धनप्राप्ति, लगानी, सफलता, स्वास्थ्य र यात्राका लागि तपाईँको दिन कस्तो रहेको छ ? हेर्नुस् राशीफल 

धनप्राप्ति, लगानी, सफलता, स्वास्थ्य र यात्राका लागि तपाईँको दिन कस्तो रहेको छ ? हेर्नुस् राशीफल 

अर्थ डबली
बुधवार, मंसिर ३ २०७७
अर्थ डबली
बुधवार, मंसिर ३ २०७७ (अर्काइभ बाट)
  • धनप्राप्ति, लगानी, सफलता, स्वास्थ्य र यात्राका लागि तपाईँको दिन कस्तो रहेको छ ? हेर्नुस् राशीफल 

    वि.सं. नेपाली राशिफल, २०७७ साल, मङ्सिर महिना, ०३ गते, बुधवार, कार्तिक शुक्ल (कछलाथ्व) चतुर्थी, मूल नक्षत्र, धनु राशिको चन्द्रमा, धृति योग, वणिज र विष्टि (भद्रा) करण, प्रमादी संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, आज : छठ पर्वअन्तर्गत पहिलो दिन नहायखाए, भद्रा करण बेलुका ०४.३२ बजेदेखि मध्यरात्रीपछि ०३.५० बजेसम्म, भोलि : छठ पर्वअन्तर्गत दोस्रो दिन खरना, भोलिको मूहुर्त : रुद्राभिषेक (शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), दीक्षाग्रहण ।

    images
    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    मन आशावादी र उत्सुक देखिन सक्छ तर परिस्थिति जटिल बन्नेछ । मानसिक दुर्बलताका कारण चिताएको काम गर्न नसकिने तर जिम्मेवारी बढिरहने समय छ । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानी कम हुनेछ । परिबन्द र बाध्यताले अलमल बढाउन सक्छ । सहयोगगको आशा देखाउनेहरुले धोका दिन सक्छन् ।  व्यवसायिक काममा खर्च बढ्नेछ । अरुको काममा श्रम तथा बुद्धि खर्च गर्नुपर्ला । आफ्नो काम स्थगित गर्नुपर्दा मन खिन्न हुनेछ । धार्मिक तथा सामाजिक कार्यमा खट्नुपर्ने समय छ । 

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    वादविवाद, लडाइँ, झगडाबाट बच्ने समय हो । नयाँ ठाउँमा धन लगानी गर्ने परिस्थिति देखिदैन । हरेक ठाउँमा खर्चबर्च र बजेटका बारेमा सचेतता अपनाउने समय हो । उता घरपरिवार र कार्यक्षेत्रमा राम्रो छैन । व्यापारीले घाटा, विद्यार्थीले  अनावश्यक वखेडा र कर्मचारीले अपजस बेहोर्ने समय छ । यात्रा घातक बन्न सक्छ । सचेत र सावधान भई ड्राइभिङ गर्नुहुँदैन । लामो यात्रामा जानुहुँदैन । सामाजिक र परोपकारी मार्गमा अवरोध हुनसक्छ । खानपिनमा ध्यान नदिदा स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । सानो गल्ति गर्नाले ठुलो घाटा सहनु पर्नेछ भने नियम संगत काम नगर्दा दण्ड तिर्नुपर्ने हुन सक्छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायिक यात्राको सम्भावना छ । नयाँ सवारी सान खरिद गर्न मन लाग्नेछ । आथित्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । पढाई लेखाईमा समय दिन सकिनेछ । प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु हुनेछन् ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकर प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ । रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पति पत्निबिच मायाको डोरो कसिनेछ । तपाईको कुभलो साध्ने तथा सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । रोकिएका कामहरु साथिभाईहरुको सहयोगमा पूरा गर्न सकिनेछ । लेनदेनका समस्या समेत समाधान गर्न सकिनेछ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रचनात्मक कार्यमा जुट्दा केही न केही फाइदा हुने समय छ । यद्यपि आज परिस्थिति विपरित रहेको छ । आत्मबलमा कमि आउनेछ । कतिपय हाँकेका ताकेका निर्णय कार्यान्वयन हुन सक्दैन । बौद्धिक कार्यमा सहभागि भएपनि न्यून पारिश्रमिक पाउदा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिएमात्र आम्दानी गर्न सकिनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट सन्तोषजनक आम्दानी हुनेछ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    मनमा कता कता नैराश्य र चिड्चिडेपन बढ्नेछ । यद्यपि आज आत्मबल मजभुत हुँने हुँदा जस्तो सुकै चुनौतिको सामना गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । आमा वा आमा सरहका मानिसबाट भनेजस्तो सहयोग पाइनेछ । अध्ययन अध्यापनमा राम्रो स्थान प्राप्त हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । कृषि तथा पशुपालन व्यावसायमाला लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    नयाँ उद्योग र रचनात्मक काममा खट्ने समय छ । उत्पादन क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन सम्पति कमाउन सक्नेछन् भने थप लगानी गरी रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ । खेलकुद तथा खेलकुदसँग सम्बन्धित कामहरुबाट अपेक्षित नतिजा हात लगाउँन सकिनेछ । आफन्त तथा गुरुवर्गहरुको सहयोगले पढाई लेखाईमा भनजस्तो नतिजा हात पार्न सकिनेछ । दाजुभाई तथा छिमेकीको सहकार्यमा राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ ।
     

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लाग्ने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिनेछ । व्यापार व्यवसायमा प्रशस्त फाइदा हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । मिष्ठान्न भोजनको अवसर पाइनेछ । मनमा बसाई सर्ने, सरुवा हुने र स्थान परिवर्तनको धारणा पलाउन सक्छ । नयाँ काममा हात हाल्ने समय भएकोले आफ्नो विचारलाई कार्यान्वयन गर्नु राम्रो हुनेछ । प्रशस्त धन आर्जन गर्ने अवसर पाइनेछ । प्रतियोगितामा सफल बन्ने योग छ ।  


    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आज मनमा कताकता दोधारको स्थिति आउन सक्छ । हाँसखेल र मनोरञ्जनपूर्ण समय रहेको छ । पारिवारिक सुख मिल्नुका साथै कार्यक्षेत्रमा र पेशागत परिस्थितिमा सुधार आउनेछ । आर्थिक पक्ष सुदृढ र सन्तुलिन देखिन्छ । प्रतियोगितामा विजयी भइनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुभएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ । विलासी वस्तुको प्रयोगमा आकर्षण बढ्नेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    परिश्रमको प्रतिफल ढिलोगरी प्राप्त हुनेछ । मानसिक एवं बौद्धिक क्षमताको कदर हुनेछ । सामान्य कुरामा अलमलिनु हुँदैन । जिम्मेवारी वहन गर्नुपर्नेछ । उत्साहपूर्वक काम गर्नुहोला । यद्यपि श्रममूलक काम र कृषि तथा पशुपालन क्षेत्रमा भने सोचेअनुसार लाभ हुनेछैन । धनसङ्ग्रहका क्षेत्रमा बाधा भए पनि आम्दानीमा कमि हुनेछैन । घरमा अथितिको आगमन हुनेछ । सार्वजनिक हित र परोपकारको क्षेमा लगानीको समय छ । दानपुण्यबाट यश र सम्मान प्राप्त गर्न सकिनेछ । नयाँ व्यवसायमा लगानी नगर्नु राम्रो हुनेछ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    इच्छाशक्ति र आत्मबल बढ्ने समय छ । राज्यपक्ष वा कुनै पनि प्रशासनिक काममा लाभ मिल्ने अनुकूलता मिल्नेछ । शत्रुहरु पराजित हुनेछन् । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । सानो लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुदा आर्थिक अवस्था सुदृड हुनेछ । पुराना कामहरु फत्ते हुने तथा नयाँ काम आउने हुदा दैनिक व्यास्त जस्तै रहनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    कर्मसिद्धि समय छ । आँटेको, ताकेको काममा सफलता मिल्नेछ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । व्यापार व्यवसायको क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी र व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखापर्नेछ । तपाईँको सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामािजक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आम्दानीको नयाँ मार्ग देखापर्नेछ । 

     

    साताको लोकप्रीय