विदेशबाट फर्किएका अधिकारी किबी खेतीबाटै मनग्य आम्दानी गर्दै

विदेशबाट फर्किएका अधिकारी किबी खेतीबाटै मनग्य आम्दानी गर्दै

अर्थ डबली
मंगलवार, मंसिर २ २०७७
अर्थ डबली
मंगलवार, मंसिर २ २०७७ (अर्काइभ बाट)
  • विदेशबाट फर्किएका अधिकारी किबी खेतीबाटै मनग्य आम्दानी गर्दै

    धादिङ / धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजारका श्रीकृष्ण अधिकारी किबी खेती शुरु गरेपछि मनग्गे आम्दानी गर्न थालेका छन् । 

    images
    images

    वैदेशिक रोजगारबाट फर्केर गाउँमै किबी खेती शुरु गरेका उनी आफूसँग काम गर्ने आँट र जागर भए रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने उदाहरण बन्न सफल भएका छन् ।

    अर्काको देशमा जति काम गर्दा पनि आफ्नै गाउँघरको यादले नछाडेपछि उनी विदेशको जागिर छाडेर गाउँ फर्किएका थिए ।

    विदेशमा गरेको कामले सन्तुष्टी नपाएका अधिकारी पाँच वर्षअघिदेखि नीलकण्ठ नगरपालिका–१४ काउलेमा किबी खेती गरेर मनग्य आम्दानी गर्न थालेका हुन् । 

    तिहारको समयमा मानिसलाई विदेशबाट ल्याएको मसलाको सट्टा गाउँकै पौष्टिक फल किबी हालेर दाजुभाईलाई कोसेली दिन आग्रह गरेका अधिकारीको अहिले अधिकांश समय किबीबारीमा बित्ने गरेको छ । 

    विसं २०५८ मा मलेसिया गएका अधिकारी चार वर्ष बसेर नेपाल फर्किएका हुन् । 

    घरमा कपडा पसल समेत छ, तर व्यवसाय भन्दा पनि खेतीमा रमाउन चाहने अधिकारी अहिले जिल्लाका चर्चित किबी किसानाको रुपमा चिनिएका छन् ।

    घर फर्किएपछि आफ्नै गाउँ ठाउँमा केही गरेर आयआर्जन गर्नुपर्छ भन्ने आत्मविश्वासका साथ उनले शुरु गरेको किबीखेती अहिले नमूना कृषि व्यवसायको रुपमा चिनिन थालेको छ । 

    व्यावसायिक रुपमा शुरु गरिएको किबीखेतीले अधिकारीलाई अहिले धेरैले चिन्न थालेका छन् ।

    पाँच वर्षअघि तीन सय बोटबाट शुरु गरेको किबी खेतीले अहिले राम्रो उत्पादन दिन थालेको उनको भनाइ छ । 

    यो वर्ष एक हजार ५०० केजी किबी बिक्री गर्ने योजना रहेको अधिकारीले बताए । बाँझो जमिनको सदुपयोग गरी शुरु गरिएको किबी शुद्ध अर्गानिक रहेको उनको भनाइ छ । 

    नीलकण्ठ नगरपालिकाको माथिल्लो भागका साथै जिल्लाका अन्य गाउँबस्तीमा पनि व्यावसायिक रुपमा किबी खेती गर्न सकिने अधिकारीले बताए ।
       
    समुद्री सतहबाट एक हजार मिटरभन्दा माथिको उचाइमा किबीको उत्पादन लिन सकिन्छ । 

    पौष्टिक हिसाबले फलफूलमध्ये सबैभन्दा धेरै पौष्टिक तत्व भएको फलको रुपमा किबी रहेको छ । किबीको फल र बिरुवा दुवैबाट फाइदा लिन सकिन्छ ।

    एउटै रुखमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्छ भने प्रतिकिलो रु ४०० देखि रु ६०० सम्ममा सजिलैसँग बिक्री हुने गरेको किसानको भनाइ छ । 

    धादिङ जिल्लामा सोयु, हेवार्ड, आलीसान, टोमरी र मन्टी जातको किबी खेती गर्ने गरिन्छ । 

    व्यावसायिक रुपमा खेतीको शुरुवात गरे पनि जिल्लामा विशेषज्ञ सेवा नपाउँदा रोग निवारणमा समस्या हुने गरेको अधिकारीको भनाइ छ । 

    स्थानीय सरकारले आफूसँग किबी खेतीसम्बन्धी प्राविधिक नभएको जनाएको छ । 

    कृषि ज्ञान केन्द्रले प्राविधिक सेवा दिने भने पनि कुनै पनि कर्मचारी र प्राविधिकलाई यस क्षेत्रमा परिचालन गर्न नसकिएको किसानको गुनासो छ । 

    साताको लोकप्रीय