सेञ्चुरी कमर्सियल बैंकले शेयरधनीलाई कति दिने भो लाभांश र बोनस ? यस्तो छ वित्तिय अवस्था 

सेञ्चुरी कमर्सियल बैंकले शेयरधनीलाई कति दिने भो लाभांश र बोनस ? यस्तो छ वित्तिय अवस्था 

अर्थ डबली
बिहिवार, माघ १ २०७७
अर्थ डबली
बिहिवार, माघ १ २०७७ (अर्काइभ बाट)
  • सेञ्चुरी कमर्सियल बैंकले शेयरधनीलाई कति दिने भो लाभांश र बोनस ? यस्तो छ वित्तिय अवस्था 

    काठमाडौं / सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौ तथा दशौं वार्षिक साधारण सभा हिजो पुस अन्तिम दिन बुधबार सम्पन्न भयो । 

    images
    images

    यो सभा बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद«काली काठमाण्डौंमा सम्पन्न भएको हो । 

    साधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७५÷७६ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ८,४१,५४,७१,५७६.३० मा ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनश शेयर तथा उक्त बोनश शेयर वितरण पश्चात् हुन आउने चुक्ता पुँजी रकम रु. ८,५८,३७,८१,०००/– मा  आ.व. २०७६/ ७७  को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने  प्रस्ताव पारित गरेको छ । 

    साथै  साधारण सभाले  लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५ /७६ र २०७६/ ७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ । 

    यस साधारण सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना संचालक रमेश कुमार निरौला, मन बहादुर राई र रण बहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ ।
     
    चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप रु. ८२.४२ अर्व र कर्जा रकम रु. ६६.९३ अर्व परिचालन गरी रु. २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । 

     

    साताको लोकप्रीय