ल्याब टेष्ट फेल भएका बिटुमिन कहाँ छन् ? नेपालमा ९९.९ प्रतिशत बिटुमिन कालोपत्रे गर्ने काममा मात्र प्रयोग

ल्याब टेष्ट फेल भएका बिटुमिन कहाँ छन् ? नेपालमा ९९.९ प्रतिशत बिटुमिन कालोपत्रे गर्ने काममा मात्र प्रयोग

अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७ (अर्काइभ बाट)
  • ल्याब टेष्ट फेल भएका बिटुमिन कहाँ छन् ? नेपालमा ९९.९ प्रतिशत बिटुमिन कालोपत्रे गर्ने काममा मात्र प्रयोग

    हरेक दिन पत्रपत्रिका, अनलाइन समाचार च्यानल, रेडियो तथा टेलिभिजनमा सडकमा कालोपत्रे उक्केको, कालोपत्रे गर्नासाथ उडेको,कालोपत्रे नबसेको आदि समाचार प्रशासरण भइरहेका हुन्छन । कतिपय कालोपत्रे सडक बिग्रिनुमा सडकको डिजाइन, प्रयोग विधी र प्रयोग भएका पदार्थहरुको गुणस्तर जिम्मेवार छन् । 
    विदेशवाट पैठारी हुने कालोपत्रे (अलकत्रा अर्थात बिटुमिन) विभिन्न गुणस्तरका हुन्छन् । विशेष गरेर मध्यपूर्वका खाडी देश इरान, इराकबाट विभिन्न माध्यमबाट (जस्तो दुवई, मलेसिया, सिङ्गापुरमा प्रतित पत्र खोलेर) सिधै नेपालमा पैठारी हुने बिटुमिन तथा त्यहि पद्वतीबाट भारतमा पैठारी गरेर ड्रम फिलिङ्ग गरी (कन्ट्री अफ ओरीजन इण्डीया बनाइएको) नेपालमा पैठारी हुने बिटुमिन न्यून गुणस्तरका हुन्छन् । 

    images
    images

    भारत सरकारको स्वामित्व भएका रिफायनरीहरुबाट नेपालमा पैठारी हुने बिटुमिनको वजार मूल्य रु. ६० देखि रु. ७७ सम्म छ । तर गल्फबाट पैठारी हुने बिटुमिन तथा भारतमा पैठारी भइ फिलिङ्ग गरेर पुनः नेपालमा पैठारी भएका बिटुमिनको हालको बजार मूल्य रु. ६० देखि ६५प्रति के.जी.  सम्म पर्दछ । 
    यसरी पैठारी भएको बिटुमिनको मूल्य रिफायनरीहरुको मूल्यभन्दा करिव रु १० प्रति के.जी.न्यून छ ।
    हाल सडक कालोपत्रे गर्ने कार्यको वोलपत्रमा प्रतिस्पर्धा गर्दा ३५ देखि ४०प्रतिशत सम्म न्यूनतम (दभयिध) घटेर वोलपत्र लिने चलन छ अर्थात इष्टीमेट रु. १०० को छ भने निर्माण कम्पनीले रु. ६०देखि रु. ६५ मा काम गर्न कबुल गर्दछन् । तसर्थ उच्च प्रतिस्पर्धामा वोलपत्र हात पार्ने निर्माण कम्पनीहरुको रोजाइमा सस्तो र न्यून गुणस्तरको बिटुमिन (गल्फ मुलुकबाट पैठारी भएका) पर्न जाने हुँदा सो को प्रयोगले सडकमा कालोपत्रे धेरै दिन टिक्दैन । 
    नेपालमा ९९.९ प्रतिशत बिटुमिन सडक कालोपत्रे गर्ने काममा मात्र प्रयोग गरिन्छ । तर न्यून गुणस्तर भएका बिटुमिन कसरी ल्याब टेष्ट पास गरी सडकमा प्रयोग भइरहेका छन त ? आज सम्म ल्याब टेष्ट फेल भएर रिजेक्ट (रद्द) भएका बिटुमिन विदेश फिर्ता गएको अथवा फलानो ठाउँमा नष्ट गरिएको भन्ने सुनिएको तथा देखिएको छैन । 

    यसको तात्पर्य जस्तोसुकै बिटुमिन नेपालमा पैठारी भएर ल्याव टेष्ट फेल भएता पनि घुमिफिरी सडकमा नै प्रयोग भइरहेको छ र यसबाट न्यून गुणस्तरको बिटुमिनबाट सडक कालोपत्रे हुनजाँदा सडक टिकाउ हुँदैन । 
    मर्मत सम्भारका नाममा करोडौंं रुपैंया सडकमा पानी झैं बगिरहेको छ । 

    साताको लोकप्रीय