राशीफल आजको : तपाईको यात्रा, धन प्राप्ति, पारिवारिक सुख राशी अनुसार यस्तो छ

राशीफल आजको : तपाईको यात्रा, धन प्राप्ति, पारिवारिक सुख राशी अनुसार यस्तो छ

अर्थ डबली
सोमवार, मंसिर ८ २०७७
अर्थ डबली
सोमवार, मंसिर ८ २०७७ (अर्काइभ बाट)
  • राशीफल आजको : तपाईको यात्रा, धन प्राप्ति, पारिवारिक सुख राशी अनुसार यस्तो छ

    काठमाडौं / वि.सं. २०७७ साल, मङ्सिर महिना, ०८ गते, सोमवार ।
    कार्तिक शुक्ल  (कछलाथ्व) नवमी, शतभिषा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, व्याघात योग, बालब र कौलव करण, प्रमादी संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, । आज ः कुष्माण्ड नवमी, सत्ययुगादि, हेटौंडा कुष्माण्ड सरोवर मेला, सको चंगुवने, आजको मूहुर्तः धनिष्ठा पञ्चकमध्येको एउटा दिन, रुद्राभिषेक९शिववास जुरेको, रुद्री पूजा गर्न मिल्ने दिन, वास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), वास्तुमुहूर्त, कलशचक्र, न्वागी खाने दिन । 

    images
    images

    भोलिः बलम्बु महालक्ष्मी यात्रा, धादिंग फूलखर्कमा गंगा जमुना मेला,
    भोलिको मूहुर्तः धनिष्ठा पञ्चकमध्येको एउटा दिन, कलशचक्र ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    समय उत्साहजनक रहेको छ । श्रमको उचित मूल्यांकन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ लिने समय छ । व्यापारमा फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । आध्यात्मिक बिषयमा रुचि जाग्नेछ । नयाँ ज्ञान प्राप्त हुनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । सरकारी र प्रशासनिक काममा सफलता मिल्नेछ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आज कर्मसिद्धीको सयम हो । आयआर्जनको सोत बढ्नेछ । व्यापारमा राम्रै फाइदा हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। आम्दानी बढ्नाले परिवारको आकांक्षा पूरा गर्न सकिनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाई हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी काम दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । धनागका बाटाहरु खुल्ला हुनेछ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    धार्मिक वा सांस्कृतिक महत्वको यात्राको सम्भावना छ । पुराना साथीभाइसँग भेटघाट हुनसक्छ । धन, मान र प्रतिष्ठामा कमि हुनेछैन । आफन्त र साथीभाइले गर्नैपर्ने काममा सहयोग गर्न सक्दैनन् । त्यसैले आफ्नै बल र बुद्धिको प्रयोग गरेमा सफलता प्राप्त हुने संकेत छ । आकस्मिक यात्राको योग भए पनि यात्राबाट सोचेजस्तो लाभ प्राप्त हुनेछैन । शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। बृद्धबृद्धा र मान्यजनको इच्छा र भावनाको कदर गर्दा भाग्यबल बृद्धि हुने योग छ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आजको दिन सरल छैन । सानातिना र गैरलाभकारी काममा नै अल्झनुपर्दा मन खिन्न रहनेछ । आँटेको ताकेको काममा कडा मेहनत गरेमा मात्रै उपलब्धि लिने सकिने झन्झटिलोसमय देखिन्छ । पहिले गरेका काममा समस्या देखिने र दोहोर्याएर गर्नुपर्ने समय छ । स्वाथ्यतका लागि खानपानमा ध्यान पुर्याउनुहोला । यात्राका क्रममा वा सवारी साधान चलाउदा सावधानी अपनाउनुहोला । गर्नेपर्ने काम वा लक्ष्यप्रति भ्रमित बन्ने र अनावश्यक काममा अलमलिने समय छ । आश्वासन बाड्नेको भर पर्नु हुँदैन । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    विभिन्न सहयोगर उपहार पायने दिन छ । व्यापारमा लाभ लिन सकिनेछ । व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। परिवारजनको साथले आशा पलाउनेछ ।  व्यापार व्यवसायमा विशेष लाभ मिल्नेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । आशा मारेको काम बन्ने योग छ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    सामान्य विषयमा भएको विवादले मनमा खिन्नता देखापर्नेछ । यद्यपि आज आत्मबल र हिम्मतमा कमि आउनेछैन । अधिकार प्राप्तिको कुरा उठाउने समय हो । पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। कार्यक्षे वा व्यापार व्यवसायमा कतै जानुपर्ने बाध्यात्मक परिस्थिति बन्नेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    गोपनीय रुपमा गरेको काममा मनग्ये फाइदा हुनेछ । सुखद समाचारले उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पशुपलान तथा कृषि क्षेत्रमा राम्रो लाभ लिन सकिने समय छ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज काम बिग्रने डरले सताइरहने समय छ । आफैले दिएको वाचा पूरा गर्न सकिदैन। अनुभवी र जानकार व्यक्तिलाई समस्या दर्शाउदा पनि सहयोग जुटाउन सकिदैन । सामाजिक कार्यमा मन जाँदैन । स्वास्थ्यमा समस्या आउन सक्छ । लक्ष्य पहिल्याउने क्षमतामा कमि आउनेछ ।  नजिकका साथीभाइ र परिवारजनसँग असमझदारी बढ्नेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। सतर्क भई व्यवहार गर्न सकने विगतको कमजोरीलाई सुधार गर्न सकिनेछ । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    व्यवहारिक र सामाजिक जिम्मेवारी थपिनेछ । व्यवसायिक क्षेत्र सफल रहनेछ । आम्दानीमा कमि आउने छैन । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत(साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। पराक्रम र उत्साह बढ्नेछ । अर्थलाभको अवसर प्राप्त हुनेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आज विभिन्न अवसरले पछ्याउने समय छ । बोलिको प्रभाव बढ्नेछ । सही समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमता बृद्धि हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर छ। कार्यक्षेत्र वा व्यवासयमा गरेको सानो मेहनतले  राम्रो उपलब्धि हात लाग्नेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। मोजमज्जा र रामरमाइलोमा खर्च गर्न मन हौसिनेछ । सोचेको काम उचित समयमा ससम्पादन गर्न सकिने र साख जोगाउन सकिने समय छ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ कामको प्रस्ताव आउन सक्छ । बोलीवचनमा सुमधुरताको आगवमन हुनेछ । लेनदेन र व्यापार व्यवसायमा अभिवृद्धि हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।  मान प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइनेछ । बढी आशावादी हुनुहुँदैन । आफैँले आत्मबल र हिम्मतले गरेको काममा सफलता मिल्नेछ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुनसक्छ । चुनौतीहरु पन्छाउदै काम बनाउन सकिनेछ । टाढाको यात्रा गर्ने अवसर जुर्न सक्छ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ।  शुभचिन्तकहरू समेत टाढा हुने समय छ। धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। समय दिन नसक्दा नियमिर काममा बाधा हुनेछ। भेटघाटमा अल्मलिनाले नियमित काममा बाधा पुग्नेछ । 

    साताको लोकप्रीय