तरकारीको भाउमा उतारचढाव : हेर्नुस् आजको तरकारीको मूल्यविवरण

तरकारीको भाउमा उतारचढाव : हेर्नुस् आजको तरकारीको मूल्यविवरण

अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७
अर्थ डबली
मंगलवार, मंसिर ९ २०७७ (अर्काइभ बाट)
  • तरकारीको भाउमा उतारचढाव : हेर्नुस् आजको तरकारीको मूल्यविवरण

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारीको मूल्य विवरण प्रकाशित गरेको छ । 

    images
    images

    विवरणअनुसार आज तरकारीको भाउमा उतारचढाव देखिएको छ । विवरण अनुसार ठूलो गोलभेडा (भारतीय) ३.३३ प्रतिशतले बढेर ५८ प्रतिकेजी कायम भएको छ । 

    सानो गोलभेडा प्रतिकेजी ४३ रुपैयाँ रहेको छ भने गोलभेडा सानो (टनेल) प्रतिकेजी २.४ प्रतिशतले बढेर ४८ रुपैयाँ निर्धारण गरिएको छ । 

    त्यस्तै, आलु रातो ४.२९ प्रतिशतले बढेर प्रतिकेजी ७३ रुपैयाँ कायम भएको छ भने रातो आलु (भारतीय) ५.४८ प्रतिशतले सस्तिएर ७३ रुपैयाँबाट ६९ रुपैयाँ कायम भएको छ । 

    त्यस्तै, प्याज सुकेको (भारतीय) १०.५३ प्रतिशतले बढेर ९५ रुपैयाँबाट १०५ रुपैयाँ कायम भएको छ । सुकेको प्याज (चाइनिज) भने घटेको छ ।

    प्रतिकेजी ४ प्रतिशतले घटेको छ । यसअघि केजीको ७५ रुपैयाँ रहेको चाइनिज प्याजलाई आज ७२ रुपैयाँ पर्नेछ । 
    विस्तृतमा हेर्नुस् 

    1.JPG

    2.JPG

    0.JPG

    3.JPG

    साताको लोकप्रीय