मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले विभिन्न व्यवसायिक संस्थाका सेवाहरुमा विशेष छुट पाउने, कहाँ कति ? 

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले विभिन्न व्यवसायिक संस्थाका सेवाहरुमा विशेष छुट पाउने, कहाँ कति ? 

अर्थ डबली
सोमवार, कार्तिक १७ २०७७
अर्थ डबली
सोमवार, कार्तिक १७ २०७७ (अर्काइभ बाट)
  • मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले विभिन्न व्यवसायिक संस्थाका सेवाहरुमा विशेष छुट पाउने, कहाँ कति ? 

    काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । 

    images
    images

    बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गका अनुसार यस बैंकका ग्राहकहरुले ब्लुक्रस अस्पताल
    त्रिपुरेश्वरको अस्पताल तथा स्वास्थ्य सेवामा र धुलिखेल माउण्टेन रिर्सोट धुलिखेलको होटल तथा रिर्सोट सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् । 

    त्यस्तै, स्तुपा रिर्सोट नगरकोट, जम्बाला रिर्सोट खोटाङ्ग, ल्याण्डमार्क होटल काठमाडौं, पोखरा र चितवन होटलको होटल तथा रिर्सोट सेवामा र ओडान ग्रुप अफ कम्पनी काठमाडौं (रेष्टुरेन्ट)मा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हो । साथै देव कर्नर ज्वेलरी काठमाडौं गरगहना सम्बन्धी सेवामा ३० प्रतिशतसम्म छुट पाइने बैंकले जनाएको छ । 

    यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले माथि उल्लेखित व्यवसायिक संस्थाहरुबाट सेवा लिदा १० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

    यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिढ १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ ।

    साथै बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ । 

    साताको लोकप्रीय