आज छठपर्व : लगानी, धनप्राप्ति, सफलता, यात्रा, स्वास्थ्यका लागि तपाईको दिन कस्तो छ ? 

आज छठपर्व : लगानी, धनप्राप्ति, सफलता, यात्रा, स्वास्थ्यका लागि तपाईको दिन कस्तो छ ? 

अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७ (अर्काइभ बाट)
  • आज छठपर्व : लगानी, धनप्राप्ति, सफलता, यात्रा, स्वास्थ्यका लागि तपाईको दिन कस्तो छ ? 

    वि.सं. २०७७ साल, मङ्सिर महिना, ०५ गते, शुक्रवार, कार्तिक शुक्ल (कछलाथ्व) षष्ठी, उत्तराषाढा नक्षत्र, मकर राशिको चन्द्रमा, गण्ड योग, कौलव र तैतिल करण, प्रमादी संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, आज : छठ पर्वअन्तर्गत मुख्य दिन - छठ पर्व, डाला पूजा, आजको मूहुर्त : रुद्राभिषेक (शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन), शिलान्यास (सामान्य), डेरा सर्ने, भोलि : छठ पर्वअन्तर्गत अन्तिम दिन, बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई छठपर्वको समापन, द्विपुष्कर योग दिनको ०२.५० बजेदेखि मध्यरात्रीपछि ०१.५७ बजेसम्म, भोलिको मूहुर्त : रुद्राभिषेक (शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन, अग्निवास९सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), द्रव्यप्रयोग वा लगानी, कलशचक्र ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    नोकरी र व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा केन्द्रित हुनाले दिन बितेको पत्तो पाइने छैन । भूमि, वाहन र पैत्रिक सम्पत्तिको कारोबार गर्दा ढिलो लाभ मिल्ने सम्भावना छ । व्यापार व्यवसायमा समय नदिनाले हानी हुनसक्छ । सचेत हुनुहोला । अभिभावकको समस्यामा रुमल्लिने दिन छ । प्रतिष्ठा गुम्ने सम्भावना छ । शत्रुको चलखेल बढ्नसक्ने भएकाले सचेत हुनुहोला । आफूले मेहनत गरे पनि त्यसको प्रतिफल अर्कैले लिने सम्भावना छ । अभिभावकसँग सम्बन्ध चिसिन सक्छ ।  

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    समुदायको हितमा काम गर्ने समय छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । किर्तिमानी काम शुरु गर्ने समय छ । अरुलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गरेर आफ्नो प्रभुत्व जमाउन सफल भइनेछ । विशिष्ट व्यक्तित्वहरुसँग मित्रता बढ्नेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । चुनौतीहरु स्वतः हट्नेछन् । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    शरीरमा आलस्य, रिसराग र भ्रमले डेरा जमाउने दिन छ । आजको दिन मेसिन, कलपुर्जा, सवारी साधन र हतियार चलाउदा होस पुर्याउनुहोला । स्वास्थ्यमा समस्या देखिनसक्छ । बेकारको विवादमा फस्न सकिन्छ । व्यक्तिगत दृष्टिगत उल्टो देखिनेछ । बोलिमा नियन्त्रण गर्नुहोला । कुने नयाँ काम थालनी गर्दा शुभफल पाउन सकिदैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने दिन हो । व्यापारीहरुले हानी व्यहोर्नुपर्दछ र कर्मचारीले अपजस व्यहोर्नुपर्ला । सामाजिक र परोपकारका मार्गमा जस पाइदैन । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    भावनाप्रदान दिन हो । आत्मीय मित्रसँग एकान्तमा बसेर रमाउने दिन हो । घरपरिवारमा हर्षको वातावरण हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुनसक्छ । घुमघाम, भ्रमण र पर्यटनको लागि अनुकूल समय छ । हाँसखेल र मनोरञ्जनको समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायिक यात्राको सम्भावना छ । साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ। दिगो काम थाल्ने समय छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    बहस र वादविवादमा संलग्न हुने समय चल्दैन । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । संयमता अपनाउनु राम्रो हुनेछ । भौतिक साधन जुट्नाले आटेको काम सम्पन्न गर्न सकिनेछ ।  दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। चुनौति र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । विशेष ठाउँमा तपाईको निर्णयको कदर हुनेछ । विचलित नभई काम गरेमा लक्ष्यमा पुग्न सकिनेछ। 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    विचारको कदर हुनेछ । ताकेको काम बन्नेछन् । सिर्जनात्मक काममा सफलता मिल्नेछ । प्राज्ञिक र बौद्धिक तथा दार्शनिक गतिविधिमा सफलता मिल्नेछ । चिताएको काम बन्नाले लक्ष्य प्राप्ति हुनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक काम गर्दै नाम, दाम र इनाम हातपार्न सकिनेछ।   प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    धैर्यले काम लिने समय छ । पारिवारिक रमझममा समय व्यतित हुनेछ । वैदेशिक रोजगारी गर्ने वा परदेशमा हुनेहरुले घरायासी कुरा सम्झेर दिन बिताउनेछन् । चुनौतिको बावजुद नसोचेको काम बन्नसक्छ । व्यापार व्यवसाय राम्रो छ । आकस्मिक रुपमा धनप्राप्तिको सम्भावना छ । नचिताएको साथी वा छिमेकीले अप्रत्यासित सहयोग गर्ने संकेत छ । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ने हुन सक्छ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यवहारिक र सामाजिक जिम्मेवारी थपिने समय छ । पराक्रम र उत्साह बढ्नेछ । आम्दानी बढ्नेछ । दार्शनिक र आध्यात्मिक विषयप्रति आकर्षित भइनेछ । विगतमा भएका राम्रो कामको स्मरण हुनेछ । भाइबहिनीको कामले हर्षित बनाउनेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । उद्योग र व्यापारबाट विशेष फाइदाको योग छ । सहयोगीहरुले साथ दिनेछन् । प्रतिस्पर्धामा सफल भइनेछ । परिश्रम र पराक्रम गरेरबमोजिम समाजमा सम्मान र साख बढाउन सकिने समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    मीठो खाने र राम्रो लगाउने अनुकूलता आएको छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लाग्ने समय छ । यद्यपि आयका मार्गमा देखिएका अप्ठ्यारा र चुनौतीले चिन्तित तुल्याउन सक्छ । कार्यक्षेत्रबाट लाभ लिन सकिनेछ । व्यापार व्यवसायमा सामान्य फाइदा हुने समय छ । अन्य कामबाट पनि केही न केही लाभ हुने समय छ । मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्नेछ । बोलीको भरमा काम सम्पन्न गर्न सकिनेछ । परिश्रम गरेबमोजिम कामको समुचित मूल्यांकन हुने समय छ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा प्रगति हुनेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    मन उत्ताउलो, भावुक र चञ्चल बन्नसक्छ । नियमित तथा दैनिक काम र व्यवसायबाट फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा समेत राम्रो छ । आजको प्रयास र कामधन्दाबाट दिर्घकालिन फाइदा पुग्नसक्छ । आफ्नो विचार र योजनालाई रचनात्मक रुप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । नौलो र रमणीय स्थानको यात्रा पनि हुनसक्छ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    जिम्मेवारी वहन गर्नुपर्नेछ । आलस्य त्यागेर उत्साहपूर्वक काम गर्ने दिन हो । खर्च बृद्धि हुने समय छ तर समुति स्थानमा धनव्यय हुनेछ । सुखी जीवन व्यतित गर्न मन लालायित हुनेछ । रामरमाइलो तथा मनोरञ्जनात्मक क्षेत्रमा धनलगानी हुनसक्छ । अभिभावकको इच्छाबमोजिम धार्मिक वा सांस्कृतिक क्षेत्रको भ्रमण हुने सम्भावना पनि छ । व्यापार व्यवसायमा सामान्य छ । श्रममूलक काम र कृषि तथा पशुपालनको क्षेत्रमा भने सोचेअनुसार लाभ हुनेछैन । धनसङ्ग्रह क्षेत्रमा बाधा भए पनि आम्दानीमा कमी हुनेछैन । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    कर्मसिद्धीको समय आएको छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय आएको छ । कार्यक्षेत्र र व्यापार व्यवासयमा सामान्यतया लाभ नै हुने दिन हो । तर काम गर्ने वातावरण नहुँदा सोचमग्न बन्नसक्नुहुन्छ । यद्यपि आज आँटेका ताकेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । शरीरमा उत्साह र उमंग प्राप्त हुनेछ । स्वास्थ्य सबल हुनेछ । काममा पनि पाmइदाको योग छ । श्रममूलक काम वा कृषि क्षेत्रमा संलग्न हुनेहरुले राम्रै लाभ लिन सक्नेछन् । ठूलाबडाको सहयोगले रोकिएको काम बन्नेछ । 

    साताको लोकप्रीय