काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीले आज मंगलबारको थोक मूल्य विवरण प्रकाशित गरेको छ ।
विवरण अनुसार ठूलो गोलभेडा (नेपाली)लाई प्रतिकेजी ७६ रुपैयाँ तोकिएको छ ।
सानो गोलभेडा प्रतिकेजी ५० रुपैयाँ रहेको छ भने टनेल गोलभेडा आज १३.२१ प्रतिशतले बढेर प्रतिकेजी के जी ५३ रुपैयाँबाट ६० रुपैयाँमा कायम भएको छ ।
त्यस्तै यसअघि ६५ रुपैयाँ रहेको रातो आल आज ४.६२ प्रतिशतले बढेर ६८ रुपैयाँ कायम भएको छ भने सेतो आलु ६.७८ प्रतिशतले बढेर ५९ रुपैयाँबाट ६३ रुपैयाँ कायम भएको छ भने सुकेको प्याज (भारतीय) १७.९८ प्रतिशतले बढेर ८९ रुपैयाँबाट १०५ पुगेको छ ।
त्यस्तै आज काउली ३५ रुपैयाँबाट ५ रुपैयाँ घटेर ३० रुपैयाँ कायम भएको छ।