नारायणगढ–बुटवल सडक विस्तार : आयोजना समयमै सकाउन मन्त्री नेम्वाङको निर्देशन

नारायणगढ–बुटवल सडक विस्तार : आयोजना समयमै सकाउन मन्त्री नेम्वाङको निर्देशन

अर्थ डबली
शुक्रवार, कार्तिक २८ २०७७
अर्थ डबली
शुक्रवार, कार्तिक २८ २०७७ (अर्काइभ बाट)
  • नारायणगढ–बुटवल सडक विस्तार : आयोजना समयमै सकाउन मन्त्री नेम्वाङको निर्देशन

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ–बुटवल सडक विस्तार आयोजना समयमा सम्पन्न गर्न निर्देशन दिएको छ । 

    images
    images

    मन्त्रालयमा  भएको सरोकार  निकायका प्रतिनिधि सम्मिलित छलफलमा उहाँले कार्ययोजना बनाएर अघि बढ्न आग्रह गरे । 

    उनले देशकै महत्वपूर्ण सो सडक विस्तारका लागि सम्बन्धित निर्माण कम्पनी र परामर्शदातासँग बसी कार्ययोजना बनाएर अघि बढ्न आयोजना कार्यालयलाई निर्देशन दिए । 

    जम्मा ११३ किमी लम्बाइको सडक दुई खण्डमा निर्माण गर्न लागिएको छ । सो सडक एशियाली विकास बैङ्क –एडिबी) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुन लागेको छ । सडक निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले गरिरहेको छ । 

    कोभिड–१९ सङ्क्रमणका कारण दुई सातासम्म आइसोलेशनमा पुल्चोकस्थित मन्त्री निवासमा बस्नुभएका मन्त्री नेम्वाङ सोमबार रिपोर्ट नेगेटिभ आएसँगै आजदेखि मन्त्रालय आउन थालेको छ । 

    छलफलमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, एडिबीका आयोजना निर्देशक दीपक श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, सहसचिव गोपाल सिग्देललगायतको उपस्थिति  थियो ।  

    साताको लोकप्रीय