३ जना विदेशी नागरिकलाई देश निकाला गर्ने मन्त्रिपरिषद्को निर्णय  (निर्णयसहित)

३ जना विदेशी नागरिकलाई देश निकाला गर्ने मन्त्रिपरिषद्को निर्णय  (निर्णयसहित)

अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७ (अर्काइभ बाट)
  • ३ जना विदेशी नागरिकलाई देश निकाला गर्ने मन्त्रिपरिषद्को निर्णय  (निर्णयसहित)

    काठमाडौँ / हालै बसेको मन्त्रिपरिषद्को बैठकले ३ जना विदेशी नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ । गैरकानुनी रुपमा लामो समयसम्म नेपाल बसेका ती नागरिकहरुलाई नेपालबाट निष्काशन गर्ने सरकारले निर्णय गरेको हो । 

    images
    images

    गृह मन्त्रालयको प्रस्तावमा शुक्रबार सार्वजनिक मन्त्रीपरिषदको बैठकले अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेट, यमन गणराज्यका नागरिकहरु मोहम्मद इस्माइल अहमेद ओवादी र नासिम इस्माइल अहमेद ओवादीलाई जरिवाना समेत मिनाहा गरी निष्काशन गर्ने निर्णय गरेको जनाएको छ । 

    मार्क लेस्ली डेन्गेटले बुझाउनुपर्ने विलम्ब शूल्क १२ हजार ७ सय ३० अमेरिकी डलर र अधिकतम जरिवाना रु ५० हजार समेत मिनाहा गरी देश निकाला गर्ने भएको हो । 

    त्यसैगरी  मोहम्मद इस्माइल अहमेद ओवादी र नासिम इस्माइल अहमेद ओवादीको  भिसा शुल्क दस्तुर ३ हजार ६६ अमेरिकी डलर, विलम्ब शूल्क ५ हजार १ सय १० अमेरिकी डलर र अधिकतम जरिवाना रु। १ लाख समेत मिनाहा गर्ने सरकारले निर्णय गरेको छ । 

    1.JPG

    2.JPG

     

    साताको लोकप्रीय