टेलिकमको अटम अफर : डाटा प्याकमा थप सुविधासहित ल्यायो यस्तो सेवा

टेलिकमको अटम अफर : डाटा प्याकमा थप सुविधासहित ल्यायो यस्तो सेवा

अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७ (अर्काइभ बाट)
  • टेलिकमको अटम अफर : डाटा प्याकमा थप सुविधासहित ल्यायो यस्तो सेवा

    काठमाडौं/  नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याकलाई थप सुविधा सहित केही परिमार्जन गरेको छ । 

    images
    images

    परिमार्जित अफर यहि मंसिर ५ गते शुक्रबार राती १२ बजे पश्चात लागू हुने जनाएको छ । 

    हाल उपलब्ध भइरहेको प्रतिदिन १ जिबी डाटा प्याक अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु. २५० मा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि रु. ८५० मा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुने गरी नयाँ इ को भ्वाइस प्लस डाटा कम्बो प्याक -Eco Voice+Data Combo Pack_ ल्याइएको हो ।  

    सो अनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याक Eco Voice+Data Combo Pack_ अन्तर्गत रु. २५० मा प्रति दिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिने छ । 

    यसैगरी रु. ८५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने छ । 

    साताको लोकप्रीय