आज भाइटिका : तपाईको दिन कत्तिको शुभ होला ? हेर्नुस् राशीफल

आज भाइटिका : तपाईको दिन कत्तिको शुभ होला ? हेर्नुस् राशीफल

अर्थ डबली
सोमवार, मंसिर १ २०७७
अर्थ डबली
सोमवार, मंसिर १ २०७७ (अर्काइभ बाट)
  • आज भाइटिका : तपाईको दिन कत्तिको शुभ होला ? हेर्नुस् राशीफल

    वि.सं. २०७७ साल, मार्गशीर्ष महिना, ०१ गते, सोमवार, कार्तिक शुक्ल (कछलाथ्व) प्रतिपदा, अनुराधा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, अतिगण्ड योग, बब र बालब करण, प्रमादी संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, आज : मार्ग संक्रान्ति, म्ह पूजा, चन्द्रोदय, गोवर्द्धन पूजा, यमद्वितीया, भाइटीका, भैया दूज, ने. सं. ११४१ प्रारम्भ, भोलि : किजापूजा, ,भोलिको मूहुर्त : रुद्राभिषेक (शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन)। 

    images
    images


    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    अरुको भर नपर्नुहोला । आश्वासन बाड्नेहरुले धोका दिन सक्नेछन् । आज सापटीमा गएको धन गुम्न सक्छ । सचेत हुनुहोला । आफ्नै बल र बुद्धिको प्रयोगले गरेको काममा सफलता मिल्न सक्छ । काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने हुँदा लामो समय सम्म त्यसको प्रभाव देखिनेछ । बाटो काट्दा, हातहतियार चलाउदा होस पुर्याउनुहोला । चोटपटक लाग्ने सम्भावना रहेको छ । घर परिवार तथा आफन्तसँग घरायासी कुरामा मतभेद हुनसक्छ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ । मान सम्मान तथा उपहार प्राप्तिको योग छ । परिवारजनको सहयोग मिल्नेछ । व्यवसायमा आम्दानी बढ्नेछ। भौतिक साधन जुटाउने समय छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    प्रतिष्पर्धिहरुलाई उछिन्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । प्रयत्न गर्दा महत्वपूर्ण काम बन्नेछ। व्यापार व्यावसाय फस्टाउने योग छ । यद्यपि आज आस देखाउनेहरूको भरले मात्र काम नबन्न सक्छ। रोकिएका काम बन्नेछ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ । अध्ययनमा समय दिन सकिदैन । व्यापारमा थोरै फाइदा हुनेछ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। पुराना समस्या सुल्झाउन केही समय जुट्नुपर्ला।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुनसक्छ । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् । पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    परिणाममुखि काम गर्न सकिने समय रहेको छ ।  विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। धनमाल सुरक्षामा पनि अलि सावधान हुनुहोला। महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    बोलीको प्रभाव बढ्नेछ । अरूका लागि बुद्धि र धन खर्चनुपर्नेछ। पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति पनि आउन सक्छ। नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। वादविवादमा अघि नसर्नुहोला। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। आवश्यकता पूरा गर्न केही रकम सापट लिनुपर्ला।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
     विभिन्न अवसरहरु आउँने भएपनि ति अवसरहरुलाई सहि रुपमा प्रयोग गर्न नसक्दा समयले तपाईलाई छोड्नेछ । मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। तापनि पारिवारिक जमघटले दैनिकीमा परिवर्तन ल्याउन सक्छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। व्यापार व्यावसायमा नाफा कमाउन केही समय पर्खनुपर्ला । अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छिमेकमा असमझदारी बढ्नेछ।  पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। यद्यपि आज माया मारेको धन फिर्ता हुन सक्छ। आम्दानी सञ्चित गर्ने समय छ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    लामो समय देखि रोकिएका काम बन्नेछन् । आय स्रोतका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । मनग्गे लाभ लिन सकिनेछ भने समय र श्रमको उचित मुल्याङकन हुँदा मन प्रशन्न रहनेछ । श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    पढाई लेखाईमा उत्कृष्ट नतिजा आउने समय रहेको छ । पारिवारिक जमघटमा सहभागी भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । प्रशासनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुँँने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाउृने योग रहेको छ । अभिभावक वा जेष्ठ नागरिकबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुनेछ । पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । 

    साताको लोकप्रीय