मुक्तिनाथ विकास बैंक र सानिमा माई हाइड्रो पावरको शेयरमूल्य समायोजन

मुक्तिनाथ विकास बैंक र सानिमा माई हाइड्रो पावरको शेयरमूल्य समायोजन

अर्थ डबली
सोमवार, पुस १३ २०७७
अर्थ डबली
सोमवार, पुस १३ २०७७ (अर्काइभ बाट)
  • मुक्तिनाथ विकास बैंक र सानिमा माई हाइड्रो पावरको शेयरमूल्य समायोजन

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आज सोमबार दुई ओटा कम्पनीको शेयरमल्य समायोजन गरेको छ । 
    नेप्सेले मुक्तिनाथ विकास बैंक र सानिमा माई हाइड्रो पावरको शेयर मूल्य समायोजन गरेको हो । 

    images
    images

    नेप्सेले मुक्तिनाथ विकास बैंकको ११.२५ प्रतिशत बोनस शेयर वितरण पश्चात हिजो आइतबार बजार बन्द हुने समयमा कायम भएको प्रतिकित्ता ३७९ रुपैयाँबाट शेयरमूल्य समायोजन गरेको हो । 

    समायोजनपछि उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३४१ रुपैयाँ कायम भएको छ । यसैगरी सानिमा माई हाइड्रो पावरको १० प्रतिशत बोनस शेयर वितरण पश्चात हिजो आइतबार बजार बन्द हुने समयमा कायम हुन आएको ३३८ रुपैयाँबाट शेयर मूल्य समायोजन भएको छ । 

    समायोजनपछि उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३०७ रुपैयाँ कायम गरेको छ । 

    साताको लोकप्रीय