आज कुन राशी हुनेलाई के गर्दा फाइदा होला ? हेर्नुस् राशीफल 

आज कुन राशी हुनेलाई के गर्दा फाइदा होला ? हेर्नुस् राशीफल 

अर्थ डबली
आइतवार, मंसिर ७ २०७७
अर्थ डबली
आइतवार, मंसिर ७ २०७७ (अर्काइभ बाट)
  • आज कुन राशी हुनेलाई के गर्दा फाइदा होला ? हेर्नुस् राशीफल 

    वि.सं. २०७७ साल, मङ्सिर महिना, ०७ गते, आइतवार, कार्तिक शुक्ल (कछलाथ्व) अष्टमी, धनिष्ठा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, ध्रुव योग, विष्टि (भद्रा) र बब करण, प्रमादी संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, आज : अष्टमी व्रत, गोरखकाली पूजा, गोपाष्टमी, मुखाष्टमी, बैतडी शिलंगामा महारुद्र कोटिहोम मेला, भद्रा करण बिहानको राती ०१.५७ मिनेटदेखि दिनको ०२.०५ मिनेटसम्म, धनिष्ठा पञ्चक प्रारम्भ बिहान ०३.०८ बजेदेखि, आजको मूहुर्त : दीक्षाग्रहण, कलशचक्र, भोलि : कुष्माण्ड नवमी, सत्ययुगादि, हेटौंडा कुष्माण्ड सरोवर मेला, सको चंगुवने, धनिष्ठा पञ्चकमध्येको एउटा दिन, भोलिको मूहुर्त : रुद्राभिषेक (शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), वास्तुमुहूर्त, कलशचक्र, न्वागी खाने दिन । 

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    विगतको कमी/कमजोरी वा असफलताले सिर्जना गरेको खिन्नतालाई बेवास्ता गर्दै मन दह्रो बनाएर अघि बढ्ने समय हो । निकासको विकल्प खोज्नुपर्दछ । सफलता तपाईको हातमा छ । आँटले काम बन्नेछ भने श्रमको उचित मूल्यांकन हुनाले कामले आशा जगाउनेछ। रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । आम्दानीमा कमि आउने छैन । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट पनि मान सम्मान मिल्नेछ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह पाइनेछ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    कर्मसिद्धीको समय छ । जस्तै बाधा अड्चन पनि दूर गरी अघि बढ्ने हौसला प्राप्त हुनेछ । विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नुपर्ने दिन छ । कार्यक्षेत्र वा व्यवसायबाट पनि सामान्यतया लाभ नै प्राप्त हुनेछ । गरेको प्रयास सार्थक हुनेछ । प्रयास गर्दा नयाँ रोजगारीको अवसर हात पर्ने समय हो । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। सोच्दै नसोचेको र अप्रत्यासित कामबाट फाइदा हुनेछ  

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    पारिवारिक समस्या समाधान गर्ने दिन हो । अस्वस्थ शरीर लिएर पनि काममा खट्नुपर्ला । आफ्ना व्यक्तिगत महत्वाकांक्षा र चाहाना थाती राखेर काम गरेमा भाग्यबृद्धि हुनसक्छ । सुखसुविधा र आनन्दप्राप्तिका लागि मन लालायित हुनेछ । लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा समाजसेवामूलक काम सम्पादन गर्न सकिनेछ। धार्मिक, सामाजिक र सांस्कृतिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ । रोकिएको काम ढिलोगरी सम्पादन हुनेछन् । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    पुराना समस्या, चुनौति र सम्झनाका कारण तनाव झेल्नुपर्नेछ । सानातिना काम र घरेलु समस्यामा नै अल्मलिएर आजको दिन बित्नेछ । यात्राको क्रममा सचेत हुनुपर्दछ । पारिवारका सदस्य अस्वस्थ हुनसक्छन् । शीघ्र निर्णय र क्रोध आजको शत्रु हुन् । आवेगमा आउन हुँदैन । किचलो, झैझगडा र विवादबाट टाढै बस्नु राम्रो हुनेछ । आम्दानीका मार्ग अबरुद्ध हुनेछन् ।  प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। यद्यपि मिहिनेत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। बाटो काट्दा र हातहतियार प्रयोग गर्दा सावधानी अपनाउनुहोला । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    भावनात्मक क्रियाकलापमा आजको समय व्यतित हुनेछ। आनन्द, मोजमज्जा र रमझमको तिर्सजना जाग्नेछ । सन्तानपक्षबाट पनि प्रशन्न हुने अवसर आउनसक्छ । तपाईको निर्णय क्षमताको प्रशंसा हुनेछ । बादविवाद र झैझगडामा तपाईको जित हुनेछ । उपहार, चिठ्ठा, पुरस्कार आदिबाट आकस्मिक धनलाभको सम्भावना छ । कार्यक्षेत्रमा प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्नसक्छ । साझेदारीको काममा फाइदा हुनेछ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आज त्यस्तो दिन हो जे गरे पनि मनमा शान्ति र सन्तोषको अनुभूति हुनसक्छ । रिसराग र क्रोधलाई नियन्त्रणमा राखेर काम गरेरमा सर्वत्र सफल बन्नसक्ने दिन छ ।  जग्गाजमिन, घरघडेरी वा पुख्र्यौली सम्पत्तिको कुनै समस्या वा विवाद छ भने आज गरेको प्रयासले त्यसको निराकरण हुनसक्छ । पुरानो वा विर्सिसकेको साथीसँग भेट हुने वा पुनः सम्पर्क हुने वा सँगै बसेर रामरमाइलो गरिनेछ । प्रशासनिक वा अड्डाअदालतमा विचारधिन काममा फाइदा हुनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता मिल्ने समय छ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानप्रतिष्ठामा बढोत्तरी हुनेछ । समग्रतामा बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा काम गर्नेहरुको दिन हो, आजको दिन । मनमा कल्पना र भावनाहरु सल्बलाउने समय छ । आजको सोचलाई व्यवहारमा उतार्न सकेमा दूरगामी भविष्यमा राम्रो उपलब्धि हासिल हुने दिन हो । फँसेको धन वा पुरानो लेनदेनको कारोबार मिलाउने मौका छ । केही धनराशी अचानक हातमा आइपुग्न सक्छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम गर्ने मौका छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    रोजगारी र व्यापार व्यवासयमा परिश्रम गरेबमोजिम उपलब्धि हासिल गर्न सकिनेछ । अनुयायी र भाइबहिनीले पनि तपाईको भावना बुझ्न सक्दैनन् । गोप्य राखेमा मात्र महत्वाकांक्षी योजना सफल हुनेछन् । नियम र अनुशासन पालना गर्नुपर्ने समय छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। घरायासी खर्च पारिवारिक समस्यामा धन खर्च गर्ने समय छ । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    इष्टमित्र र दाजुभाइको सल्लाहले रोकिएको काम बन्नसक्छ । आध्यात्मिक भावनाको विकास हुनेछ । सेवामूलक र परोपकारी काममा खट्ने वातावरण बन्नेछ । दिनदुःखी र असहायको आशिर्वाद लिन सके लाभ मिल्नेछ । पेशा व्यवसाय वा रोजगारीको क्षेत्रमा सम्मान र साख जोगाउन सकिनेछ । आकाङ्क्षा पूर्ण हुनेछ । आम्दानीको स्रोतमा कमि आउने छैन । घुमघाम र रमाइलोको अवसर मिल्नेछ । मिठो खाने र मोजमस्ती गर्ने समय देखिन्छ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    हर्ष र प्रसन्नताका बीचमा समय बित्नेछ । आर्थिक लाभ प्राप्त हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सिद्ध हुनेछन् । सम्पत्ति लाभ गर्न अनुकूल समय रहेको छ । पारिवारिक जीवन सन्तोषप्रद रहेको छ । साझेदार वा सहयोगीको संगतले फाइदा हुने काम गरिनेछ । व्यस्त दिनचर्या कायम हुनेछ । दुरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समचार प्राप्त हुनेछ । हातमा सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    विपरित र नैराश्यपूर्ण समयको अन्त्य भएको छ । मनमा कताकता केही कमि भएझैँ लागे पनि समग्रमा आजको दिन लाभकारी नै हुनेछ । अबको निर्णय सार्थक बन्नेछ । आँटे तोको लक्ष्य प्राप्त गर्ने मनसाय बन्नेछ । कुनै नयाँ काममा मन जानेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमि आउने छैन । नियमित र दैनिक कामधन्दा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउने योग रहेको छ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    हरेक काममा धनको कारोबार र आर्थिक पक्ष तगारेको रुपमा देखापर्न सक्छ । खर्चबर्च र बजेटलाई सन्तुलनमा राख्न कोसिस गर्ने समय हो । जुवा, सट्टाबाजी वा तुजुक देखाउने काममा अचानक धनमाल गुमाउने परिस्थिति बन्नेछ । यी क्षेत्रमा सहभागी नभएकै राम्रो हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्ने दिन हो । सरकारी र प्रशासनिक वा अड्डाअदालतमा विचाराधिन रहेको विषयमा लाभ लिन सकिनेछ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । विदेश वा दुरदराजमा रहेको आफन्तसँग सम्बन्ध कायम हुनेछ । 

    साताको लोकप्रीय