आज तपाईको राशीमा सफलता असफलता के छ ? हेर्नुस्

आज तपाईको राशीमा सफलता असफलता के छ ? हेर्नुस्

अर्थ डबली
मंगलवार, मंसिर २ २०७७
अर्थ डबली
मंगलवार, मंसिर २ २०७७ (अर्काइभ बाट)
  • आज तपाईको राशीमा सफलता असफलता के छ ? हेर्नुस्

    वि.सं. २०७७ साल, मार्गशीर्ष महिना, ०२ गते, कार्तिक शुक्ल (कछलाथ्व) द्वितीया, ज्येष्ठा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, सुकर्मा योग, कौलव र तैतिल करण, प्रमादी संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, आज : किजापूजा, आजको मूहुर्त : रुद्राभिषेक (शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन), भोलि : छठ पर्वअन्तर्गत पहिलो दिन नहायखाए, भद्रा करण बेलुका ०४.३२ बजेदेखि मध्यरात्रीपछि ०३.५० बजेसम्म ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज निराशा र वैराग्यका भावना त्यागेर अघि बढेमा मात्र राम्रो हुनेछ । दिनको सुरुवातमा व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सतर्क रहनु पर्छ । गरेका काममा पनि ढिलासुस्ती हुनेछ । आलस्य र थकानको अनुभूति हुनेछ । झन्झन्टिलो काममा संलगन हुनुपर्ने दिन हो । काम गर्दा पूर्ण जिम्मेवार र सचेत हुनुहोला । सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    बिहानीपख उमंग, हर्ष र आनन्दकै वातावरण हुनेछ । नियमित कामधन्दा र व्यापार व्यवसायबाट बेफाइदा हुँदैन । थोरबहुत लाभ पाउने दिन हो । घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ। साँझतिर भने स्वास्थ्यमा कमजोरी र काममा चुनौती देखापर्न सक्छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    उपलब्धिका लागि बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। घरेलु काममा अलमलिनुपर्ने हुन सक्छ। तापनि अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ। साँझतिर रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। शत्रु परास्त हुनेछन्। मिहिनेतले राम्रो प्रतिफल हासिल गर्न सकिनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    व्यापार व्यावसायमा प्रशस्त समय खर्चिए पनि थोरै उपलब्धिमा चित्त बुझाउनु पर्नेछ । कृषि तथा पशुपालन अगाल्नेहरुले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि आय आर्जन बढाउँन सक्नेछन् । स्थायी तथा पैत्रिक धन सम्पतिमा बिवाद आउने योग रहेकोछ । राजनिति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। मिहिनेतले बिस्तारै फाइदा दिलाउनेछ। विवादास्पद जिम्मेवारी आउन सक्छ। गरेर अरूको मन जित्न सकिनेछ। नियमित काममा बाधा पर्ने छैन। साँझतिर आफन्तसँग मतभेद हुन सक्छ। काम बिग्रने भयले पनि सताउनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    अरूको विषयमा चासो राख्दा व्यर्थैमा दुःख पाइनेछ। आफ्नै वचन पूरा गर्न नसक्दा नैतिक प्रश्न देखापर्न सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला। विवादास्पद काममा हातहाल्न केही समय प्रतीक्षा गर्नुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ। सिर्जनात्मक कामले प्रतिष्ठा दिनेछ। सहयोगीहरूले साथ दिनेछन्। काम बन्नाले प्रशस्त आम्दानी पनि हुनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न भई घर परिवारका ईच्छा आकांक्षा तथा दैनिक उपभोग्य बस्तुहरुको परिपुर्ति गर्न सकिनेछ । मानव निर्मित भौतिक बस्तुहरुको प्रयोग गर्न पाईने हुदा मन प्रसन्न रहनेछ । पारिवारिक माहोलमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अध्ययनमा चाहेजस्तो सफलता हात पार्न सकिनेछ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना छ। साँझतिर अधुरो काम बन्नेछ र रमाइलो भेटघाट पनि हुनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम पनि बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ। धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    कर्मप्राप्तीका लागि गरिने कुनै पनि पेशा व्यावसायबाट प्रशस्त आम्दानि हुनेछ । राजनिति तथा समाजसेवामा जनताको भनेजस्तो समर्थन पाइने हुँदा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक कामहरु समयमा सम्पन्न गर्न सकिने हुँदा सम्मान प्राप्त हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिन सकिने हुँदा सोचे भन्दा राम्रो नतिजा हात लाग्नेछ । नयाँ काम पाउने तथा आफन्त जनको सहयोगमा नयाँ काम गर्न सकिनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। कामको चाप र जिम्मेवारी बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। साँझतिर स्थितिमा सुधार आउनाले उत्साहित भइनेछ। आफ्ना कमजोरी सुधार गर्ने समय रहेकाले काममा मिहिनेत गर्नुहोला।

    साताको लोकप्रीय