अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बृद्धि गर्न एडिबीको १७ अर्ब ७० करोड ऋण सहयोग

अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बृद्धि गर्न एडिबीको १७ अर्ब ७० करोड ऋण सहयोग

अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७ (अर्काइभ बाट)
  • अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बृद्धि गर्न एडिबीको १७ अर्ब ७० करोड ऋण सहयोग

    काठमाडौँ / एशियाली विकास बैंक (एडिबी) ले नेपाल सरकारलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न रु १७ अर्ब ७० करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ । 

    images
    images

    बैंकले नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान गर्न आज स्वीकृति जनाएको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ । 

    त्रिभुवन विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’ र ‘ह्याङ्गर एप्रोन’ बनाउन तथा गौतमबुद्ध विमानस्थलमा ‘टर्मिनल’ भवन निर्माणका साथै त्यसको क्षमता बढाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जनाएको छ । 

    भैरहवामा निर्माणाधीन वैकल्पिक क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पु-याउनाका साथै कोभिड–१९ का कारण थलिएको पर्यटन उद्योगलाई महामारीपछिको समयमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ ।

    यसैगरी परियोजना पूरा भएपछि त्रिभुवन विमानस्थलको मौजुदा सुरक्षा व्यवस्था सुदृढ हुने एवं त्यसको प्रभावकारी सञ्चालन तथा सेवा प्रवाह क्षमतामा थप सुधार हुने विश्वास बैंकले व्यक्त गरेको छ ।   

    साताको लोकप्रीय