मुक्तिनाथ विकास बैंकको चौधौं साधारण सभा, १५.५०७४ प्रतिशत लाभांस पारित

मुक्तिनाथ विकास बैंकको चौधौं साधारण सभा, १५.५०७४ प्रतिशत लाभांस पारित

अर्थ डबली
आइतवार, पुस २६ २०७७
अर्थ डबली
आइतवार, पुस २६ २०७७ (अर्काइभ बाट)
  • मुक्तिनाथ विकास बैंकको चौधौं साधारण सभा, १५.५०७४ प्रतिशत लाभांस पारित

    काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडको चौधौं बर्षिक साधारणसभा सम्पन्न भएको छ । यही पुस २५ गते पोखरामा सम्पन्न साधारणसभाले आ.व.२०७६/०७७ को वार्षिक प्रतिवेदन, आ.व. २०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ । 

    images
    images

    यसैगरी आ.व. ०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुलाई (४.२५७४ प्रतिशत नगद लाभांस र ११.२५ बोनस सेयर सहित) १५.५०७४ प्रतिशत लाभांस वितरण गर्ने सामान्य तथा विषेश प्रस्ताव समेत सभाले सर्वसम्मत पारित गरेको छ ।
     
    बंैकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए । 

    बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए । 

    सोही समारोहमा बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीले शुभकामना मन्तव्य राखेका थिए । साथै, बैंकले कोरोना महामारीको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट पनि सेयरधनीहरुलाई सहभागिता गराइएको थियो । 
    साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

    उक्त प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरु प्राप्त भएको थियो । सेयरधनीहरुबाट प्राप्त जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए । 

    साताको लोकप्रीय