आइपिओ निष्काशनको तयारीमा रहेको सिटिजन लाइफको जीवन बीमा कोषमा १५० प्रतिशत बृद्धि 

आइपिओ निष्काशनको तयारीमा रहेको सिटिजन लाइफको जीवन बीमा कोषमा १५० प्रतिशत बृद्धि 

अर्थ डबली
बुधवार, मंसिर ३ २०७७
अर्थ डबली
बुधवार, मंसिर ३ २०७७ (अर्काइभ बाट)
  • आइपिओ निष्काशनको तयारीमा रहेको सिटिजन लाइफको जीवन बीमा कोषमा १५० प्रतिशत बृद्धि 

    काठमाडौंँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७७/०७८ को पहिलो त्रैमासिक (आश्विन मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

    images
    images

    सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा १५० प्रतिशतले वृद्धि गरेको छ । 

    गत आ. व. को आश्विन मसान्तमा कम्पनीको जीवन बीमा कोष रु. ८० करोड ३८ लाख रहेकोमा यस आश्विन मसान्तमा सो रकम २ अर्व ८२ लाख पुगेको छ । 

    यसका साथै कम्पनीले गत आ. व. को आश्विन मसान्तसम्ममा कुल बीमाशुल्क रु. ३३ करोड ९४ लाख संकलन गरेकोमा यस आ. व. को सोही अवधिमा रु. ६२ करोड ८ लाख संकलन गर्न सफल भएको छ । 

    यसरी हेर्दा बीमा शुल्क आर्जन ८३ प्रतिशतले बढेको देखिन्छ । उक्त कम्पनी समीक्षा अवधिमा जीवन बीमा कोषमा १५० प्रतिशतको वृद्धि गराउन सफल भएको देखिन्छ । 

    त्यस्तै, जगेडा तथा कोषको आकार पनि ४१ करोड ५१ लाखबाट ४२ प्रतिशतले बढाएर ५९ करोड १० लाखको उचाईमा पुगेको छ ।
    साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ४७ प्रतिशतको वृद्धि गरी रु. १० करोड ९६ लाख पु-याएको छ । citizen.JPG

    जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालिन लगानी तथा कर्जालाई प्राथमिकता दिइ कुल लगानी तथा कर्जा रकम रु. ४ अर्व ५१ करोड मध्ये करिब ८८.३१ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्दती निक्षेपमा लगानी गर्न सफल भएको छ । 

    यस अघि गरिएको दीर्घकालिन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ । 

    हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी वनाउदै लैजाने उद्देश्यका साथ डिजिटल सिटिजन कार्यक्रम ल्याएको छ । 

    त्यस्तै, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना वढाउन विद्यार्थीसँग बीमा जस्ता विभिन्न कार्यक्रमहरू लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरू सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

    साताको लोकप्रीय