Logo
मंगलवार, मंसिर ९ गते २०७७
images
images

 २२ अर्ब लगानीमा तमोर–मेवा जलविद्युत् आयोजना बन्ने


२०७७ मंसिर, ४ बिहिवार
  • 86
    SHARES

  • images
     २२ अर्ब लगानीमा तमोर–मेवा जलविद्युत् आयोजना बन्ने
    images

    ताप्लेजुङ ताप्लेजुङमा रु २२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ । 

    images
    images
    images

    यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीलाई  स्वीकृतिसमेत दिइएको जनाइएको छ ।

    मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर बनाइने सो आयोजनाको काम विसं २०७८ असोज महिनादेखि निर्माण शुरुआत हुने आयोजनाका प्रवद्र्धक भानेन्द्रकुमार लिम्बूले जानकारी दिए । काम शुरु भएको पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताए ।

    स्वीकृति पाएसँगै अबको ध्यान निर्माणतर्फ केन्द्रीत हुने र स्थानीय लगानीकर्तासँग सहकार्य गरेर विद्युत् उत्पादन गर्ने उनले जानकारी दिए ।  नौ किलोमिटर दूरी बराबरको सुरुङमार्गमार्फत विद्युत उत्पादन गरिने जनाइएको छ ।

    फुङ्लिङ नगरपालिका वडा नं १, २, ३ र ९, मिक्वाखोला गाउँपालिका वडा नं १, २ र ३, मेरिङ्देन वडा नं ३ तथा आठराई त्रिवेणी गाउँपालिका वडा नं २, ३ र ५ मा आयोजना प्रभावित हुने क्षेत्रमा पर्छन् । 

    स्पार्कले यसअघि नै प्रभावित क्षेत्रमा सार्वजनिक सुनवाइ तथा वातावरणीय प्रभाव मूल्याङ्कनलगायत सबै कार्य सम्पन्न गरिसकेको जनाइएको छ । 

    images

    सम्बन्धित समाचार

    images
    images
    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको