उद्योग वाणिज्य महासंघको प्राविधिक शिक्षा तालिम आजदेखि शुरु

उद्योग वाणिज्य महासंघको प्राविधिक शिक्षा तालिम आजदेखि शुरु

अर्थ डबली
सोमवार, मंसिर ८ २०७७
अर्थ डबली
सोमवार, मंसिर ८ २०७७ (अर्काइभ बाट)
  • उद्योग वाणिज्य महासंघको प्राविधिक शिक्षा तालिम आजदेखि शुरु

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिश काउन्सिलले आयोजना गरेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम कार्यक्रम आजदेखि शुरु भएको छ ।

    images
    images

    ‘इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटिअरिस्ट (ईएलएमएस)’ परियोजना अन्तर्गत पर्यटन, निर्माण र कृषि क्षेत्रमा जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । 

    श्रम बजार सूचना प्रणालीको विकासका क्षेत्रमा काम गर्न नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा साझेदार व्यवसायिक संस्थाहरु नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल र नेपाल निर्माण व्यवसायी महासंघ तथा ब्रिटिश काउन्सिलको सहयोगमा उक्त कार्यक्रम हुने भएको हो । 

    परियोजनामार्फत व्यवसायिक वर्गिकरण मानकको विकास तथा श्रम बजार सूचना प्रणालीको विकास गरिनेछ ।

    यो कार्यक्रम, पर्यटन क्षेत्र, निर्माण क्षेत्र र कृषि क्षेत्रमा कार्यान्वयन हुने अध्यक्ष भवानी राणाले बताइन्।

    यो परियोजनाले श्रम बजारको माग र आपूर्तिको व्यवस्थापनमा सघाउ पुर्याउने विश्वास गरिएको छ ।

    यस्तै श्रम बजार सम्बन्धी तथ्याङ्कको विकास गर्ने कार्यमा समेत यो परियोजना कोशेढुंगा हुने उनले बताइन् । त्यसबाहेक देशमा बेराजगारी दर घटाउन समेत सघाउ पुग्ने विश्वास अध्यक्ष राणाको छ । 

    परियोजनाले मुलुकको औद्योगिक विकासमा सहयोग पुर्याउने, श्रम बजार सम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरुको लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउने प्रत्याभुति दिलाउने छ ।

    यो कार्यक्रम १७ करोड ९० लाख ११ हजार ७ सय ३३ रुपैयाँ बराबरको बजेटमा १४ महिनाका लागि लागू भएको हो ।

    परियोजनाका साझेदार व्यवसायिक संस्थाहरुमा नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल र नेपाल निर्माण व्यवसायी महासंघ रहेका छन् ।

    मुलुकभित्र औद्योगिक व्यवसायिक क्षेत्रले श्रम बजार सम्बन्धी आवश्यक तथ्यांक एव जानकारीको अभावमा भोग्नु परेको समस्यालाई परियोजनाले सम्बोधन गर्ने बताइएको छ । 

    fncci9.JPG

    सो अवसरमा महासंघका अध्यक्ष राणाले मुलुकभित्र उद्योग व्यवसायको मागका आधारमा श्रम बजारमा जनशक्ति तयार गर्ने महासंघको लक्ष्यलाई पुरा गर्ने कार्यमा परियोजना मार्फत यूरोपिएन यूनियन र व्रिटिश काउन्सिलको सहयोगप्रति आभार प्रकट गर्दै सहमती अनुसार परियोजनालाई कार्यान्वयन गर्न महासंघले भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाइन् ।   

    साथै मुलुकको औद्योगिक विकासमा सहयोग पु-याउने, श्रम बजार सम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरूको लागि आवश्यक दक्ष जनशक्ति उपलव्ध गराउने प्रत्याभुति दिलाउने, रोजगारी सृजना गर्ने, श्रम बजार सम्बन्धी तथ्यांक प्रणालीको विकास गर्ने कार्यमा परियोजनाले काम गर्नेछ ।  

    bhawani Rana.JPG

    नेपालका लागि यूरोपियन यूनियनका राजदूत नोना डेपरेजले यस परियोजनाले नेपालको श्रम बजारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण सहयोग पु-याउने र नेपालको आर्थिक विकासमा आवश्यक दक्ष जनशक्तिको आपूर्तिमा सघाउने बताइन् ।

    ब्रिटिश काउन्सिलका देशिय निर्देशक साहिदा म्याकडाउगल र टिभेट इम्प्लोयर पार्टनसीप विज्ञ जोन माउन्टफोर्डले यो परियोजना नेपालको व्यवसायिक क्षेत्रका नेतृत्वदायी संस्थाहरू एफएनसीसीआई, सीएनआई, एफक्यान, एफएनसीएसआई र हान बीचको सहकार्यको महत्वपूर्ण उदाहरण हुने बताइन् । 

    दक्षता परियोजनाको साझेदारीमा ब्रिटिश काउन्सिलको सहयोगमा कार्यान्वयनमा आउने यो परियोजनाले दक्ष शीपयुक्त जनशक्ति उत्पादन मार्फत नेपालको आर्थिक विकास, लगानी आकर्षण र रोजगारी सृजनामा सघाउने विश्वास व्यक्त उनको विश्वास छ ।

    कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले रोजगारीका लागि लाखौं नेपाली विदेशिनु परेको अवस्थामा यो परियोजनाले केहि राहत दिने विश्वास व्यक्त गर्दै  नेपालमा धेरै उद्योगहरु भएता पनि दक्ष जनशक्तिको अभावले विदेशबाट कामदार ल्याउनुपर्ने र आफ्नो युवा जमात विदेशिनुपर्ने बाध्यात्मक अवस्थालाई हटाउन परियोजनाले सहयोग गर्ने विश्वास व्यक्त गरे। 

    महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले यस परियोजनाले नेपालको परिवेशमा रहेको जनशक्तिको माग र आपूर्तिलाई व्यवस्थापन हुने किसिमले तालिमहरुको संचालन गर्नुपर्ने धारणा व्यक्त गरे । 

    कार्यक्रममा सहयोगी संस्थाहरु निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, होटल संघ नेपालका अध्यक्ष सृजना राणा, साना तथा घरेलु उद्योग महासंघका का.वा.अध्यक्ष उमेश सिंह र नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले यस परियोजना सामूहिक रुपमा संचालन गर्न पाएकोमा खुशी व्यक्त गर्दै परियोजना सफल बनाउन आ–आफ्नो क्षेत्रबाट पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    fncci9.JPG

    महासंघका परियोजना समन्वय समितिका सदस्य सुमित केडिया र परियोजनाको टिम लिडर चन्द्रकान्त अधिकारीले परियोजना कसरी शुरुवात, परियोजनाको उद्देश्य, क्रियाकलाप, कार्यक्षेत्र र अपेक्षित परिणाम सम्बन्धी विषयहरु उल्लेख गरे । 

    परियोजनाका फोकल पर्सन रविन श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर प्रधान, महासंघका कार्यकारिणी समिति सदस्यहरु, विभिन्न वस्तुगत संघका प्रतिनिधिहरुको उपस्थिति थियो ।

    साताको लोकप्रीय