अब नडराई लिनुहोस् डेजर्टको मज्जा !

अब नडराई लिनुहोस् डेजर्टको मज्जा !

अर्थ डबली
सोमवार, मंसिर ८ २०७७
अर्थ डबली
सोमवार, मंसिर ८ २०७७ (अर्काइभ बाट)
  • अब नडराई लिनुहोस् डेजर्टको मज्जा !

    काठमाडौँ / ज्योति ग्रुपले जिएफपिएलसँग साझेदारी गरी नेपालमा “द ब्रुकलेन क्रिमरी”लाई लन्च गरेको छ । 

    images
    images

    यो एक कम क्यालोरी भएको रियल डेरी आइसक्रिम हो जसमा हरेक स्कुपमा मात्र ७५ क्यालोरी रहेको छ । 

    सन् २००७ मा सन् इन्टरनेशन लइन कर्पोरेटेड प्रा.लि. बाट खाद्य उद्योगमा ज्योति ग्रुपले उक्त कम्पनीमार्फत वर्षौंदेखि आइसक्रिमको व्यापारमा आफ्नो प्रभुत्व जमाउन सफल भएको छ । 

    नेपालभर तीब्र गतिमा आफ्नो डिस्ट्रिब्यूसन च्यानल र अफिसहरु विस्तार गर्ने क्रममा रहेको यस ब्राण्डलाई अझ उचाईमा पु-याउनको लागि हस्पिटालिटी र रिटेल क्षेत्रकादक्षतथा समर्पित टीमको साथ रहेको छ । 

    ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठका साथै ज्योति ग्रुपका टीमको उपस्थितिमा यही मंसिर ७ गतेका दिन, काठमाडौंमा द बु्रकलेन क्रिमरीलाई लन्च गरिएको थियो ।  

    यसै लन्चइभेन्ट मार्फत भिगन आइसक्रिम, चकलेट बारस्, फ्रुट बारस् र आइसक्रिमहरुका विभिन्न प्रकारहरु लन्च गरिएको थियो । 

    हालको समयमा द ब्रुकलेन आइसक्रिमहरु अनलाइनमार्फत बिक्री भइरहेको र आउँदो समयमा नेपालका विभिन्न आउटलेटहरुबाट यसको बिक्री वितरण गरिनेछ । 

    दुई साइजमा उपलब्ध यस आइसक्रिमको मूल्य रु.२२५ (१०० एमएल) र रु.७७५ (४५० एमएल) रहेको छ । 

    तपाईंले +९७७ ९८०११५१५९५ मा कल गरी कम ल्यालोरी युक्त आइसक्रिम अर्डर गर्न सकिनेछ । 

    साताको लोकप्रीय