रोजगारी गुमाएर फर्किएकालाई कृषि कार्यक्रममार्फत स्वरोजगार बनाइँदै

रोजगारी गुमाएर फर्किएकालाई कृषि कार्यक्रममार्फत स्वरोजगार बनाइँदै

अर्थ डबली
मंगलवार, मंसिर २ २०७७
अर्थ डबली
मंगलवार, मंसिर २ २०७७ (अर्काइभ बाट)
  • रोजगारी गुमाएर फर्किएकालाई कृषि कार्यक्रममार्फत स्वरोजगार बनाइँदै

    अर्घाखाँची / अर्घाखाँचीका स्थानीय तहहरुले बेरोजगार भई स्वदेश तथा विदेशबाट घर फर्किएका यहाँका नागरिकलाई कृषि र पशुपालनका माध्यमबाट स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याएका छन् ।

    images
    images

    कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र उपकरणमुखी कृषि प्रणालीको विकास गर्न कृषकलाई बीउबिजन सहयोग गर्नेदेखि लिएर उत्पादन भएको तरकारी बजार पु¥याउनेसम्मका योजना अघि सारेका छन् र यसका लागि बजेट विनियोजन पनि गरेका छन् । 

    सन्धिखर्क नगरपालिकाले यस वर्ष कृषि र पशुपालनका लागि रु सात करोड ८७ लाख बजेट विनियोजन गरेको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालले जानकारी दिए ।

    नयाँ हाटबजार निर्माणका लागि समेत रु दुई करोड रकम बजेट विनियोजन गरेको छ । 

    गएको दुई वर्षमा कृषि पेशालाई यान्त्रिकरण गर्न र किसानले नयाँ प्रविधि अपनाउन भनेर उनीहरुलाई ३० ओटा मिनी टिलर अर्थात हाते ट्याक्टर वितरण गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । 

    दुई सय ५० थान टनेल, थोपा सिँचाइ १०० सेट, २०० माहुरीका घार वितरण गरेको छ । 

    करिब ५२ क्विन्टल मकैको बीउ र २६ क्विन्टल गँहुको बीउ, मौसमी तथा बेमौसमी तरकारीको बीउ दुई हजार प्याकेट र च्याउको बीउ ६०० प्याकेट ५० प्रतिशत अनुदानमा वितरण गरेको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराइले जानकारी दिए ।

    गतवर्ष कृषि र पशुपालनमा रु एक करोड २० लाख बजेट विनियोजन भएको थियो ।

    गएको दुई वर्षमा सन्धिखर्क नगरपालिकाले नश्ल सुधारका लागि ३६ ओटा बोयर बोका, छ वटा उन्नत जातका राँगा वितरण गरेको नगरपालिकाका पशु शाखा प्रमुख प्रकाश न्यौपानेले बताए । 

    उन्नत जातका घाँसका बीउ मलासेस, ब्रसिम, जै, घाँसलगायतका घाँस ९ क्विन्टल वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

    त्यसैगरी ४४ वटा गाईभैँसीको गोठ सुधार, दुई ओटा कुखुराको खोर सुधार र छ ओटा बाख्राको खोर सुधारका कार्यक्रम सञ्चालन गरेको थियो । 

    शीतगङ्गा नगरपालिकाले यसवर्ष कृषि र पशुपालनका लागि रु तीन करोड रकम बजेट विनियोजन गरेको छ ।

    कृषकको मागमा आधारित कार्यक्रम सञ्चालन गर्न तथा उत्पादनमा आधारित अनुदान रकम वितरण गर्न बजेट विनियोजन गरेको नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले बताए ।

    प्रत्येक वडामा कृषि र पशुपालनका लागि भनेर रु एक लाख ५० हजारका दरले १४ वडामा बजेट पठाइएको छ । 

    नगरपालिकाको कूल बजेट रु तीन करोड रहेको नगरप्रमुख अधिकारीले जानकारी दिए । नगरपालिकाले स्थानीय जातको कुखुराको मासु, कागती कफी र केरामा पनि बिक्रीको आधारमा अनुदान दिने निर्णय गरेको छ ।

     गतवर्ष शीतगङ्गा नगरपालिकाले उत्पादनमा आधारित अनुदान रकम मात्र ७५ लाख वितरण गरेको छ । गतवर्ष कृषिमा यान्त्रिकरण गर्न नगरपालिकाले ५० ओटा मिनी टिलर पनि कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको नगर उपप्रमुख टिका रेग्मीले जानकरी गराए ।

    माहुरीका घार पनि ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको नगरपालिकाले जनाएको छ ।

     भूमिकास्थान नगरपालिकाले कृषिमा रु ४५ लाख र पशुपालनका लागि समान रु ४५ लाख विनियोजन गरेको छ । 

    सङ्घ र प्रदेशबाट आएकासमेत गरी कृषि र पशुपालनमा झण्डै रु तीन करोड बजेट रहेको भूमिकास्थान नगरपाकिलाका नगर प्रमुख रेशम थापाले जानकारी दिए ।

    नगरपालिकाले गत वर्ष कृषक तथा कृषक समूहको मागका आधारमा १५ हजार कागतिका बिरुवा, ९० ओटा टनेल, १७३ वटा माहुरीका घार र मकै छोड््याउने मेसिन ८ वटा पनि वितरण गरेको नगरपालिकाका कृषि शाखा प्रमुख रामबहादुर थापाले बताए । 

     पशुपालनलाई व्यवस्थित गर्न १५ ओटा भकारो सुधार र सिँचाइको लागि सात वटा सिमेन्ट पोखरी समेत कृषकको घर गाउँमा निर्माण गरेको छ ।

     कोरोनाले गर्दा विदेशमा रोजगारी गुमाएर फर्किएका युवालाई कृषि पेशामा आवद्ध गराउने खालका कार्यक्रमहरु यस वर्ष सञ्चालन गर्न पर्याप्त बजेट छुट्याइएको नगरपालिकाका नगर उपप्रमुख खडानन्द बेल्बासेले बताए ।  

    मालारानी गाउँपालिकाले कृषि र पशुपालन गर्न चाहने युवालाई बिना धितो स्वरोजगार ऋण प्रदान गर्ने भएको छ । 

    स्वरोजगार कोष खडा गरी कृषि र पशुपालन व्यवसायमा लाग्ने युवालाई रु दूई लाख देखि १० लाखसम्म ऋण प्रदान गर्ने कार्यक्रम सञ्चालन भएको छ । उनले यो वर्ष कृषि विकास बैंकबाट गाउँपालिकामा रहेका युवालाई रु ६ करोड प्रदान गर्ने कार्यक्रमसमेत सञ्चालन गर्न थालिएको छ ।

    पालिकाले गतवर्ष ८१ जना कृषकलाई चार ओटाका दरले बोयर जातका बाख्रा प्रदान गरेको थियो । 

    कृषि पेशालाई आधुनिक बनाउन र यान्त्रिकरण गर्न  कृषकको मागका आधारमा ३० वटा मिनी टिलर अर्थात हाते ट्याक्टरसमेत गत वर्ष ८० प्रतिशत अनुदानमा वितरण गरेको छ ।

    मकैको बीउ, कागती, सुन्तला, तथा चियापत्तीका बिरुवा पनि कृषकलाई वितरण गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत नेत्रप्रसाद खनालले बताए ।

    यसवर्ष पनि विगत वर्षका कार्यक्रम सञ्चालन हुने र कृषि र पशुपालनमा नमूना पालिका बनाउने खालका कार्यक्रम सञ्चालन गर्ने उनले बताए । 

    छत्रदेव गाउँपालिकाले कृषि र पशुपालनबाट मात्रै आर्थिक वृद्धि हुने निष्कर्ष निकालेर युवालाई  स्वरोजगार बनाउने खालका कार्यक्रम सञ्चालन गर्दैछ ।

    यसका लागि यसवर्ष झण्डै रु दुई करोड विनियोजन गरेको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिए । परम्परागत तथा निर्वाहमुखी कृषि पेशालाई आधुनिकीकरण र व्यवसायीकरण गर्न र लागि परेको बताइएको छ । 

    व्यावसायिक कृषि तथा पशुपालन फर्ममार्फत् कार्यक्रम सञ्चालन गर्ने काममा गाउँपालिकाले जोड दिएको छ । कोरोनाले गर्दा रोजगारी गुमाएर घर फर्किएका युवालाई उत्पादनमुखी कृषि पेशाका लागि ऋण दिन बैंकसँग पनि समन्वय गरिएको छ । 

    हलोको सट्टा मिनी टिलर, परम्परागत कुटो तथा कोदालोको सट्टा नयाँ सामग्रीको प्रयोग गरी कम समय र कम लागतमा उत्पादन बढाउन कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष पोख्रेलले बताए ।

    माटो सुहाउँदो तरकारी तथा अन्नखेतीका लागि माटो परीक्षणशाला गाउँपालिकाले सञ्चालन गरेको छ भने एक घर एक करेसाबारीको अभियान घरघरमा पुर्याएको छ । 

    बोयर जातको बाख्रापालन प्रवद्र्धन गर्न गतवर्ष अष्ट्रेलियाबाट सो जातका बोयर खरिद गर्न बोलपत्र आह्वान गरे पनि कोरोनाका कारण काम हुनसकेको थिएन ।

    यसवर्ष उक्त कामका लागि रु एक करोड विनियोजन गरेको छ । पाणिनी गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर भइसकेको छ । 

    यी बस्तु निर्यात गर्नसक्ने अवस्थामा पुगेको छ । केही समय पहिला अण्डा र मासु अन्तबाट ल्याउनुपर्नेमा यसवर्ष कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न र युवाहरुलाई कृषिमा लगाउन झण्डै रु तीन करोड विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए ।

    यसवर्ष सो गाउँपालिकाले दूधमा प्रतिलिटर रु पाँच अनुदान दिने भएको छ । यसअघि प्रतिलिटर रु दुई रुपैयाँ ५५ पैसाका दरले अनुदान दिएको थियो ।  

    गाउँपालिकामा १० ओटा डेरी र पाँच ओटा पोल्ट्री फर्मबाट सञ्चालित छन् ।

    यी डेरीले गत आर्थिक वर्षमा करिब आठ लाख ६० हजार १३९ लिटर दूध सङ्कलन गरेको र पोल्ट्रिफर्मले दिनैपिच्छे २२ हजार अण्डा उत्पादन गरेको कृषि प्राविधिक दधिराम अधिकारीले जानकारी र्दिए ।  

    स्थानीय तहमा बोयर बाख्रा र टिस्यु कल्चर विधिबाट आलुको बीउ उत्पादनको केन्द्रका रुपमा विकास गर्ने गरी योजना अगाडि बढाइएको पशु प्रविधिक कृष्ण घिमिरेको भनाइ छ ।

     गत वर्ष सो पालिकाले २६ ओटा हाते ट्याक्टर कृषकलाई प्रदान गरेको थियो । 

    त्यसैगरी करिब चार सय प्लाष्टिक टनेल ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । यसवर्ष पनि हाते ट्याक्टर तथा घाँस काट्ने मेसिनलगायतका सामग्री प्रदान गरिने भएको छ । 

    कृषि शाखा प्रमुख मेघराज पौडेलका अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०७५र७६ मा अष्ट्रेलियाबाट २५ ओटा शतप्रतिशत बोयर बाख्रा ल्याएको थियो । आप्mनो गाउँपालिकालाई बोयर बाख्रापालनको केन्द्र बनाउन लागेको गाउँपालिका अध्यक्ष अच्युत गौतमको भनाइ छ । 

    अहिले यहाँ २३ ओटा बोयर पाठापाठी   हुर्केका छन् । करिब २५ किलोसम्मको तौल भएका पाठीको मूल्य रु एक लाख २० हजार र पाठाको मूल्य एक लाख ५० हजार तथा २५ केजीभन्दा बढी तौल भएमा प्रति केजी थप तीन हजारका दरले बिक्री वितरण गर्ने गरी मूल्य कायम गरिएको छ । 

    यहाँ उत्पादित बाख्रा हाललाई पालिकाभन्दा बाहिर बेच्न नपाउने व्यवस्थासमेत गरिएको छ ।

    अड्गुरी मैदान र पोखराथोक गरी तीन स्थानमा स्रोत केन्द्रको पनि स्थापना गरिएको छ । शुरुका वर्षमा बाख्राको बीमा, दाना, औषधि उपचार र खोर निर्माण खर्चसमेत पालिकाले दिँदै आएको थियो । 

    साथै गाउँपालिकाले आलुको बीउ उत्पादनको कार्यक्रम पनि सञ्चालन गरेको छ । टिस्यु कल्चर विधिबाट उत्पादन गरिएका पाँच हजार ७०० दाना गाउँपालिकाल्याई गत वर्षबाट आलुको बीउ उत्पादन थालिएको छ । 

    गतवर्ष वितरित १० किलो बीउबाट यसवर्ष १६ क्विन्टल आलु उत्पादन भएको कृषि शाखाले जनाएको छ । 

    वितरण गरिएको प्रतिदाना आलुबाट न्यूनतम १ केजी आलु फलेको कृषि शाखाले बताएको छ । 

    यस विधिबाट उत्पादन भएको आलुको बीउको मूल्य प्रतिकेजी रु दुई सय छ । उनका अनुसार यसरी उत्पादन भएको आलुको बीउमा रोग र कीराले पनि कमै छुने गरेको छ । 
     

    साताको लोकप्रीय