेर ३३९.०९ बिन्दुमा पुगेको छ । 

    बिहीबार १९८ ओटा कम्पनीको ४९ हजार ११७ पटकको व्यापार भएको छ भने १ करोड ३८ लाख ८९ हजार १८९ कित्ता शेयर खरिदबिक्री भएका छन् । 

    नेप्से परिसूचकसँगै कारोबार रकममा पनि निरन्तर बृद्धि भएको छ । अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको बजारमा आज ४ अर्ब ८२ करोड ६२ लाख ८६ हजार रुपैयाँ बराबरको  कारोबार भएको छ । 

    बिहीवार कारोबारमा आएका १२ ओटा समुहमध्ये बैंकिङ समूहको ०.७८ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.१३ प्रतिशत, निर्जीबन बीमा समूहको ०.४५ प्रतिशत, अन्य समूहको ०.२६ प्रतिशत र व्यापार समूहको ९.९८ प्रतिशतले परिसूचक बृद्धि भएको छ । बढेका कम्पनीहरुमध्ये आज सबैभन्दा बढी व्यापार समूहको ९.९८ प्रतिशतले परिसूचक बढेको हो । 

    त्यस्तै, होटल समूहको ०.९६ प्रतिशत, विकास बैंक समूहको ०.२१ प्रतिशत, जलविद्युत समूहको शून्य ०.४४ प्रतिशत, वित्त समूहको ०.४२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.९ प्रतिशत, लघुवित्त समूहको ०.०६ प्रतिशत र जीवन बीमा समूहको ०.२८ प्रतिशतले परिसूचक घटेको छ । 

    सर्वाधिक कारोबार गर्ने कम्पनीहरु 
    यस दिनको कारोबारमा नेपाल पुनर्बीमा कम्पनीको कारोबार सर्वाधिक बढी भएको छ । उक्त कम्पनीको २८ करोड ५५ लाख ५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । 

    त्यस्तै, नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको कारोबार रकम ३० करोड ४२ लाख ८९ हजार रुपैयाँ, प्रभु बैंक लिमिटेडको २२ करोड ३८ लाख ७५ हजार रुपैयाँ, हिमालयन डिस्टीलरीको २१ करोड ४९ लाख १३ हजार रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १७ करोड ७९ लाख ४६ हजार रुपैयाँमाथिको कारोबार भएको छ । 

    यसैगरी राष्ट्रिय बीमा कम्पनीको १६ करोड ३५ लाख २६ हजार रुपैयाँ, नागरिक लगानी कोषको १५ करोड ४१ लाख २७ हजार रुपैयाँ, शिवम् सिमेन्टको १५ करोड २४ लाख १४ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको १३ करोड ७१ लाख ७६ हजार रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सको १३ करोड ७१ लाख ७६ हजार रुपैयाँ, बैंक अफ काठमाडौँको ११ करोड ९५ लाख ९ हजार रुपैयाँ, अपि पावर कम्पनीको ११ करोड ८९ लाख ७७ हजार रुपैयाँ र एनएमबि बैंकको १० करोड ६८ लाख ८३ हजार रुपैयाँबढीको कारोबार भएको छ । 

    शेयरमूल्य बढेको कम्पनीहरु 

    बिहीवार व्यापारिक समूहको परिसूचक सर्वाधिक ९.९८ प्रतिशत बढेको बजारमा साल्ट ट्रेडिङ र विशाल बजारको शेयरमूल्यमा उछाल आएको छ । 
    सो समूहअन्तर्गतका साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य ९.९९ प्रतिशत अर्थात ५४४ रुपैयाँले बढेर अन्तिम मूल्य प्रतिकित्ता ५ हजार ९८९ रुपैयाँ कायम भएको छ । 

    त्यस्तै, विशाल बजार  कम्पनीको ९.९९ प्रतिशत अर्थात २५० रुपैयाँले बढेर अन्तिम मूल्य २ हजार ७५२ रुपैयाँ पुगेको छ । 

    नाडेप लघुवित्तका शेयरधनीहरुले ८.१६ प्रतिशत र सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले पनि ६.२७ प्रतिशतले कमाएका छन् ।

    शेयरमूल्य घटेको कम्पनीहरु 
    दोहोरो अंकले बढेको बजारमा आज १०२ ओटा कम्पनीको शेयरमूल्य घटेको छ । यो दिन सबैभन्दा बढी गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ५.२३ प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता  ४६ रुपैयाँले घटेर अन्तिम मूल्य ८३४ रुपैयाँ कायम भएको हो । 

    यसैगरी पञ्चकन्यामाई हाइड्रो पावर, एनआइसी एशिया ग्रोथ फण्ड, राइराङ हाइड्रो पावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टलगायतका कम्पनीका लगानीकर्ताहरुले पनि ३ प्रतिशतभन्दा बढीले गुमाए । 

    साताको लोकप्रीय