गोरखामा निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम ५० योजनामा, कहाँ कति भयो बाँडफाँड ?

गोरखामा निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम ५० योजनामा, कहाँ कति भयो बाँडफाँड ?

अर्थ डबली
बुधवार, मंसिर ३ २०७७
अर्थ डबली
बुधवार, मंसिर ३ २०७७ (अर्काइभ बाट)
  • गोरखामा निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम ५० योजनामा, कहाँ कति भयो बाँडफाँड ?

    गोरखा / निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र क र ख का लागि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्राप्त रु चार करोड विभिन्न ५० योजनामा बाँडफाँड गरिएको छ । 

    images
    images

    कार्यक्रमअन्तर्गत प्रदेश निर्वाचन क्षेत्र (क) मा प्राप्त रु दुई करोडबाट विभिन्न २५ आयोजना र निर्वाचन क्षेत्र (ख) का लागि प्राप्त रु दुई करोड २५ योजनामा खर्च गर्ने गरी विनियोजन भएको जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोजकुमार गुरुङले जानकारी दिए ।

     निर्वाचन क्षेत्र नं २ (क) मा प्राप्त रकमले दुईवटा सडक स्तरोन्नतिमा रु २५ लाख छुट्याइएको प्रदेशसभा सदस्य हरिशरण आर्चायले जानकारी दिए ।

    जसमध्ये गोरखा नगरपालिका कार्यालयदेखि सिमलगैरी नौबिसे सडक स्तरोन्नतिलाई रु २५ लाख र ठाँटीपोखरी चोकदेखि समिचौतारा देउराली सडकलाई २५ लाख विनियोजन गरिएको हो ।  पालुङटार नगरपालिका–२ को रातडाँडा युवा क्लब खेलमैदान निर्माण गर्न रु १५ लाख विनियोजन गरिएको उनले जानकारी दिए ।
      
     त्यस्तै गोरखा नगरपालिका–९ को शिखर सामुदायिक भवन निर्माण गर्न रु १० लाख, वडा नं १० स्थित चाइनिज क्याम्पदेखि सिर्दीखोलासम्मको सडक निर्माणमा रु पाँच लाख र चिप्लेटीदेखि बरसिंह हुँदै ढकालगाउँ सडक स्तरोन्नतिलाई रु चार लाख छुट्याइएको सांसद आर्चायले बताए ।

    महिला समूहको भवन, नयाँ सडकको ट्र्याक, सामुदायिक भवन, खानेपानी आयोजना, बाख्रा फार्म,  खेलमैदान र मन्दिर निर्माणलगायत शीर्षकमा पनि बजेट विनियोजन गरिएको सांसद आर्चायले जानकारी दिए ।
      
    त्यस्तै निर्वाचन क्षेत्र २ ९ख० मा प्राप्त रु दुई करोडमध्ये बारपाक सुलिकोट गाउँपालिका–२ पर्ने राङरुङ कोदेफेदी तुम्सीका मोटरबाटो बनाउन रु २५ लाख, अजिरकोट गाउँपालिका– ४ स्थित बसेल कृषि तथा पशु फार्म निर्माण गर्न रु २५ लाख र सिरानचोक गाउँपालिका–५ मा चाँदनी हरिबले लालीगुराँस सामुदायिक भवन बनाउन रु २० लाख विनियोजन गरिएको प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले जानकारी दिए ।
     
    कार्यक्रमअन्तर्गत क्षेत्र नं २ ९ख० मा प्राप्त रकमबाट सिरानचोक–३ हार्मीमा चम्पावती माविमा घेराबार बनाउन रु १० लाख, वडा नं–८ मा रहेको चिप्लेटी खप्टे उम्रुङ सामुदायिक भवन बनाउन रु ९ लाख,  वडा नं–६ मा नामरुङ आमा समूहको भवनका लागि रु ९ लाख, बारपाक सुलिकोट– ३ मा रहेको माझथर मावि घेराबारका लागि रु ८ लाख, बारपाक सुलिकोट ३ को हुवामे ठोमो, छेलिङ, बौद्ध समाज घर अधुरो भवन बनाउन रु ७ लाख र  अजिरकोट– ४ को हिमालय माविको घेराबारलाई रु ८ लाख विनियोजना गरिएको उनले बताए ।
      
    त्यस्तै खोप केन्द्र, मन्दिर, कृषि तथा पशुपालन पूर्वाधार, सिँचाइ आयोजना, कृषि समूह भैँसीबाख्रा गोठ, युवा क्लबको खेल मैदान, विद्यालयमा घेराबार र सामुदायिक भवन निर्माणलगायत शीर्षकमा बजेट बाँडफाँड गरिएको सांसद दवाडीले जानकारी दिए ।

    साताको लोकप्रीय