नेपाल पुनर्बीमा कम्पनीको पुँजीकरण रकम एक खर्ब माथि, नविललाई उछिन्दै नेपाल लाइफ तेस्रो स्थानमा 

नेपाल पुनर्बीमा कम्पनीको पुँजीकरण रकम एक खर्ब माथि, नविललाई उछिन्दै नेपाल लाइफ तेस्रो स्थानमा 

अर्थ डबली
शनिवार, मंसिर ६ २०७७
अर्थ डबली
शनिवार, मंसिर ६ २०७७ (अर्काइभ बाट)
  • नेपाल पुनर्बीमा कम्पनीको पुँजीकरण रकम एक खर्ब माथि, नविललाई उछिन्दै नेपाल लाइफ तेस्रो स्थानमा 

    काठमाडौँ / यस साता बजार पुँजीकरणमा नेपाल पुनर्बीमा कम्पनीको पुँजीकरण रकम एक खर्ब माथि उक्लिएको छ । 
    एक खर्बमाथि पुँजीकरण रकम रहेको नेपाल दुरसञ्चार कम्पनीको एकाधिकार रहेको बजारमा नेपाल पुनर्बीमा कम्पनीको पुँजीकरण रकम एक खर्बमाथि उक्लिएको हो । 

    images
    images

    त्यस्तै, यस साता बजारमा नविल बैंकलाई उछिन्दै नेपाल लाइफ इन्स्योन्स कम्पनी तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंक १० औँ स्थानभित्र प्रवेश गर्दा एभरेष्ट बैंक भने १० औँ स्थानभन्दा तल झरेको छ । 

    यस साता नेपाल दुरसञ्चार कम्पनी १ खर्ब ४४ अर्ब ७५ करोड रुपैयाँसहित पहिलो स्थानमा रहेको छ भने नेपाल पुनर्बीमा कम्पनी एक खर्ब ११ अर्बसहित दोस्रो स्थानमा रहेको छ ।

    अघिल्लो साता पुनर्बीमाको पुँजीकरण रकम ९८ अर्ब रहेको थियो भने नेपाल दुरसञ्चार कम्पनीको एक खर्ब ४३ अर्ब बराबर रहेको थियो । 

    त्यस्तै, अघिल्लो साता ८९ अर्ब ४५ करोड बराबरको पुँजीकरण रकम रहेको नविल बैंक यस साता भने ९१ अर्ब २७ करोड पुँजीकरण रकमसहित एक स्थान तल झरेको छ ।

    अघिल्लो साता ८३ अर्ब ४८ करोड पूँजीकरण रकम सहित चौथो स्थानमा रहेको नेपाल लाइफ इनस्योरेन्स कम्पनी यस साता भने नविल बैंकलाई उछिन्दै एक स्थान माथि तेस्रो स्थानमा उक्लिएको छ । उक्त कम्पनीको हालको पुँजीकरण रकम ९१ अर्ब ८९ करोड रहेको छ । 

    यसैगरी नागरिक लगानीकोषको पुँजीकरण रकम यस साता ८१ अर्ब २९ करोड रहेको छ । अघिल्लो सातामा कोषको पुँजीकरण रकम ७३ अर्ब १७ करोड रहेको थियो । 

    एनआइसी एशिया बैंक ६५ अर्ब १० करोड पुँजीकरण रकम सहित छैठौँ स्थानमा रहेको छ । अघिल्लो साता उक्त कम्पनीको पुँजीकरण रकम ६२ अर्ब ५८ करोड रहेको थियो भने अघिल्लो साता ६१ अर्ब ८३ करोड पुँजीकरण रकम रहेको एनएमबि बैंकको बजार पुँजीकरण रकम यस साता भने ६२ अर्ब १२ करोड रहेको छ । 

    यस साता नेपाल इन्भेष्टमेन्ट बैंकको पूँजीकरण रकममा भने गिरावट आएको छ । हाल उक्त कम्पनीको बजार पुँजीकरण रकम ५९ अर्ब ७० करोड रहेको छ भने अघिल्लो साता ६० अर्ब ९८ करोड रहेको थियो । 

    अघिल्लो साता ९ औँ स्थानमा रहेको हिमालयन बैंकको बजार पुँजीकरण रकममा पनि यस साता सामान्य गिरावट आएर १० औँ स्थानमा झरेको छ । 

    उक्त कम्पनीको बजार पुँजीकरण रकम अघिल्लो साता ५६ अर्ब १३ करोड रहेको थियो भने यस साता ५६ अर्ब ४ करोडमा मात्रै सीमित भएको छ । 

    हिमालयन बैंक १० औँ स्थानमा झर्दा ग्लोबल आइएमई बैंक भने यस साता ९ औँ स्थानमा प्रवेश गरेको छ । उक्त कम्पनीको हालको बजार पुँजीकरण रकम ५६ अर्ब ९२ करोड रहेको छ । 

    त्यस्तै, अघिल्लो साता १० औँ स्थानमा रहेको एभरेष्ट बैंक भने यस साता १० को सूचिबाट बाहिरिएको छ ।

    12 nov.JPG

    19 Nov..JPG  

    साताको लोकप्रीय