आजको मौसम : हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव, कहाँको मौसम कस्तो रहला ? 

आजको मौसम : हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव, कहाँको मौसम कस्तो रहला ? 

अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७
अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७ (अर्काइभ बाट)
  • आजको मौसम : हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव, कहाँको मौसम कस्तो रहला ? 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिम क्षेत्रका हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव देखिएको छ ।    

    images
    images

     हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको  उच्च पहाडी तथा हिमाली भू(भागहरुमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही देशका अन्य भू(भागमा मौसम सामान्यता सफा रहेको छ।  

     दिउँसो : सुदूर पश्चिम र कर्णाली प्रदेशको  भूभागमा सामान्य देखि आंशिक बदली रही वाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ।

    सुदूर पश्चिम, कर्णाली र गण्डकीको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राती : सुदूर पश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा सामान्य बदली र तराइ भूभागमा आंशिक बदली रही वाँकी प्रदेशका पहाडी भूभागमा समेत आंशिक बदली रहनेछ ।

    देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ।

    सुदूर पश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

     

     

    साताको लोकप्रीय