शेयर बजारमा नयाँ रेकर्ड : एकैदिन ६ अर्बमाथिको कारोबार, कुन कम्पनीको शेयरमूल्य कति बढ्यो ? 

शेयर बजारमा नयाँ रेकर्ड : एकैदिन ६ अर्बमाथिको कारोबार, कुन कम्पनीको शेयरमूल्य कति बढ्यो ? 

अर्थ डबली
बिहिवार, मंसिर ४ २०७७
अर्थ डबली
बिहिवार, मंसिर ४ २०७७ (अर्काइभ बाट)
  • शेयर बजारमा नयाँ रेकर्ड : एकैदिन ६ अर्बमाथिको कारोबार, कुन कम्पनीको शेयरमूल्य कति बढ्यो ? 

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । 

    images
    images

    यो दिन एकैदिन ६ अर्ब रुपैंयाभन्दा बढी कारोबार भएको बजारमा ऐतिहासिक रेकर्ड कायम भएको हो । 

    यसअघि एकैदिन ४ अर्ब ८४ करोड ७४ लाख रुपैंयासम्मको कारोबार भएको रेकर्ड थियो । सर्वाधिक कारोबार भएको बजारमा आज नेप्से परिसूचक ३६.३२ अंकले बढेर एक हजार ७७८.१३ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले उल्लेख गरेको छ । त्यस्तै, ठूला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि आज ४.९८ अंकले बढेर ३४३.०८ बिन्दुमा उक्लिएको छ । 

    साताको अन्तिम दिन बिहीबारको बजारमा कुल ६ अर्ब ११ करोड ६७ लाख ३० हजार रुपैंयाको शेयर कारोबार भएको छ । यो दिन कूल १९८ ओटा कम्पनीको ५६ हजार ३४१ पटकको व्यापारमा एक करोड ४० लाख ६२ हजार कित्ताबढी शेयर कारोबार भएका थिए । 

    बिहीबार सबै उपसूचक र उपसमूहहरुमा बढोत्तरी आएको छ । होटल, व्यापारमूलक, उत्पादनमूलक र अन्य समूहका उद्योगमा यो दिन निकै ठूलो वृद्धि देखिँदा बैंकिङ तथा अन्य वित्तीय क्षेत्रसँग सम्बन्धित सूचकमा सामान्य वृद्धि देखिएको छ ।

    आज बैंकिङ समूहको परिसूचक २.७१ अंक, विकास बैंकको २८.९९, वित्त समूहको १३.७६, होटल समूहको १८१.६३, हाइड्रो पावरको २१.६३ अंकले परिसूचक बढेको छ ।

    यसैगरी जीवन बीमा समूहको ३७६.१५ अंक, उत्पादन तथा प्रशोधन समूहको २०४.७३, लघुवित्त समूहको ४६.३८, म्यचुअल फण्ड समूहको ०.०७, निर्जीबन बीमा समूहको ३९९.१६, अन्य समूहको ५८.१५ र व्यापार समूहको १९८.४० अंकले परिसूचक माथि उक्लिएको हो । 

    सर्वाधिक कारोबार गर्ने कम्पनीहरु 
    बिहीबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी ४१ करोड ८ लाख ४५ हजार रुपैंयाको कारोबार भएको नेप्सेको आँकडामा उल्लेख छ ।

    त्यस्तै, हिमालयन डिस्टिलरीको २७ करोड ७ लाख ५३ हजार रुपैंया र नेपाल लाइफ इन्स्योरेन्सको २६ करोड १२ लाख ९९ हजार रुपैंयाको कारोबार भएको छ । 

    यसैगरी नेश्नल लाइफ इन्स्योरेन्स कम्पनीको १८ करोड ४३ लाख १७ हजार रुपैंया, नेपाल दुरसञ्चार कम्पनीको १७ करोड ३१ लाख ५६ हजार रुपैंया, नेको इन्स्योरेन्सको १६ करोड ७७ लाख ९९५ हजार रुपैंया, शिवम् सिमेन्टको १६ करोड १८ लाख ६२ हजार रुपैंया, एनआईसी एशिया बैंकको १५ करोड ६० लाख ८० हजार रुपैंया, नागरिक लगानी कोषको १३ करोड ७७ लाख ३ हजार रुपैंया, प्रभु बैंकको १२ करोड ७३ लाख ८३ हजार रुपैंया, र अरुणभ्याली हाइड्रो पावरको १२ करोड १४ लाख ६ हजार रुपैंयामाथिको कारोबार भएको छ । 

    शेयरमूल्य घटेका / बढेका कम्पनीहरु
    बिहीबार कारोबार रकममा मात्रै नभई शेयरमूल्यमा समेत उछाल आएको छ । १५ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा माथि उक्लिएको बजारमा यो दिन युनिलिभर नेपाल र तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य सर्वाधिक बढी १० प्रतिशतले बढेको कछ ।

    युनिलिभरको शेयरमूल्य एक हजार ८४९ रुपैयाँले बढेर अन्तिम मूल्य प्रतिकित्ता २० हजार ३४४ रुपैयाँ कायम हुँदा तारागाउँको २८ रुपैयाँले बढेर अन्तिम मूल्य प्रतिकित्ता ३०८ रुपैयाँ पुगेको छ । 

    त्यस्तै, बोटलर्स नेपाल र हिमालयन डिस्टीलरीको शेयरमूल्य ९.९९ प्रतिशतले बृद्धि भएर अन्तिम मूल्य क्रमश ९ हजार २९० रुपैयाँ र २ हजार ९२८ रुपैयाँ कायम भएको छ । 

    विशाल बजार कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर अन्तिम मूल्य ३ हजार ३२९ रुपैयाँ कायम भएको छ । त्यस्तै गरी नेको इन्स्योरेन्स, नेश्नल लाइफ इन्स्योरेन्स, साल्ट ट्रेडिङ कम्पनीको शेयरमूल्य ९.९४ प्रतिशतले बृद्धि भएको छ ।

    यसैगरी सोल्टी होटलको ९.९० प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चरको ९.८९ प्रतिशत, हिमालयन जनरल इनस्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सको ९.८६ प्रतिशतले शेयरमूल्य बढेको नेप्सेले जनाएको छ । 

    समग्र सुधार देखिएको बजारमा १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४ को मूल्य भने सर्वाधिक २.२९ प्रतिशतले घटेको छ । त्यस्तै, सनराइज म्युचुअल फण्डका लगानीकर्ताहरुले पनि २.१८ प्रतिशतले गुमाए । 

     

    साताको लोकप्रीय