शेयर बजारमा ४ अर्ब ७९ करोडबढीको कारोबार, सर्वाधिक कारोबार गर्ने कम्पनीहरु कुनकुन हुन् ? 

शेयर बजारमा ४ अर्ब ७९ करोडबढीको कारोबार, सर्वाधिक कारोबार गर्ने कम्पनीहरु कुनकुन हुन् ? 

अर्थ डबली
बुधवार, मंसिर ३ २०७७
अर्थ डबली
बुधवार, मंसिर ३ २०७७ (अर्काइभ बाट)
  • शेयर बजारमा ४ अर्ब ७९ करोडबढीको कारोबार, सर्वाधिक कारोबार गर्ने कम्पनीहरु कुनकुन हुन् ? 

    काठमाडौँ / मंसिर महिनाको पहिलो कारोबार दिन आज बुधबार नेप्से परिसूचक २३.३२ अंकले बढेर एक हजार ७४१.८१ बिन्दुमा उक्लिएको छ । 

    images
    images

    अघिल्लो महिना बढेर १७ सयको बिन्दु पार गरेको नेप्से परिसूचक यस महिना पनि सकारात्मक शुरुवात गरेको छ ।

    यो दिन कूल १९४ ओटा कम्पनीको ४३ हजार ६७३ पटकको व्यापारमा १ करोड १६ लाख ७४ हजार ८७५ कित्ता शेयर खरिदबिक्री भएका छन् । 

    आजको कूल कारोबार रकम ४ अर्ब ७९ करोड १० लाख ४१ हजार रुपैयाँभन्दा बढी रहेको नेप्सेको आँकडामा उल्लेख छ ।  

    नेप्से परिसूचक बढ्दा आज ठूला कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स भने ०.८० प्रतिशतले घटेर ३३८.०९ बिन्दुमा पुगेको छ ।  

    आजको कारोबारमा तीनओटा समूहबाहेक तीनओटा समूहको परिसूचक ओरालो लागेको छ । परिसूचक घटेका समूहमध्ये आज बैंकिङ समूहको परिसूचक १.२८ अंकले घटेको छ भने विकास बैंक समूहको परिसूचक २०.६० अंकले घटेको छ । यता  हाइड्रो पावर समूहको परिसूचकमा पनि १८.६१ अंकको गिरावट आएको छ । 

    त्यस्तै, वित्त समूहको परिसूचक ८.४३ अंक, होटल समूहको ३९.६० अंक, जीवन बीमा समूहको ५२१.३७ अंक, उत्पादन तथा प्रशोधन समूहको २३५.४५ अंक, लघुवित्त समूहको १४.६० अंकले परिसूचक उकालो लागेको छ । 
    यसैगरी म्युचुअल फण्ड समूहको ०.१६ अंक, निर्जीबन बीमा समूहको ३९७.४८ अंक, अन्य समूहको २९९.९७ अंक र व्यापार समूहको परिसूचक १८१.०८ अंकले परिसूचक बृद्धि भएको छ । 

    सर्वाधिक कारोबार गर्ने कम्पनीहरु 
    आजको कारोबार रकममा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक हिस्सा रह्यो । उक्त कम्पनीको कूल कारोबार रकम ३३ करोड ६२ लाख ५९ हजार रुपैयाँ, नेपाल दुरसञ्चार कम्पनीको ३० करोड ८५ लाख ५१ हजार रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २५ करोड ९४ लाख ९१ हजार रुपैयाँ, शिवम् सिमेन्टको २२ करोड ७९ लाख ५४ हजार रुपैयाँ र एनआइसी एशिया बैंकको कारोबार रकम १८ करोड १२ लाख २७ हजार रुपैयाँबढी रहेको छ । 

    शेयरमूल्य बढेका / घटेका कम्पनीहरु 
    बुधबार ६ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा माथिले बृद्धि भएको छ । हिमालयन डिस्टीलरी र गोर्खाज फाइनान्सको शेयरमूल्य १० प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।

    हिमालयन डिस्टीलरीको शेयरमूल्य २४२ रुपैयाँले बढेर अन्तिम मूल्य प्रतिकित्ता २ हजार ६६२ रुपैयाँ कायम भएको छ भने गोर्खाजको १७ रुपैयाँले बढेर अन्तिम मूल्य १८७  रुपैयाँ कायम भएको छ । 

    त्यस्तै बढेको बजारमा आज ६ ओटा कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । घलेम्दी हाइड्रोको शेयरमूल्य ५.८० प्रतिशतले घट्दा अन्तिम मूल्य १३० रुपैयाँ कायम भएको छ भने युनाइटेड मोदी हाइड्रो पावरको शेयरमूल्य ५.७५ प्रतिशतले घटेर अन्तिम मूल्य १६४ रुपैयाँ कायम भएको छ । 

    साताको लोकप्रीय