रावण संहिताका १२ प्रसङ्ग – ‘आफूले हनुमानलाई सानो सम्झिएर भूल गर्दा सुनको लङ्का नास भो, दुष्मनलाई कहिल्यै सानो नमानौं’

रावण संहिताका १२ प्रसङ्ग – ‘आफूले हनुमानलाई सानो सम्झिएर भूल गर्दा सुनको लङ्का नास भो, दुष्मनलाई कहिल्यै सानो नमानौं’

अर्थ डबली
सोमवार, जेठ १७ २०७८
अर्थ डबली
सोमवार, जेठ १७ २०७८ (अर्काइभ बाट)
  • रावण संहिताका १२  प्रसङ्ग – ‘आफूले हनुमानलाई सानो सम्झिएर भूल गर्दा सुनको लङ्का नास भो, दुष्मनलाई कहिल्यै सानो नमानौं’

    रावण – रामायणको एक पात्र हुन ।

    images
    images

    तत्कालिन पौराणिक समयमा उनको जीवनकालमा घटेका विचित्र घटनाहरु आज पनि मानव समुदायका लागि प्रेरक छन् । जसको कथाले मात्रै पनि हामीलाई सत्मार्गमा हिड्न सिकाउँछ ।

    रावणको दश शिर थिए । शास्त्र अनुसार लङ्काका राजा रावणको दसवटा टाउकाको कुरा प्रतीकात्मक हो उसमा दस मनुष्यों को जति बुद्धि थियो र दसजना मान्छे को जति बल थियो raban1.JPG ।  रावण सृष्टिकर्ता ब्रम्हाका पनाति, पुलस्त्यका नाति र विस्रवाऋषिका छोरा हुन् । 

    शिवका परम भक्त तथा नारायणका कट्टर विरोधी रावण शिव विजयी रावण वैदिक १० विषय वेदवेदांग (४ वेद र ६ शास्त्र) का विद्वान थिए । 

    तर पनि अभिमान र नारीको अपमान गर्दा ईतिहासमा उनको पतन हुन पुगेको पाइन्छ । 

    विश्रवा की दोस्रो पत्नी सुमाली की पुत्री कैकसीबाट रावण आदि सन्तान को जन्म भएको हो । रावण का मामाहरु प्रहस्त, अकम्पन, विकट, कालिकामुख, धूम्राक्ष, दण्ड, सुपार्श्व, संह्रादि, प्रघस र भासकर्ण नामका थिए । 

     

    रावण को उदय

    रावणको वास्तविक नाम दशानन् हो। कैलाश पर्वत सङै महादेव र पार्वतीलाई लङ्का हाल श्रीलङ्का लान खोज्दा पर्वतले किचेर पिडादायी रोदनको आवाजलाई लक्षित गरी महादेवले रावण नाम राखि दिएको कथा छ।


    त्रिंकोमाली भन्ने ठाऊंमा रावण को मूर्ति, श्रीलङ्का मा प्राचीन तमिल पोर्ट छ ।

    पद्मपुराण, श्रीमद्भागवत पुराण, कूर्मपुराण, रामायण, महाभारत, आनन्द रामायण, दशावतारचरित आदि ग्रंथहरूमा रावणको उल्लेख भएको पाइन्छ । रावणको जन्म को विषयमा भिन्न–भिन्न ग्रंथहरूमा भिन्न(भिन्न प्रकार को उल्लेख भेटिन्छ ।

    वाल्मिकि द्वारा लिखित रामायण महाकाव्यमा रावण लंकापुरी महानगरको सबभन्दा शक्तिशाली तमिल राजा थियो ।

    पद्मपुराण तथा श्रीमद्भागवत पुराण को अनुसार हिरण्याक्ष एवं हिरण्यकशिपु पुनर्जन्म भएर रावण र कुम्भकर्णको रूपमा जन्मेका हुन् ।

    raban- ram.JPG
    तुलसीदासजी को रामचरितमानस मा रावणको जन्म श्रापको कारण भएको लेखिएको छ । नारद एवं प्रतापभानुको कथालाई रावणको जन्म कारण मानिन्छ । रामायणकालका एक मुख्य पात्र हुन्– रावण ।
     
    राक्षसका रुपमा परिचय बनाएका रावण महाज्ञानी तथा प्रकाण्ड विद्वान थिए । यसमा द्विविधा छैन । लंकाका अधिपती रावणले तीनै लोकमा विजय प्राप्त गरेका थिए ।

    – रावण आफैले आफ्नो ज्ञानलाई रावण संहिता रचना गरी लिपिवद्ध गरेका थिए । 

    – रावणद्वारा रचित यस ग्रन्थमा उनको जीवनका बिषयमा बताइएको छ । 
    – ज्योतिष शास्त्र र आयुर्वेद जोडिएको रावण संहितालाई ज्ञानको भण्डार मानिन्छ।

    – यसमा केही यस्ता खास ज्ञान दिइएको छ, जसको पालन गरे मात्र पनि मनुष्यको जीवन सफल हुने मान्यता छ ।

    – रावण संहितामा रावणले भनेका छन्, जो व्यक्ति आफ्नो प्रशंसा वा स्तुती सुन्ने चाहना राख्छन् ति व्यक्तिलाई कहिल्यै सफलता प्राप्त हुँदैन । 

    – प्रशंसा सुन्न मानिसको कर्म उपयोगी हुन्छ बल हुँदैन । त्यस्तै, कुनै व्यक्तिले अप्ठेरो परिस्थितिमा आफ्नो गुरुलाई छाड्दछ उ श्रापत हुने रावण संहितामा उल्लेख छ ।

    – गुरुको मार्ग अपनाउने तर अप्ठेरोमा साथ छाड्नेहरुको कहिल्यै कल्याण हुँदैन । 

    – रावण संहितामा जो व्यक्ति अरुको सम्पत्ति वा समृद्धि देखेर जल्दछन् ति व्यक्ति यस दुनियाँमा एक गरिबका समान हुने बताइएको छ ।

    – रावणका अनुसार कुनै पनि कार्य गर्नु अघि व्यक्तिले आफूलाई हमेशा विजेता मान्नु पर्दछ । – 

    – रावण संहितामा रावण आफूले हनुमानलाई सानो सम्झिएर भूल गरेको र त्यही कारणले सुनको लङ्का नास भएको भन्दै दुष्मनलाई कहिल्यै सानो मान्न नहुने बताइएको छ ।

    – रावण संहितामा हमेशा पूर्वजलाई सम्मान गर्नुपर्ने र पूजाकर्म गर्दा आफू भन्दामाथि अर्को कोही छ भन्ने ध्यान राख्नु पर्ने छ । 

    – पूर्वजलाई आदर गर्नेहरुले कहिल्यै जीवनमा असफलता भोग्नु नपर्ने उल्लेख छ ।

    – संहितामा कुनै पनि विवाहित पुरुषले आफ्नो पत्नीलाई कठोर र दुर्भावनापूर्ण शब्द प्रयोग गर्न नहुने बताइएको छ । 

    –पत्नी पतिका लागि आधा हिस्सा हुने भएकाले पत्नी भन्दा नजिकको शुभचिन्तक अरु कोही नहुने रावण संहितामा रावणले लेखेका छन् ।

     

    साताको लोकप्रीय