सेञ्चुरी कमर्सियल बैंक र कृषि तथा सहकारी मन्त्रालयबीच कृषि कर्जा सम्बन्धी सम्झौता 

सेञ्चुरी कमर्सियल बैंक र कृषि तथा सहकारी मन्त्रालयबीच कृषि कर्जा सम्बन्धी सम्झौता 

अर्थ डबली
शुक्रवार, भदौ ४ २०७८
अर्थ डबली
शुक्रवार, भदौ ४ २०७८ (अर्काइभ बाट)
  • सेञ्चुरी कमर्सियल बैंक र कृषि तथा सहकारी मन्त्रालयबीच कृषि कर्जा सम्बन्धी सम्झौता 

    काठमाडौँ / सेञ्चुरी कमर्सियल बैंकले कर्णाली प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग एक सम्झौता गरेको छ । 
    कर्णाली प्रदेशले कार्यान्वयनमा ल्याएको ‘व्यावसायिक कृषि तथा पशुपन्छीपालन व्यावसायको लागि ब्याज अनूदान कार्यक्रम कार्यविधी, २०७६’कार्यान्वयनमा ल्याउन मन्त्रालय र बैंकबीच सम्झौता भएको हो । 

    images
    images

    सम्झौता पश्चात कर्णाली प्रदेश अन्तर्गत रहेका सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका विभिन्न शाखाहरुवाट व्यावसायिक कृषकहरुले सहूलियतपुर्ण कृषि कर्जा प्राप्त गर्नसक्ने छन् ।

    उक्त सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र तथा बैंकको तर्फवाट कृषि तथा विपन्न वर्ग कर्जा विभागका प्रमुख प्रवीन कुमार दाहालले वीरेन्द्रनगर, सुर्खेत अवस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच सो सहमतिमा हस्ताक्षर गरे । 

    आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २२ शाखा रहित बैंकिङ्ग र ९२ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    साताको लोकप्रीय