आज अधिकांश तरकारीको भाउ घट्यो, हेर्नुस् मूल्य विवरण

आज अधिकांश तरकारीको भाउ घट्यो, हेर्नुस् मूल्य विवरण

अर्थ डबली
बुधवार, मंसिर २४ २०७७
अर्थ डबली
बुधवार, मंसिर २४ २०७७ (अर्काइभ बाट)
  • आज अधिकांश तरकारीको भाउ घट्यो, हेर्नुस् मूल्य विवरण

    काठमाडौँ / कालीमाटी फलफूल तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्य विवरण अनुसार आज अधिकांश तरकारीको भाउ घटेको छ ।

    images
    images

    गोलभेडा ठूलो (नेपाली) ७६ रुपैयाँबाट १४.४७ प्रतिशत घटेर ६५ रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, ठूलो गोलभेडा (भारतीय) ७५ रुपैयाँमा कारोबार भएकोमा आज २.६७ प्रतिशत घटेर ७३ रुपैयाँ कायम भएको छ भने गोलभेडा सानो ६ प्रतिशतले बढेर ५० रुपैयाँबाट ५३ रुपैयाँ कायम भएको छ ।

    रातो आलु  ६८ रुपैयाँ रहेकोमा ७.३५ प्रतिशतले घटेर ६३ रुपैयाँ कायम भएको छ भने आलु रातो (भारतीय) के. जी.को ६३ रुपैयाँ रहेको छ । 

    आलु सेतो प्रतिकेजी ६३ रुपैयाँमा कारोबार भएकोमा ७.९४ प्रतिशतले घटेर ५८ रुपैयाँ तोकिएको छ भने सुकेको प्याज (भारतीय)लाई १०५ रुपैयाँ, सुकेको प्याज (चाइनिज) केजीको ६३ रुपैयाँ रहेको छ भने 
    गाजर (लोकल) ७० रुपैयाँमा कारोबार हुँदै आएकोमा ७.१४ प्रतिशतले घटेर ६५ रुपैयाँ कायम भएको छ । 
    त्यस्तै, काउली स्थानिय प्रतिकेजी ३० रुपैयाँ रहेकोमा आज २ प्रतिशत घटेर २४ रुपैयाँ रहेको छ भने 
    स्थानीय काउली (ज्यापु) ४७ रुपैयाँबाट १९.१५ प्रतिशतले घटेर ३८ रुपैयाँ तोकिएको छ । 
    विस्तृतमा हेर्नुस् 

    1.JPG

    2.JPG

    3.JPG

    4.JPG

    साताको लोकप्रीय