आज छठपर्व : राशीअनुसार तपाईको दिन कसरी बित्नेछ ? हेर्नुस् 

आज छठपर्व : राशीअनुसार तपाईको दिन कसरी बित्नेछ ? हेर्नुस् 

अर्थ डबली
बिहिवार, मंसिर ४ २०७७
अर्थ डबली
बिहिवार, मंसिर ४ २०७७ (अर्काइभ बाट)
  • आज छठपर्व : राशीअनुसार तपाईको दिन कसरी बित्नेछ ? हेर्नुस् 

    वि.सं. २०७७ साल, मङ्सिर महिना, ०४ गते, बिहीवार, कार्तिक शुक्ल (कछलाथ्व) पञ्चमी, पूर्वाषाढा नक्षत्र, धनु राशिको चन्द्रमा, शूल योग, बब र बालब करण, प्रमादी संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, आज स् छठ पर्वअन्तर्गत दोस्रो दिन खरना, आजको मूहुर्त : रुद्राभिषेक (शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), दीक्षाग्रहण, भोलि : छठ पर्वअन्तर्गत मुख्य दिन – छठ पर्व, डाला पूजा, भोलिको मूहुर्त : रुद्राभिषेक (शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन), शिलान्यास (सामान्य), डेरा सर्ने ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आन्तरिक सामर्थ्य र दक्षतामा अभिवृद्धि हुने समय हो । कतिपय व्यवहारिक र पारम्परिक ज्ञान प्राप्त हुने समय छ । आजको दिन संयमताका साथमा यापन गर्नु राम्रो हुनेछ । अर्काको भर पर्नु भन्दा आफ्नै प्रयासमा गरिएको कामले फाइदा पुग्नेछ । धार्मिक, सामाजिक र पारमार्थिक काममा खट्नुपर्नेछ । तर विवाद, कलह र लफडाबाट टाढा रहने प्रयत्न गर्नुपर्दछ । पुराना र रोकिएका कामले गति लिनुपर्नेछ । तर आज घरपरिवारबाट टाढा बस्नेहरुमा आज अचानक वैराग्यका भावना पलाउन सक्छ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आज बोलीको विपरित अर्थ लाग्नेछ । त्यसैले काम बोल्नु राम्रो हुनेछ । आफैँले गरेको सानो गल्तिको कारण अपजस बेहोर्नुपर्ने दिन छ । त्यसैले सावधान, संयम र सचेत भई काममा मन लगाउनु उचित हुनेछ । अत्यावश्यक देखिदैन भने आज यात्रा नगरेको जाति हुनेछ । झमेला, चोटपटक र वस्तुहानिको भय देखिन्छ । यात्राको क्रममा धनमाल हराउने सम्भावना रहेको दिन हो । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । परिवारका सदस्य वा नजिकैको साथीले तपाईको भावना बुझ्न सक्दैनन् । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुने हुँदा कार्य सम्पादनमा सहयोग पुग्नेछ । सरकरारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार प्राप्त गर्ने योग छ । दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छोटो दुरीको लाभदायी यात्रा हुनेछ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आजको दिन चुनौती र परीक्षणका रुपमा देखापरेको छ । सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन । मुद्दामामिला र दैनिक काममा चुनौतिको सामना गर्नुपदर्छ । यद्यपि हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। स्रोतसाधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउनेछ। प्रयत्न गर्दा विभिन्न अवसर पनि प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    सन्ततिका क्रियाकलापमा सामान्य समस्या देखिन सक्छन् । उनीहरुको लागि लगानी बढ्न सक्छ । जानकार व्यक्ति तथा गुरुजनको सहयोगले आत्मबल बृद्धि हुनेछ । व्यापार व्यवसायबाट लाभ नै मिल्नेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ । पारिवारिक सहयोग र सद्भावमा कमि आए पनि आफैँले गरेको निर्णय फलदायी हुनेछ । शैक्षिक, प्राज्ञिक, बौद्धिक र चिन्तनमूलक कार्यमा ध्यान दिने समय आएको छ । व्यवहारिक कारणले दिउँसोसम्म समय निकाल्न गाह्रो भए पनि दिन ढल्दै जाँदा समय अनुकूल हुँदैन जानेछ । आज जोसँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नुपर्छ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    सुरुमा मनमा डर र निराशाको अनुभूति गराउन सक्छ तर परिश्रम गरेको कामबाट लाभ प्राप्त हुनेछ । एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छिमेकमा खेखिएको असमझदारी सुलह हुनेछ । धार्मिक र सामाजिक क्षेत्रमा मित्रवर्गको सहयोग प्राप्त हुनेछ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। योजना तत्काल सार्वजनिक नगर्नुहोला। शुभचिन्तकहरूले भने काममा साथ दिनेछन्। व्यापार व्यवसायमा सोचेजस्तै लाभ लिन सकिनेछ । स्वास्थ्य सबल छ । चिताएको काम बन्नेछ । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    समाजमा सम्मानित र चर्चित व्यक्तिहरुको साथ सहयोग प्राप्त हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कामबाट छोटो समयमै उचित प्रतिफल उठाउन सकिनेछ। राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । मिहिनेतले दिगो फाइदा दिलाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    नसोचेको ठाउँबाट धनागमको संकेत छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण रहेको छ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ । सामाजिक काममा संलग्न भएर व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने राम्रो समय छ ।  अभिव्यक्ति तथा लेखनकलामा पनि निखारता आउनेछ। असल विचार र बुद्धिको उपयोगले विद्या, प्रसिद्धि र धन आर्जन हुनेछ। ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक कार्यमा सहभागी हुनुपर्ने समय छ । धार्मिक र सामाजिक काममा मन जानसक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुनसक्छ । तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्।  सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ। घरपरिवारबाट साथ सहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरु प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम हातपार्ने योग रहेको छ । आकर्षक उपहार पनि प्राप्त हुन सक्छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    विदेशयात्राको योजनामा हुनुहुन्छ भने काम थाल्न आजको दिन अनुकूल रहेको छ । हरेक कुरामा सावधानी अपनाउनुहोला । सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना देखिन्छ । दूरदराजबाट खुशीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । यद्यपि आज आर्थिक समस्या समाधान गर्ने उपाय देखापर्नेछ । महत्वाकांक्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछ । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला। अनिच्छित जिम्मेवारी वहन गर्नुपरे पनि ख्याति बढ्ने योग छ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा बृद्धि हुनेछ । कलकारखाना र व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक÷सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मान सम्मान पाउनेछन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने योग छ । राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने अनुकूलता रहेको छ । विश्वासको वातावरण बन्नेछ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    कर्मसिद्धीको समय हो । चिताएको हरेक काम कारवाही सफल हुने समय छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पदप्रतिष्ठा प्राप्तिको प्रयासले साकार रुप प्राप्त गर्नेछ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएको सरकारी काम सुल्झाउने राम्रो समय छ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन । मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। 

    साताको लोकप्रीय