शेयर बजारमा कारोबार रकम हालसम्मकै उच्च, नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार 

शेयर बजारमा कारोबार रकम हालसम्मकै उच्च, नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार 

अर्थ डबली
आइतवार, मंसिर ७ २०७७
अर्थ डबली
आइतवार, मंसिर ७ २०७७ (अर्काइभ बाट)
  • शेयर बजारमा कारोबार रकम हालसम्मकै उच्च, नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार 

    काठमाडौँ / साताको पहिलो दिन आइतबार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीवार सर्वाधिक बढी ६ अर्ब ११ करोडभन्दा बढीको शेयर कारोबार भएकोमा उक्त रेकर्ड आज आइतबार तोडिएको छ । 

    images
    images

    आज आइतबार बजारमा हालसम्मकै उच्च ६ अर्ब ९० करोड ६७ लाख २८ हजार रुपैयाँबढीको कारोबार भएको हो । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आइतवार २०१ ओटा कम्पनीको ६३ हजार ५७० पटकको व्यापारमा १ करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर कारोबार भएको छ । 

    आज १ हजार ७९१.२२ विन्दुदेखि खुलेको बजार  बन्द हुदाँ ४.६९ अंकले बढेर १ हजार ७८२ . ८१ विन्दुमा थामिएको छ ।

    आइतवार ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स २ अंक बढेर ३४५ .०७ विन्दुमा उक्लिएको छ । 

    यस दिन कारोबारमा आएका १२ ओटा समुहमध्ये बैंकिङ समुह, विकास बैंक समुह र अन्य समुहको परिसूचकमा हरियो पोतिएको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ । 

    बढेको समूहमा यो दिन बैंकिङ् समुहको सर्वाधिक २.२३ प्रतिशत, विकास बैंकको ०.६४ प्रतिशत र अन्यको ०.१० प्रतिशत परिसूचक बढेको छ ।

    त्यस्तै घटेको समूहमा व्यापारिक समुहको परिसूचकमा सबैभन्दा बढी ५.६९ प्रतिशतको गिरावट आएको छ । यसैगरी होटल समूहको ३.९९ प्रतिशत, निर्जीवन बीमा समूहको २.५३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको २.३३ प्रतिशत, म्यचुअल फण्ड समूहको परिसूचक २ .२८ प्रतिशत, जलविद्युत समूहको १.४८ प्रतिशत, वित्त समूहको ०.४७ प्रतिशत, , लघवित्त समूहको ०.१८ प्रतिशत, जीवन बीमा समूहको ०.१८ प्रतिशतले परिसूचकमा गिरावट आएको छ । 

    सर्वाधिक कारोबार गर्ने कम्पनीहरु

    आइतवार पनि कुल कारोबार रकममा पनि सबैभन्दा बढी हिस्सा नेपाल पुनर्बीमा कम्पनीको रहेको छ । उक्त कम्पनीको कारोबार रकम ५८ करोड ५८ हजार रुपैयाँभन्दामाथि रहेको नेप्सेले जनाएको छ  । 

    त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार रकम दोस्रो स्थानमा रहेको छ । उक्त कम्पनीको कारोबार रकम २९ करोड ७३ लाख ३३ हजार रुपैयाँ, नेपाल दुरसञ्चार कम्पनीको २७ करोड ५५ लाख ४१ हजार रुपैयाँ, हिमालयन डिस्टीलरीको २६ करोड ५५ लाख ९९ हजार रुपैयाँ र नेपाल बैंक लिमिटेडको २३ करोड १७ लाख ९८ हजार रुपैयाँबढीको कारोबार भएको हो । 

    शेयरमूल्य बढेका / घटेका कम्पनीहरु

    आइतबारको बजारमा सिटिजन्स म्युचुअल फण्ड २ को मूल्य सर्वाधिक बढी १० प्रतिशतले बढेर अन्तिम मूल्य प्रतिईकाई ९.९० पैसा कायम भएको छ । त्यस्तै, जानकी फाइनान्स लिमिटेडको शेयरमूल्य पनि आज ९.२१ प्रतिशतले बृद्धि भई अन्तिम मूल्य प्रतिकित्ता २४९ रुपैयाँ पुगेको छ ।

    आजको बजारमा सबैभन्दा बढी माउन्टेन हाइड्रो नेपाल लिमिटेडको शेयरमूल्य ८.९३ प्रतिशतले घटेको छ । त्यस्तै, साल्ट ट्रेडिङ कम्पनीको ६.०९ प्रतिशतले घटेको छ भने पोखरा फाइनान्सको शेयरमूल्यमा पनि ६.०७ प्रतिशतको गिरावट आएको छ । 

     

    साताको लोकप्रीय