चार महिनामा महेशपुर भन्सारले उठायो १२ करोड १७ लाख राजस्व,  यो वर्ष लक्ष्य बढि उठ्ने अनुमान

चार महिनामा महेशपुर भन्सारले उठायो १२ करोड १७ लाख राजस्व,  यो वर्ष लक्ष्य बढि उठ्ने अनुमान

अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७ (अर्काइभ बाट)
  • चार महिनामा महेशपुर भन्सारले उठायो १२ करोड १७ लाख राजस्व,  यो वर्ष लक्ष्य बढि उठ्ने अनुमान

    नवलपरासीको महेशपुर भन्सार कार्यालयले चार महिनामा १२ करोड १७ लाख ८६ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आर्थिक बर्षको श्रावण र भदौं महिनामा ४ करोड ९१ लाख ८६ हजार ४३० रुपैयाँ राजस्व उठेको थियो भने असोज महिनामा ४ करोड ७४ हजार ९६ रुपैयाँ र कार्तिक महिनामा ३ करोड २५ लाख २६ हजार ४३० रुपैयाँ राजस्व सङ्कलन भएको  थियो ।

    images
    images


    यो चार महिनाको राजस्व अहिलकै धेरै रहेको पाइएको छ । भन्सारमा मालसमानको निकासी पैठारी बढेपछि राजस्वमा बृद्धि भएको भन्सार कार्यालले जनाएको छ । 

    कार्यालयका अनुसार पैठारी भन्सार महशुलतर्फ ६ कराड ४९ लाख १९ हजार ६४५ रुपैयाँ संकलन भएको छ । यो राजस्व गत वर्षको तुल्नामा यसबर्ष राजस्वमा व्यापक बृद्धि भएको पाइएको छ । गत आर्थिक बर्ष कुल १५ करोड ८१ लाख ९६ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन भएको थियो तर यसबर्ष यसरीनै राजस्वमा वृद्धि रहयो भने गत बर्षको तुलनामा दोब्बरै राजस्व उठने कार्यालयको अनुमान छ । 

    कार्यालयले यस वर्ष १५ करोड ८१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको यस बर्ष लक्ष्यभन्दा बढी राजस्व उठने अनुमान रहेको कार्यालयका प्रमुख रामप्रसाद अर्यालले जानकारी दिए ।

    त्यस्तै जिल्लामा चोरी तस्करी गर्दा बरामद मालसमानबाट पनि भन्सार कार्यालयलमा ७८ लाख ६७ हजार २५० रुपैयाँ राजस्व दाखिला भएको छ । शससत्र प्रहरी तथा जनपद प्रहरीले जिल्लाको विभिन्न क्षेत्रबाट बरामद तस्करीका सर–सामानहरुको लिलामीबाट उक्त राजस्व दाखिला भएको छ । 

    चालु आर्थिक बर्षको कार्तिक मसान्तसम्ममा कुल १७८ वटा लिलाम भएको छ । शसस्त्र प्रहरीद्वारा बरामद मालसमानको लिलामबाट ३७ लाख ३६ हजार ६७५ रुपैयाँ, नेपाल प्रहरीद्वारा बरामद मालसमानको लिलामबाट ३५ लाख २५ हजार ६७५ रुपैयाँ र भन्सार कर्मचारीद्वारा बरामद मालसमानको निलामबाट ६ लाख ५ हजार रुपैयाँ गरि कुल ७८ लाख ६७ हजार २५० रुपैया राजस्व यस कार्यालयमा दाखिला भएको कार्यालयले जनाएको छ ।

    साताको लोकप्रीय