प्लेटो विश्व चर्चित प्रेरक दर्शन : केके छन् सफल जीवनका लागि.....[ पढ्नुस १२ बुँदामा ]

प्लेटो विश्व चर्चित प्रेरक दर्शन : केके छन् सफल जीवनका लागि.....[ पढ्नुस १२ बुँदामा ]

अर्थ डबली
शनिवार, जेठ २२ २०७८
अर्थ डबली
शनिवार, जेठ २२ २०७८ (अर्काइभ बाट)
  • प्लेटो विश्व चर्चित प्रेरक दर्शन :  केके छन्  सफल जीवनका लागि.....[ पढ्नुस १२ बुँदामा ]

    प्लेटो विश्व चर्चित दार्शनिक हुन् । उनी सुकरातका शिष्य र अरस्तुका गुरु हुन् । तर, यी दुईको साथ लिएर प्लेटोले पश्चिमी सभ्यताको बौद्धिक परम्पराको रचना र सुरुवात गरे ।

    images
    images

    प्लेटोको जन्म ईसापूर्व ४२८ मा एथेन्स (युनान) मा भएको हो । यिनको वास्तविक नाम एरिस्टो क्लिज थियो । सुकरातले यिनको नाउँ प्लेटो राखि दिएका हुन् । प्लेटोलाई संसार भर प्लेटोको नामबाटै चिनिन्छ । अरस्तुका गुरु प्लेटो हुन् भने प्लेटोका गुरु सुकरात हुन् । दार्शनिक हिसाबले सबैभन्दा माथि सुकरात त्यसपछि प्लेटो र अन्तमा अरस्तुको नाम आउँछ ।

    प्लेटोले आदर्श राज्यको कल्पना गरेका थिए । उनको आदर्श राज्यमा व्यक्तित्वको तत्व र समाजको वर्गलाई तीन तहमा बाँडेका छन् । (१) विवेक वा ज्ञान जसलाई स्वर्ण तत्व भनेर भनिन्छ । यसले समाजमा ज्ञानीहरूको शासक वर्गको अर्थात् संरक्षक वर्गको प्रतिनिधित्व गर्दछ । (२) साहस या सौर्य तत्व (रजत तत्व) जसले समाजमा वीर सैनिक वर्गको अर्थात् सहसंरक्षक वर्गको प्रतिनिधित्व गर्दछ । (३) लोभी वा लालची वर्ग (तमगुण तत्व) को प्रतिनिधि गर्छ ।
    दशौं विषयमा व्याख्या गरेका प्लेटोका विभिन्न विषय क्षेत्र अनुसार उनले बोलेका कुरा प्रेरक छन् कतिपय विषय आफ्नो दैनिकी जिवनसँग सम्बन्धित छन् । हेरौं केही उत्कृष्ट दर्शन प्रेरक विषयहरु :

    plato greek.JPG

    १] मानिसले सफल हुनका लागि हरसम्भव मिहिनेत गर्छ । विभिन्न हतकन्डा अपनाउँछ, आइडिया निकाल्छ । प्लेटो भने मानिस सफल हुनका लागि तीन चिजको आवश्यकता पर्ने बताउँछन्– इच्छा, भावना र ज्ञान । उनको भनाइअनुसार यी तीन चिजलाई आत्मसात् गरेर अगाडि बढ्ने मान्छे जीवनमा सफल हुन्छ ।


    २] मनिसले थुप्रै कामको योजना बनाएको हुन्छ, सपना देखेको हुन्छ । जुन दिनप्रतिदिन फेरिँदै पनि जान्छन् । कतिले आफूले बनाएका योजना कार्यान्वयनमा समेत लैजान सक्दैनन् । तर, प्लेटो भन्छन् कि काम गर्नुको सबैभन्दा महत्वपूर्ण पाटो भनेकै सुरुवात हो । त्यसैले तपाईंले सोचेको कामलाई कार्यान्वयनमा लान थालिहाल्नुस् । जसले जीवन सफल बनाउन भूमिका खेल्छ।

    ३] अरूलाई पछि पार्न, पराजित गर्न र नंग्याउनका लागि मानिस लागिपर्छ र यस्तो गतिविधि सफल भएमा आफूलाई विजयी ठान्छ । यस विषयमा प्लेटोको फरक धारणा छ । उनी भन्छन्, ‘पहिलो र सबैभन्दो ठूलो जित भनेको आफैँमाथिको विजय हो । तपाईंले भविष्यमा हात पार्ने जितमा यसले ठूलो भूमिका खेल्छ । तर, तपाईं आफैँभित्र पराजयको अनुभूति छ भने त्यस्ता जितले लज्जित बनाउँछ ।’

    ४] एउटा चर्चित भनाइ छ, ‘स्वास्थ्य नै धन हो’ । प्लेटोको पनि स्वास्थ्यसम्बन्धी महत्वपूर्ण वाणी छ । उनले स्वास्थ्यलाई जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष मानेका छन् । भनेका छन्, ‘स्वास्थ्यप्रति निकै सचेत हुनुस् किनभने स्वास्थ्य जीवनको सबैभन्दा ठूलो बाधा हो ।’

    ५] मानिस स्वभावैले असन्तुष्ट प्राणी हो । कतिपयले हरेक सफलतालाई समेत असन्तुष्टिको दलदलमा फसाइरहेका हुन्छन् । अरू कसैको देखासिकी र आरिस पनि असन्तुष्टिको कारक हो । प्लेटोले भने सन्तुष्टिलाई महत्वपूर्ण ढंगले प्रस्ट्याएका छन् । भन्छन्, ‘अलिकति सन्तुष्टि पनि तपाईंका लागि निकै ठूलो धन साबित हुन सक्छ ।’

    ६] मानिस शक्तिमा रहन चाहन्छ । सकेसम्म अरूलाई शोषण गर्न चाहन्छ र यसो गर्न सकेमा सन्तुष्टिको सास फेर्छ । तर, कहिल्यै अरूको सेवा गर्न चाहँदैन, पवित्र मनले मजदुर बन्न सक्दैन । जीवन सफल बनाउनका लागि प्लेटोको अर्को दर्शन हो, ‘जो राम्रो सेवक होइन, ऊ राम्रो मालिक पनि बन्न सक्दैन ।’

     

    ७] हामी सानामसिना कामलाई त्यति वास्ता गर्दैनौँ या भनौँ इन्कार नै गर्छौं । ठूल्ठूला काम मात्र मस्तिष्कमा बोकेर हिँड्छौँ र त्यसैअनुसारको महत्वाकांक्षा मनमा सजाउँछौँ । तर, प्लेटोको दर्शनले स–साना कामलाई पनि उत्तिकै महत्व दिएको छ । जुन जीवनका लागि निकै महत्वपूर्ण साबित हुन सक्छ । उनले भनेका छन्, ‘स–साना कामलाई सफलतापूर्वक पूरा गर्नु ठूल्ठूला कामलाई अपूर्ण गर्नुभन्दा धेरै गुणा राम्रो र महत्वपूर्ण हुन्छ ।

    ८] हामीले भविष्यको लक्ष्य कहिले निर्धारण गर्छौं रु यस विषयमा निकै रोचक दर्शन छ, प्लेटोको । आफ्नो सुरुवाती शिक्षाको समयमै मानिसले भविष्यको लक्ष्य निर्धारण गर्ने बताउँछन्, प्लेटो । शिक्षाअनुसार नै मानिसले आफ्नो भविष्यको लक्ष्य निर्धारण गर्ने उनको भनाइ छ ।

    ९] कैयौँ मानिस आफ्नो जीवन र कामप्रति असन्तुष्टि हुन्छन् । कतिपय त आत्महत्या गर्नसमेत पछि पर्दैनन् । तर, प्लेटो भने जीवनलाई सुन्दर तरिकाले जिउन सुझाब दिन्छन् । भन्छन्, ‘जीवनलाई खेलजसरी जिउनुपर्छ, खेल खेल्दाजस्तै रमाइलो गरी ।’ यसो गर्दा मानिस सफल हुनका लागि प्रेरणा मिल्छ ।

    १०] हामीले आफ्नो कुरालाई प्रमाणित गर्नका लागि कतिसम्म एउटै कुरा दोहोर्‍याउन सक्छौँ रु कहिलेकाहीँ त सही कुरा पनि कसैको बहकाउमा बोल्न सक्दैनौँ । तर, सुकरात भन्छन् कि राम्रो कुरालाई दोहोर्‍याउनका लागि कुनै झन्झट मान्नु हुँदैन ।

    ११] अरू दार्शनिक या महान् व्यक्तिले जस्तै प्लेटोले पनि आत्मविश्वासलाई ठूलो शक्तिका रूपमा वर्णन गरेका छन् । सफल मानिसमा आत्मविश्वासको ठूलो भूमिका रहने उनको भनाइ छ । भनेका छन्, ‘यदि विश्वासका साथ लडेमा हाम्रो शक्ति दुई गुणाले बढ्छ ।’

    १२] प्लेटोले भनेका छन्, ‘महान् बन्न चाहेमा स्वयं आफ्नो कामप्रति प्रेम गर्नुपर्दछ । जुन उचित लाग्छ त्यही काम गर्नुपर्छ, न कि अरूले भनेको काम गर्नुपर्छ ।’ उनले यो पनि भनेका छन् कि एक व्यक्ति एकैसाथ थुप्रै काममा सफल हुन सक्दैन ।

    नयाँ पत्रिकाबाट

    साताको लोकप्रीय