शेयर बजार : नेप्से २.३८ अंकले घट्दा पौने ५ अर्बको कारोबार, कारोबार रकममा नेपाल बैंकको सबैभन्दा बढी हिस्सा

शेयर बजार : नेप्से २.३८ अंकले घट्दा पौने ५ अर्बको कारोबार, कारोबार रकममा नेपाल बैंकको सबैभन्दा बढी हिस्सा

अर्थ डबली
सोमवार, मंसिर ८ २०७७
अर्थ डबली
सोमवार, मंसिर ८ २०७७ (अर्काइभ बाट)
  • शेयर बजार  : नेप्से २.३८ अंकले घट्दा पौने ५ अर्बको कारोबार, कारोबार रकममा नेपाल बैंकको सबैभन्दा बढी हिस्सा

    काठमाडौँ / साताको दोस्रो दिन सोमबार शेयर बजार सामान्य अंकले ओरालो लागेको छ । आइतबार सर्वाधिक कारोबार भई ऐतिहासिक रेकर्ड ब्रेक गरेको बजार सोमबार भने केही सुस्ताएको छ ।

    images
    images
    images

    आइतबार ६ अर्ब ९० करोड ६७ लाख २८ हजार रुपैयाँबढीको कारोबार भएको बजारमा आज सोमबार भने ४ अर्ब ७६ करोड २७ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

    पछिल्लो केहीदिनदेखि निरन्तर बढेको बजारमा बिक्री चाप बढेका कारण आज सामान्य करेक्सन आएको हुनसक्ने विश्लेषकहरुको बुझाई छ । आज १९९ ओटा कम्पनीको ४६ हजार २४० पटकको व्यापारमा एक करोड २० लाख २१ हजार ३४७ कित्ता शेयर खरिदबिक्री भएका छन् ।

    कारोबार रकमा गिरावट आएको बजारमा आज नेप्से परिसूचकमा समेत २.३८ अंकको गिरावट आई एक हजार ७८०.४३ बिन्दुमा झरेको छ । 

    ठूला र बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि आज ०.१२ अंकले घटेर ३४४.९६ बिन्दुमा झरेको छ । 
    आजको कारोबारमा बैंकिङ, होटल, उत्पादन तथा प्रशोधन र अन्य समूहको बाहेक सबै समूहको परिसूचक राताम्मे भएका छन् । 

    आज उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ३.५८ अंकले बृद्धि भएको छ भने व्यापार समूहको परिसूचक १.४१ प्रतिशत र बैंकिङ समूहको परिसूचक ०.४५ प्रतिशतले बढेको हो ।

    यस दिन जीवन बीमा समूहको परिसूचक सबैभन्दा बढी १.६८ प्रतिशतले घटेको छ भने म्युचुअल फण्ड समूहको परिसूचक १.४७ प्रतिशतले घटेको छ ।

    त्यस्तै, निर्जीबन बीमा समूहको १.३४ प्रतिशत, अन्य समूहको १.१७ प्रतिशत, लघुवित्त समूहको ०.७६ प्रतिशत, वित्त समूहको ०.२० प्रतिशत, हाइड्रो पावर समूहको ०.१२ प्रतिशत र विकास बैंक समूहको परिसूचकमा ०.०९ प्रतिशतको गिरावट आएको छ । 

    सर्वाधिक कारोबार गर्ने कम्पनीहरु 
    नेपाल पुनर्बीमा कम्पनीाई उछिन्दै आजको कारोबारमा नेपाल बैंक लिमिटेडले सर्वाधिक ३० करोड २२ लाख ७ हजार रुपैयाँ बढीको शेयर कारोबार गरेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम दोस्रो स्थानमा रहेको छ । उक्त कम्पनीले २९ करोड ३० लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार गरेको हो । 

    हिमालयन डिस्टीलरीको कारोबार रकम २८ करोड ९७ लाख ७ हजार रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनकिो २३ करोड २२ लाख २१ हजार रुपैयाँ र प्राइम कमर्सियल बैंकको १७ करोड २१ लाख २ हजार रुपैयाँमाथिको कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । 

    शेयरमूल्य घटेका / बढेका कम्पनीहरु 
    सामान्य अंकले घटेको बजारमा आज सोमबार दुईओटा कम्पनीको शेयरमूल्य मात्रै ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।

    यसदिन सबैभन्दा बढी हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ९.९२ प्रतिशतले बढेको हो । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता २५ रुपैयाँले बढेर अन्तिम मूल्य २७७ रुपैयाँ कायम भएको छ । 

    त्यस्तै, हिमालयन डिस्टीलरीकोको शेयरमूल्य समेत आज ९.४५ प्रतिशतले बढेर अन्तिम मूल्य प्रतिकित्ता ३ हजार ११५ रुपैयाँ कायम भएको छ । 

    सोमबारको कारोबारमा म्युचुअल फण्ड समूहका लगानीकर्ताहरुले सर्वाधिक बढी गुमाएका छन् । एनआइसी एशिया व्यालेन्स फण्डका लगानीकर्ताहरुले ४.५४ प्रतिशत गुमाएका छन् ।

    एनआइसी एशिया व्यालेन्स फण्डको अन्तिम ईकाइमूल्य ९.६८ रुपैयाँ कायम भएको छ । त्यस्तै, सिटिजन्स म्युचुअल फण्डको इकाईमूल्य ४.४१ प्रतिशतले घट्दा अन्तिम मूल्य १० रुपैयाँ कायम भएको छ । 

    गुडविल फाइनान्सको शेयरमूल्य समेत आज ४.०७ प्रतिशतले घटेर अन्तिम मूल्य २१२ रुपैयाँ कायम भएको छ । 

     

    साताको लोकप्रीय