कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, संक्रमित र निको हुने कति ?

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, संक्रमित र निको हुने कति ?

अर्थ डबली
शनिवार, मंसिर ६ २०७७
अर्थ डबली
शनिवार, मंसिर ६ २०७७ (अर्काइभ बाट)
  • कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, संक्रमित र निको हुने कति ?

    काठमाडौँ / नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार २४ घण्टामा थप ७ जनाको मृत्यु भएसँगै मृतकको कूल संख्या एक हजार ३०५ पुगेको हो । 

    images
    images

    त्यस्तै, नेपालमा शनिबारसम्म कोरोना निको हुनेको संख्या १ लाख ९३ हजार ३२५ जना पुगेको छ । 
    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ३२३ निको भएका छन् भने एक हजार ६७४ संक्रमित थपिएका छन् । 

    थपिएका संक्रमितहरुमध्ये  काठमाडौं उपत्यकाका ८९९ जना रहेका छन् । यससँगै काठमाडौंमा १० हजार १०१, भक्तपुरमा ७९६ र ललितपुरमा २ हजार ११४ जना सक्रिय संक्रमित रहेका छन् ।  

    हाल काठमाडौं, भक्तपुर, ललितपुर, झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने मनाङ र मुगुमा १ जना पनि संक्रमित रहेका छैनन् । 

    हालसम्म कोरोना संक्रमण पुष्टी हुनेको कूल संख्या २ लाख १८ हजार ६३९ जना पुगेको छ । 

    हाल देशभर मात्र २४ हजार ९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको तथ्यांकअनुसार संक्रमणमुक्त हुने दर ८८.४ प्रतिशत रहेको छ । 

    यस्तै पछिल्लो २४ घण्टामा ८ हजार १४४ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । 


     

    साताको लोकप्रीय